ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

उद्योगमा डिमाण्ड शुल्क: छुटको घोषणा भयो, कार्यान्वयन भएन

२७ असार २०७७, शनिबार
२७ असार २०७७, शनिबार

सरकारले उद्योगलाई लकडाउन अवधिको विद्युतको डिमाण्ड शुल्कमा छुट दिने भनी बजेटमा गरेको घोषणा कार्यान्वयन नभएको पाइएको छ ।
कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभर डिमाण्ड शुल्क छुट र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने घोषणा सरकारले गरेको थियो ।

उद्योगीहरुले सरकारले बजेटमा छुटको घोषणा गरेपनि कार्यान्वयन नगरेर आफूहरुलाई मारमा पारेको बताएका छन् । सरकारले डिमाण्ड शुल्क छुटको घोषणा गर्दा आफूसँग छलफल नै नगरेको विद्युत प्राधिकरणले जनाएको थियो । बजेट ल्याउनासाथ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिमाण्ड शुल्क लगायतका अन्य शुल्कमा छुटको घोषणाले प्राधिकरणलाई १२ अर्व रुपियाँको अतिरिक्त भार पर्ने भएकाले सरकारले सोधभर्ना गरेमात्रै उक्त घोषणा कार्यान्वयन गर्न सकिने बताएका थिए ।

रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारी चल्दै नचलेका उद्योगलाई डिमान्ड शुल्क लगाएर अन्याय गरिएको बताउँछन् । “सरकारले बजेटमा डिमाण्ड शुल्क घोषणा गर्दा थोरै भएपनि आशा पलाएको थियो, तर कार्यान्वयन नहुँदा निराश बनाएको छ”–उनले भने ।

बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराई झण्झटिलो सरकारी प्रक्रियाको मारमा उद्योगीहरु परेको बताउँछन् । “मन्त्रिपरिषदले छुट दिने निर्णय गरेपछि उर्जा मान्त्रालय हुँदै प्राधिकरणमा छुटको निर्णय पठाउनुपर्छ, तर प्रक्रियागत झण्झटले छुट घोषणा कार्यान्वयनमा ढिलाई भएको हुन सक्छ”–उनले भने ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बजेटमा गरिएको घोषणा तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरे । “उद्योगीहरुको चर्को दवाबका कारण कोभिड–१९ बाट प्रभावित उद्योगहरुलाई डिमाण्ड शुल्क नलिने घोषणा सरकारले बजेटमार्फत गरेको हो, तर यसको कार्यान्वयन नहुनु दुःखद छ”–उनले भने–“उद्योगीहरु उठ्नै नसक्ने गरी थला पर्न लागेको अवस्थामा तत्काल यसको कार्यान्वयन गरिनुपर्छ ।”

सरकारले प्राधिकरणमार्फत विद्युत महसुलमा छुट दिन सक्ने व्यवस्था प्राधिकरणको ऐनमा नै छ । यद्यपि, त्यसरी छुट दिइने बराबरको रकम सरकारले सोधभर्ना गर्नुपर्ने पनि उक्त ऐनमा उल्लेख छ । सोही ऐनमा टेक्दै सरकारले लकडाउनयताको विद्युत महसुलमा छुट दिने घोषणा गरेको हो ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले प्राधिकरण एक्लैले सरकारले घोषणा गरेको महसुलमा छुट दिन नसक्ने भएकाले सरकारले पूरै सोधभर्ना गर्नुपर्ने बताउँछन् । विद्युत प्राधिकरण प्रदेश ५ कार्यालयका प्रमुख नवराज सुवेदीले सरकारले बजेटमार्फत डिमाण्ड शुल्क छुट दिने घोषणा गरे पनि प्राधिकरण सञ्चालक समितिले अझै निर्णय गरिनसकेकाले कार्यान्वयन हुन नसकेको बताए । “प्राधिकरण सञ्चालक समितिले निर्णय गरेपछि मात्रै उद्योगीहरुले छुटको सुविधा पाउँछन्, अहिलेसम्म निर्णय भएर आइसकेको अवस्था छैन”–उनले भने ।

यसैवबीच सरकारले लक डाउन अवधिको डिमाण्ड चार्ज शत प्रतिशत र महसुलमा केही छुट सुविधा दिने घोषणा गरेता पनि बिद्युत प्राधिकरणले सुविधा उपलब्ध नगराउँदा उद्योगीहरु अन्यायमा परेको भन्दै रुपन्देही उद्योग संघले तत्काल छुट सुविधा उपलब्ध गराउन नेपाल बिद्युत प्राधिकरण प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोलीले कार्यालयका प्रबन्धक नवराज सुवेदीलाई भेट गरी संघको ज्ञापन पत्र बुझाएको हो ।
संघले आर्थिक मसान्तको समाप्तीको संघारमा आईपुगेका उद्योगीहरु बैंक कर्जा, ब्याज, पारिश्रमिक, बिद्युत महसुल लगायतका थुप्रै खर्चहरु तत्काल तिर्न नसक्ने भएकाले सरकारका विभिन्न निकाय र बैंक तथा वित्तिय संस्थाहरुले उद्योगीलाई तत्कालका लागि सहुलियत प्रदान गर्नुपर्ने बताएको छ ।
प्राधिकरणले डिमाण्ड र महशुलको छुट तत्काल उपलब्ध गराउनुपर्ने र लक डाउन अवधीमा बन्द अवस्थामा रहेका उद्योगहरुको समेत चालु अवस्था सरह गरिएको बिलिङ्ग यथाशिघ्र सुधार गरिनुपर्नेमा संघका अध्यक्ष बाबुराम बोहोराले जोड दिए ।

ज्ञापन पत्र बुभ्mनुहुँदै प्रबन्धक नवराज सुवेदीले प्राधिकरणको बोर्ड बैठकले पारित नगरेकोले सरकारले घोषणा गरेको सुविधा तत्काल लागु नगरिएको बताउँदै निर्णय पश्चात् छुट सुविधालाई समायोजन गरिने बताए ।

डेलिगेसनको क्रममा निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, महासचिव जिवकान्त काप्mले, महिला सचिव माया खनाल र प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको लगायतले आ आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?