ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

टिमुर खेतीमा किसान उत्साहित

२६ असार २०७७, शुक्रबार
२६ असार २०७७, शुक्रबार

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ प्रतापकोटका मानबहादुर वलीको पाखो बारी त्यसै खेर गएको थियो । वर्षदिनमा मुस्किलले वस्तुभाउलाई हप्तादिन पुग्ने घाँसभन्दा त्यसबाट कुनै पनि उत्पादन थिएन बरु पाखोबारीमा पहिरो जाने डर मात्रै थियो । पारिवारीक निजी वन महासंघ नेपालले टिमुर खेतीका लागि उत्प्रेरित गरेपछि अहिले उनको पाँखाभरी टिमुरका बोटमा लटरम्म टिमुर फलेका छन् ।

“एउटा रुखमा सुकेको ३ किलोसम्म फल्ने गरेको छ, न केही दुख न त विक्री नहुने तनाव नै, साह्रै राम्रो भएको छ” वलीले भने । उनले टिमुरको बजार मुल्य राम्रो हुनुका साथै विक्री पनि सहजै हुने गरेको वताए । टिमुर खेतिका लागि वडा नम्वर ३ को नाउँला, वल्ले, कल्ले, थापापानी र प्रतापकोटलाई उपयुक्त मानिन्छ । पारिवारीक निजी वनले त्यहाँको हावापानी सुहाउँदो हुने भएकाले किसानहरुलाई टिमुर खेतितर्फ आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । एकाध घरमा मात्रै घरायसी प्रयोगका लागि हुने टिमुर खेति अहिले व्यवसायिक प्रयोजनका लागि घर घर मै रोपेको देख्न सकिन्छ ।

वडा नम्वर ३ कै थापापानीका चसराम बुढाले १ सय ५० वटा टिमुरका बोट लगाएका छन् । पहिले लगाएका केही बोटले आम्दानी समेत दिन थालेका छन् । एक किलो टिमुर ८ देखि १२ सय रुपैयामा विक्री हुने गरेको उनले वताए । “एउटै बोटबाट ३ हजारसम्म आम्दानी हुन्छ, अहिले २५ बोटले वर्षमा ७० हजार जति आम्दानी दिने गरेका छन्” खुसी व्यक्त गर्दै बुढाले भने । सबै बोटले आम्दानी दिन थाले वर्षमा ५ लाख जति कमाइ हुने समेत उनले वताए । टिमुर खेतीका लागी छुट्टै समय दिनु नपर्ने भएपछि अहिले टिमुरका बोट थपेको बुढा बताउछन् । सोही ठाउँका जितवहादुर घर्तीले टिमुर खेतिबाटै परिवारका आवश्यकता मात्रै होइन गाह्रो साह्रो पर्दाका लागि भनेर वचत समेत गरेका छन् । “हाम्रो यहाँको जमीनमा केही पनि उब्जनी नहुने भएकाले कामका लागि बजार झर्नुपथ्र्यो तर, टिमुर खेती गर्न थालेपछि बजार जाने समस्या टरेको छ” उनले भने । टिमुर खेतीले उनको उजाड पाखो हराभरा भएको छ । टिमुर लिन घरसम्मै व्यापारी आउने गरेका छन् । “केही पनि नहुने पहाडमा टिमुर खेति आम्दानीको स्रोत भएको वडा सदस्य समेत रहेका घर्तीले भने ।

टिमुर खेतिमा दुःख कम हुनुका साथै फाइदा पनि मनग्गे हुने भएकाले किसानहरुलाई यसतर्फ प्रेरित गरेको पारिवारीक निजी वनका केन्द्रीय उपाध्यक्ष मेघराज भुसालले जानकारी दिए । उनले किसानहरुलाई निःशुल्क विरुवा वितरण गर्नुका साथै विभिन्न प्राविधिक सहयोग समेत गर्ने गरेको बताए । “टिमुर उत्पादन नहुँदासम्म हामीले सबैखाले आवश्यक सहयोग गर्ने गर्दछौ, अम्दानी हुन सुरुगरे पछि किसानले नै गर्नुहुन्छ” उपाध्यक्ष भुसालले भने । यसवर्ष महासंघले सो क्षेत्रमा १५ हजार टिमुरका लगाउनका लागि किसानलाई विरुवा वितरण गरेको जिल्ला अध्यक्ष पदम केसीले जानकारी दिए । १ सय ५० घरधुरीका लागि ६ वटा समुहलाई वितरण गरिएको उनले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?