© २०२३
बुटवल,२४ बैसाख । स्वतन्त्र सांसद अमरेशकुरमा सिंह प्रतिनिधिसभाको बैठकमा अर्ध नग्न भएका छन् ।
सांसद सिंहले आकस्मिक समयमा बोल्न समय ममाग गरेका थिए । सभामुख देवराज घिमिरेले उनलाई बोल्न नदिएपछि बैठकमा कपडा उतारेर विरोध जनाएका हुन्।
सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी समेत दिए।
बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिएपछि उनी रोकिएपछि कारबाही अगाडि नबढेको सभामुख सचिवालयले जनाएको छ । यदि सिंहले सभामुखको चेतावनी पालना नगरेको भए वैठकबाट निश्काशित हुने थिए ।