© २०२३
काठमाडौं, २७ बैसाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई प्रहरीले बुधबार बिहान काठमाडौं मैजुबहालको निवासबाटै पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय भइ नसकेको बताए । शरणार्थी प्रकरणमा मुछिएका एकजनाले गृहमन्त्री खांणकी पत्नी मन्जु खांणलाई ६ करोड दिएको अडियो सार्वजनिक भएको थिष््यो । यद्यपि उक्त अडियो सक्कली हो कि नक्कली भन्ने पुष्टी भएको छैन ।
प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।