ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
स्थानीय खबर

विदेशले पाठले स्वदेशमा उद्यमी

१८ बैशाख २०८०, सोमबार
१८ बैशाख २०८०, सोमबार

बुटवल, बैशाख ।
विवाह नहुँदै बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएकी तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बनकट्ीकी दुर्गा भण्डारीले विदेशी भुमिमा मिहिनेत गरेको अनुभव अहिले पनि ताजै छ । उनी विवाह नहुँदै रोजगारीकालागि दक्षिणकोरिया गईन । त्यहाँ उनले ३ बर्ष विताईन । नेपाल आएपछि उनको विवाह भयो, पुनः २ बर्ष उनि दक्षिण कोरिया नै गईन । ५ बर्ष विदेशी भूमिमा पसिना बगाएर उनले तिलोत्तमामा २ कठ्ठा जग्गा जोड्न सफल भईन ।
विवाह पछि उनी स्वदेशमा बसिन् भने उनका श्रीमान रोजगारीका लागि कतार गए । कतारको चर्को गर्मीमा श्रीमान्को आम्दानी जम्मा १५ हजार मात्रै थियो । बच्चा जन्मीएपछि भण्डारीलेलाई आफ्नो बच्चालाई राम्रो गुणस्तर दुध खुवाउनको लागि समस्या भयो । बाहिर डेरीमा किनेको दुधको स्वच्छता गुणस्तरमा समेत शंका लागेको कारण उनले फुर्सदको समय पनि सुदपयोग हुने, आफ्नो बच्चाका लागि घरमै दुध समेत खुवाउन सकिनेभएको कारण घरमा नै उनले एउटा गाई किनेर ल्याएर पाल्न सुरुवात गरिन् ।


एउटा गाई पालन गर्दै गर्दा उनले बचेको दुध नजिकैको डेरीमा विक्रि समेत गर्दथिन् । बच्चाहरुलाई आफ्नै घरको गाईको पोषिलो दुध खुवाउदै उनले बाँकी दुध नजिकै रहेको डेरी पसलमा विक्रि गर्दै आईन । यसो गर्दा उनले खर्च कटाएर पहिलो महिनामा नै ७ हजार बढि आम्दानी गरिन् ।
एउटा गाईबाट महिनामा ७ हजार आम्दानी गर्न सफल भईन, उता विदेशमा श्रीमानको तलब जम्मा १५ हजार थियो, तेही पनि खाना लगाउनमा खर्च हुँदा रकम बचेन । उनले बैदेशिक रोजगारमा रहेका श्रीमान् लाई स्वदेशमा बोलाईन । नजिकै एक जना छिमेकीको सल्लाहमा उनीहरुले पशु फार्म नै स्थापना गरे ।
६ बर्ष पहिला स्थापना भएको फार्म सुरुवाती समयमा कजा र सापट लिएर २० लाख रुपैयाँमा संरचना सहित फार्म सुरुवात भयो । अहिले उनको फार्मममा १८ वटा गाई, ३२ वटा बाख्रा रहेका छन् ।
अघिल्लो समयमा कोरोना महामारीको समयमा उनको फार्मबाट उत्पादित दुध बिक्रि भएन, उनले गाईको संख्या घटाएर बाख्रा पालन व्यवसायमा समेत हात हालिन्, अहिले स्थानीय र बोयर जातका बाख्रा उनको फार्ममा छन ।
श्रीमान– श्रीमती संगै फार्म चलाईरहेका भण्डारी दम्पत्ती स्वदेशमा नै उद्यमी श्रृजना गरी बैैदेशिक रोजगारीको बाटो सधैका लागि अन्त्य गरेका छन् । फार्मबाट राम्रो आम्दानी रहेको छ । ढाई विघा क्षेत्रफल जग्गा उनीहरुले भाडामा लिएर त्यहाँ १५ कठ्ठामा घाँस खेती अन्य क्षेत्रफलमा खाद्यान्न, तेलहन बाली लगाउँदै आएका छन् ।
स्वदेशमा नै केही उद्यमी गर्न सकिन्छ भन्ने योजनाका साथ उनले सुरुवात गरेको फार्म अन्य किसानहरुको लागि पनि नमुना फार्म रहेको छ । उत्पादित दुध डेरी पसल सञ्चालकहरुले नियमित रुपमा लैजादै आएका छन् । फार्मको आम्दानीबाट छोरा–छोरी पढाउन, घर खर्च चलाउनको लागि उनिहरुलाई सहज भएको छ ।
दुबै जना बैदेशीक रोजगारी बाट फर्कीएको कारण पनि बैदेशीक रोजगारीको पिडा लाई सम्झीएर स्वदेशमा नै उद्यमशिलता स्थापना गर्ने अभियानका एक अभियान्ता हुन भण्डारी दम्पत्ती । उनी भन्छीन्–‘विदेशी भुमि भन्दा स्वदेश नै प्यारो लाग्छ मलाई, यहाँ नै उद्यमी गर्दै आएका छौ । ’ स्थानीय तह तिलोत्तमा नगरपालिकाबाट प्राविधिक सर सल्लाह समेत पाउँदै आएका छन् । कृषि क्षेत्र चुनौतिको पेशा भएपनि सोही अनुसारको योजनाबद्ध विकास गरेर अगाडी बढ्ने हो भने सफलता प्राप्तगर्न सकिने उनकोभ नाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?