© २०२३
गुल्मीको रिडीमा खोलाले बगाएर ल्याएको अवस्थामा एक वालकको शव फेला परेको छ ।
रुक्षेत्र गाउँपालिका १ अन्र्तगत साँखर भन्ने स्थानमा अन्दाजी १५ वर्षका एक वालकको शव शुक्रबार साँझ रिडी खोला किनारमा वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिएका छन् ।
बेवारिसे अवस्थामा फेला परेको शवको प्रकृति हेर्दा गहुँ गोरो वर्णको, टाउकोमा चोट लागेको र हातमा माछा मार्नका लागि प्रयोग गरिने जालको रसी समेत बेरिएको भेटिएको छ । जिल्लामा गत तीन दिनदेखि लगातार रुपमा पानी परिरहेको र खोलामा ठूलो बाढी आएका कारण माछा मार्नका लागि खोलामा गएको अवस्थामा खोलाले बगाएको हुनसक्ने प्रहरीले बताएको छ ।
उक्त शवको सनिवार बिहानसम्म पनि पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको । शवलाई अहिले प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा राखिएको र पहिचानका लागि जिल्लका सबै प्रहरी चौकिहरुमा खबर गरि सकिएको प्रहरी निरिक्षक रावलले बताए ।