ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

मन्त्री केसीकै गृह जिल्लामा चन्दाको भरमा आइसोलेशन

१४ असार २०७७, आईतवार
१४ असार २०७७, आईतवार

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको गृह जिल्ला विपद व्यवस्थापन समितिको वैठकले रोल्पामा ५० शैयाको कोरोना आइसोलेशन सेन्टर स्थापना गर्ने निर्णय गर्यो । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको संयोजकत्वमा ५ सदस्यीय समितिले आईसोलेशन सेन्टरका लागि संभावित क्षेत्र खोजी गर्ने र स्थापनाका लागि पहल गर्ने जिम्मेवारी दियो । सोही वमोजिम लामो समय लगाएर जलजला वहुमुखी क्याम्पस रोल्पामा ५० शैयाको आइसोलेशन सेन्टर स्थापना भयो ।

गृह जिल्ला रोल्पालाई सेभ जोन वनाउने मन्त्री केसीको सदिच्छा थियो । सेभ जोन वनाउनका लािग मन्त्री केसीले भिन्न भिन्न क्वारेनटिन, जिल्लामा २ वटा नाका मात्रै खुला गर्ने जस्ता विषय महत्वका साथ उठाए पनि जिल्ला सेभ जोन हुन सकेन । जिल्ला स्तरीय आईसोलेशन केन्द्र स्थापना गर्न निर्देशन दिएका केसीले वजेट प्रदेश सरकारवाट उपलव्ध हुने वताएका थिए ।

मन्त्री वोलेको लामो समयसम्म जिल्लामा स्थापना हुने आइसोलेशन सेन्टरका लागि वजेट उपलव्ध नभएपछि जिल्लाका १० वटा स्थानीय तहले ३/३ लाखका दरले पैसा उठाए । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको समन्वयमा स्थानीय तहवाट वजेट उठाइएको थियो । सवै स्थानीय तहले भनेको वेला वजेट नदिएका कारण तोकिएको समय भन्दा अलिक ढिला सुरु गर्न वाध्य भयो वुढाले भने । १० लाख वजेट दिने आश्वासान दिएको प्रदेश सरकारवाट हालसम्म वजेट उपलव्ध भएको छैन वुढाले भने ।

आइसोलशन केन्द्र संचालनमा समस्या भएपछि सहयोगको आवह्वान गरिएको छ । रोल्पा अस्पतालको सिअहेव कुलवहादुर डाँगी र जनस्वास्थ्य कार्यालयका लेखापाल मोतिराज न्यौपानेलाई उक्त जिम्मेवारी दिइएको आइसोलन केन्द्रका प्रमुख डा. अनिल केसीले सार्वजनिक गरे । सोही वमोजिम अहिले विभिन्न व्यक्तिहरुले केन्द्र संचालनमा आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले सो केन्द्रका लागि १ ट्रक सामान लिएर जिल्ला गईन । सभापतिघर्तीको पहलमा स्वास्थ्य सेवा विभागले उपलव्ध गराएको सामाग्रीहरुमा पुरै सेट सहित ५० सेटको वेड,१ हजार थान आरडिटी किट, १ ट्रली औषधी र अन्य आवश्यक सामान उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले जानकारी दिए । आइसोलेशन केन्द्र संचालनमा विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गरिरहेका छन रोल्पा अस्पतालका सि अहेव कुलवहादुर डागीले भने ।

केन्द्र संचालनमा निकै समस्या रहेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको भनाई छ । सहयोग उठाएर चलाउनु पर्ने भएको छ वुढाले भने । केन्द्र संचालनका लागि आवश्यक सामाग्रीको जोरजाम भएपनि विरामीहरुको खाना व्यवस्थापन गर्न धौ धौ परिरहेको वुढाको भनाई छ ।
सवै स्थानीय तहमा कम्तिमा १५ वेडको आइसोलेशन केन्द्र

जिल्लामा रहेको ५० वेडको आइसोलेशन केन्द्रले धान्न नसक्ने देखिएकाले अव हरेक स्थानीय तहमा कम्तिमा १५ वेडको केन्द्र स्थापना गरिने भएको छ । विपद व्यवस्थापन समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र रोल्पाको गत आषाढ २ गतेको संयुक्त वैठकले यस्तो निर्णय गरेको हो । निर्णयानुसार अव हरेक स्थानीय तहले नजिकको स्वास्थ्य केन्द्रको निगरानी रहने गरि यस्ता केन्द्र संचालन गर्ने छन । लक्षण नदिएका विरामीहरु स्थानीय तहमा रहेका आइसोलेशनमा वस्नेछन भने लक्षण देखिएकाहरुलाई जिल्ला स्तरीय आइसोलेशनमा ल्याईने छ जिल्ला स्तरीय संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले भने । त्यसरी स्थापना हुने आइसोलेशन सेन्टरको संचालको जिम्मेवारी संवन्धित स्थानीय तहको हुने वताइएको छ ।

प्रदेश र संघको मुख ताक्दा संक्रमण भयावह
संघीय सरकार र प्रदेश सरकारको मुख ताक्दा कोरोना संक्रमण भयावह हुने भन्दै स्थानीय सरकारहरु आफै रोकथाम तथा नियन्त्रणमा जुटेका छन । लामो समय सम्म जिल्लामा कोरोना संक्रमण नदेखिदा ढुक्क भएका उनीहरु एकाएक यसको संक्रमण फैलिन थालेपछि भने चिन्तित देखिन थालेका हुन । यसको अगुवाई जिल्लाको सुनिल स्मृती गाउँपालिकाले गरेको छ ।

पछिल्लो पटक भारतवाट आउनेको चाप पनि वढ्दै जान थाल्यो । भित्राभित्रै भुसको आगो झैं कोरोना फैलिएको हुन सक्ने लख काट्ने वाहेक उपाय थिएन । आरडीटि परिक्षणमा भर पर्नु पर्ने अवस्था झेल्दै आएको रोल्पामा पाहिलो पटक आफ्नै पहलमा भिटिएम खरिद गरेर स्वाव परिक्षण गर्ने कामको अगुवाई सुनिलस्मृती गाउँपालिकाले गरेको हो । सो गाउँपालिकामा मात्रै जेठ १ यता भारतवाट ६२९ जना भित्रिएका छन । उसले स्वस्थ्यकर्मी र भारतवाट आएकाहरु समेत गरि ६४६ जनाको स्वाव परिक्षणका लागि भिटिएम खरिद गरि पिसिआरका लागी भेरी अस्पताल नेपाल गंज, राप्ती विज्ञान प्रतिष्ठान दाङ, वुटवल लगायतका परिक्षण केन्द्रहरुमा पठायो । परिक्षणका लागि पठाएका मध्ये ५३० जनाको रिपोर्ट प्राप्त भईसकेको छ । जस मध्ये सो गाउँपालिकामा मात्रै ३४ जना कोरोना संक्रमित भेटिएका छन ।

आफ्नै श्रोत साधन खर्चेर आरडिटी परिक्षण गराएका कारण सुनिलस्मृती गाउँपालिकामा जिल्लामै सवभन्दा धेरै संक्रमित भेटिए, जिल्लाका अधिकांश स्थानीय तहको अवस्था यस्तै हुन सक्छ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भने । भुसको आगो झै भित्राभित्रै फैलिएको हुन सक्छ घर्तीले भने । स्वास्थ्य कार्यालयले १ सय थान दिएको थियो वाकी सवै आफै खरिद गरेर परिक्षण गरेका हौ घर्तीले भने ।

पछिल्लो पटक राप्ती विज्ञान प्रतिष्ठान र भेरी अस्पतालले पिसीआर चेकका गर्न मानेका छैनन घर्तीले भने । भेरी अस्पतालले वाँके र वर्दिया जिल्लाका संक्रमितको मात्रै परिक्षण गर्ने निर्णय गरेको भन्ने जानकारीमा आएको छ घर्तीले भने । अस्पतालहरुले नै पिसिआर परिक्षण नगर्ने हो भने अव कहाँ पठाउने हो घर्तीले दुखेसो पोखे ।

जिल्लामा स्थापना हुने आईसोलेशन केन्द्र स्थापनामा प्रदेश र संघीय सरकारको प्रभावकारी भूमिका नदेखिएको रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीको भनाई छ । कोरोना विरुद्धको लडाईमा स्थानीय सरकारहरु एक्लैले संघर्ष गर्नु परिरहेको छ केसीले भने । संघीय सरकार र प्रदेश सरकारको भूमिका प्रति नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्य पनि सन्तुष्ट छैनन । कोरोना विरुद्ध तीनै तहका सरकारको कृयाशिलता देखिनु पर्नेमा स्थानीय सरकारहरु मात्रै खटेको देखियो आचार्यले भने । संघीय सरकार र प्रदेश सरकारले न वजेट दिए न जनशक्ति आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission