ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

स्कुलको जग्गामा मनोमानी: खेलमैदान मासेर ‘माछा पोखरी’

४ श्रावण २०७७, आईतवार
४ श्रावण २०७७, आईतवार

बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलार स्थित नवरत्न मावि र स्थानिय वडा कार्यालयका पदाधिकारीको मनोमानी रुपमा काम गरेको भन्दै स्थानिय बासिन्दा बिरोधमा उत्रिएका छन् । विद्यालयको क्षेत्राधिकारभित्र रहेको खेलमैदान मासेर माछा पोखरी बनाउन थालेपछि स्थानियले बिरोध गरेका हुन् ।

विद्यालयको स्वामित्वमा रहेको जग्गामा एकलौटी निर्णय गर्दै काम अघि बढाएको स्थानियवासी केशब आचार्यको दाबी छ । ‘विद्यालयको जग्गामा पोखरी खन्दा त्यसले कस्तो असर गर्छ भन्ने कुरा नसोची काम अघि बढाउनु गलत हो ।’– उनले भने । वडाबाट गरिने सबै खाले विकासमा स्थानियलाई नसमेट्नु दुखद भएको उनले बताए । पटक पटक लिखित निवेदन दिदा समेत सुनुवाई नभएको भन्दै स्थानियहरु विरोधमा नै उत्रेको उनले बताए ।

पन्चायतकालिन समयमा सिचाईका लागि भन्दै पोखरी खनाईएको सो स्थानपछि खेलमैदानका रुपमा प्रयोग हुदै आएको स्थानिय जिवकान्त काफले बताउँछन् । तत्कालिन प्रधानपन्च दुर्गादत्त ढकालको अगुवाईमा मानव निर्मित सो पोखरी खेतीपाती कम हुदै गएपछि पुरिदै गएको उनले बताए । घरबस्ती विकास हुदै गएपछि सो क्षेत्रमा पोखरीभन्दा पनि खेलमैदान आवश्यकता रहेको उनले बताए । विसं. २०१८ सालमा विद्यालय स्थापना गरि शैक्षिक विकासका लागि समाजसेवी महेश्वर लाकौल र चिरन्जीवि भुषालले करीब १५ विगाहाभन्दा बढी क्षेत्रफल जग्गा हस्तान्तरण गरेका थिए । विद्यालय ब्यवस्थापन समितिले विद्यालय संचालनका लागि भन्दै पटकपटक गरि जग्गा बेचेको स्थानियको आरोप छ । पोखरी खनाएसंगै स्थानिय बासिन्दाहरुको घरमा पानी पसेर बेहाल भएको स्थानिय सुदिप घिमिरेले दुखेसो गरे । स्थानिय सहमती बिना गरिएको कुनै पनि काम स्वीकार नहुने उनले बताए । विद्यालय ब्यवस्थापन समितिबाट जग्गा किनेर घर बनाएका अर्जुनप्रसाद सापकोेटाले विकासको काममा स्थानियलाई सोधखोज नै नगर्ने परिपार्टी बढेको दुखेसो गरे ।

यता विद्यालयका प्रधानाध्यापक हेमराज आचार्यले सो स्थानमा पहिले ऐतिहासिक पोखरी रहेको बताए । अग्रेजको लडाईको पालामा हथियार लुकाईएको पोखरीलाई संरक्षण अघि बढाएको उनले दाबी गरे । विद्यालयको खाली रहेको जग्गालाई सदुपयोग गरेर थोरै भएपनि आम्दानी हुने गरि काम अघि बढाएको उनले दाबी गरे । गुरुयोजना बनाएर अघि बढाउने तयारी रहेको उनले बताए । केही समयअघि पानी काटेर खेल्ने मैदान बनाइएको सो क्षेत्रलाई पुनः पोखरी बनाउने काम थालिएको उनले बताए । करीब ५६ जना शिक्षकहरु रहेको विद्यालयमा आम्दानी श्रोत बढाउने रुपमा नगरपालिकाबाट प्रस्ताव पेश गर्न लगाएपछि काम गरेको उनले बताए । यसवर्ष क्रमागत बजेट अन्तरगत ३ लाख जतिको काम भएको उनले बताए । एक गाउ एक पोखरीको अवधारण योजनामा पारेर विकास गर्ने योजना रहेको उनले दाबी गरे ।

यता वडा नं. १५ का वडाअध्यक्ष डम्बर बहादुर भण्डारीले भने नगरपालिकाबाट पोखरीका लागि कुनै बजेट नपरेको बताए । पुरानो पोखरी रहेको सो स्थानमा स्कुलको सिफारिस माटो निकालिएको बताए । ‘पोखरी खनाउनकै लागि भने कुनै बजेट छैन ।’– उनले भने । वर्षाको कारण अहिले सो क्षेत्रमा कुनै काम नभएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission