ट्रेंडिंग:

>> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने

गुल्मीमा पहिरो, दुई जनाको मृत्यु एक वेपत्ता

१९ असार २०७७, शुक्रबार
१९ असार २०७७, शुक्रबार

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना वेपत्ता बनेका छन् । बिहिवार मध्य रातमा आएको पहिरोमापरि ईस्मा गाउँपालिका १ मल्दीका बषन्त सारुका १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन् ।

त्यसैगरि पहिरोमापरि ईस्मा गाउँपालिका १ अन्र्तगत निस्ती ढाँडफाँटकी ७ वर्षकी वालीका अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी रिषीराम अर्यालले जानकारी दिएका छन् । पहिरोमा परेर घाईते बनेकी वालीकाकी आमा ईश्वरी खत्रीलाई स्थानीयहरुद्वारा शुक्रबार विहान ६ घण्टापछि जीवितै उद्धार गरिएको थियो ।

जिल्लाको ईस्मा गाउँपालिका १ अन्र्तगत निस्तीको ढाँडफाँटमा बिहिवार मध्य रातमा बस्ती माथिवाट पहिरो खसेको थियो । पहिरो खसेपछि आमासँगै भाग्ने क्रममा वेपत्ता बनेकी वालीकाको शव शुक्रवार बिहान खोला किनारमा मृत अवस्थामा फेला परेको हो ।
पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थाई होटल समेत बगाएको छ । बाढीले होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालीका २ का भागिरथ घिमिरे सम्पर्क विहिन बनेका छन । पहिरोमा परि मृतक वालीकाका हजुरबुवा वर्ष ६३ का टिका बहादुर खत्री र मृतक वालकका आमा बुवा समेत गंभिर घाईते बनेका छन् ।

बिहिवार राती १२ वजेको समयमा बस्तीदेखि पाँच सय मिटर माथिवाट पहिरो खसेको थियो । पहिरो खसेपछि त्यस क्षेत्रका एकदर्जन भन्दा बढी घरपरिवार विस्थापित बनेको बताईएको छ । पानी परिरहेको कारण अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोले सडक अवरुद्ध बनेका कारण घाईतेहरुको उद्धारमा समस्या परेको स्थानीयहरुले बताएका छन् । घटनाको जानकारी पाएपछि शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रि सहित घटना स्थलतर्फ जाँदै गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?