ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

लुम्बिनी भ्रमण बर्षमा बुद्धको गृह नगरलाई बेवास्ता

२७ बैशाख २०७६, शुक्रबार
२७ बैशाख २०७६, शुक्रबार

बुद्धस्थल निग्रोधराम (कुदान) का बरसाती यादव उमेरले तिन बिस कटेका छन । कुदानको प्राचिनस्थल जोडिएकै बस्तीमा जन्मिए हुर्किएका उनलाई यस बर्ष लुम्बिनी भ्रमण बर्ष मनाईदै छ भन्ने कुनै जानकारी छैन । उनले केही बर्ष यता देख्दै आएको कुदानमा कुनै फरकपन भेटाएका छैनन् । उनले भ्रमण बर्ष मनाउन थालिएको सुईको समेत पाएका छैनन् ।
उनी जस्तै तिलौराका यमलाई गिरीले पनि तिन बर्ष बदेश बसेर आउदाँ तिलौराकोटको अवस्था उस्तै देखेका छन । बुद्धस्थल आउने पर्यटक हिडने धुलाम्मे र खाल्डायुक्त सडक अनि जंगलको बिचमा रहेको एउटा पुरानो संरचना बाहेक उनले तिलौराकोटमा केहि फरकपनको अनुभुती महशुस गर्न पाएका छैनन ।
जिल्ला जिल्लामा लुम्बिनी भ्रमण बर्षको प्रचारका लागि दौडिदा समेत कपिलस्तुले भ्रमण बर्षको खबर पाएको छैन् । यसले भ्रमण बर्ष फितलो र अपरिपक्क तयारीका साथ संचालन भइरहेको कपिलवस्तूवासीले महशुस गरिरहेका छन् । देखाउनका लागि केही व्यक्तिलाई भ्रमण बर्षको समितिमा राखेर झारा टारेको उनिहरुको भनाई छ । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कपिलवस्तुका बुद्धस्थलहरुमा ल्याउन सके उनिहरुको बसाई लामो हुने देख्दा देख्दै पनि यसतर्फ विचार नगरिनु दुखद भएको उनिहरुले बताए ।
तिलौराकोट र कुदान गौतम बुद्धको जिवनी सँग जोडिएको प्रमुख पुरातात्विकस्थल हुन । “बेला बेला स्वदेशी र बिदेशी आउछन । तर लुम्बिनी भ्रमण बर्ष भनेर कुदानमा केहि कार्यक्रम र सुचना भएको छैन ।” यादवले भने । लुम्बिनी भ्रमण बर्ष मनाईदै छ भन्ने हल्ला मात्रै सुने पनि भ्रमण बर्षले कपिलवस्तुलाई छुन नसकेको उनको अनुभुती छ ।
उनि मात्रै होईन, लुम्बिनीमा तामझाम चल्दै गर्दा निग्लिहवा, सिसहनियाकोट, गोटिहवाका स्थानियको पनि गुनासो उस्तै छ । उता बुद्धस्थल गोटिहवा रहेको वडा नं. ५ का अध्यक्ष दिरेप कुमार चौधरी समेत लुम्बिनी भ्रमण बर्षले गोटिहवालाई छुन नसकेको अनुभुती सुनाउछन ।
प्रदेश ५ सरकारले मुलुककै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन लुम्बिनी भ्रमण वर्ष २०७६ अघि सारेको छ । औपचारिक उद्घाटन जेठ ४ गते लुम्बिनीमा गर्ने तयारी छ । तर भ्रमण बर्ष शुरु हुनै थाल्दा कपिलवस्तुबासी भने कार्यक्रम बारे बेखबर बनेका छन । सन् २०१७ भन्दा २०१८ मा लुम्बिनीमा आन्तरिक पर्यटकको संख्यामा ६ प्रतिशतले कमी आएको भेटिएको छ । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेका बेला पर्यटक आगमन बृद्धिका लागी लुम्बिनीमा पर्यटक बढाउन भ्रमण वर्ष मनाउन लागिएको हो ।
भ्रमण बर्ष मनाउनका लागी प्रदेश सरकारले ४ करोड १९ लाख बजेट विनियोजन गरेको छ । भ्रमण वर्षका कार्यक्रममा मायादेवी प्रसूति मार्ग घोषणा, प्रसूति उत्सव र लुम्बिनी फूड फेस्टिबल राखिएका छन् । सुजाता खिर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन र लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रमको योजना समेत भ्रमण बर्षमा छन । तर भ्रमण बर्षको क्रार्यक्रममा बुद्धको गृह नगर र जिवनी सँग जोडिएका कपिलवस्तुका बुद्धस्थल बारे कमै चासो दिईएको कपिलवस्तुबासीको आरोप छ । यस अघि केन्द्र सरकारको कार्यक्रम र लुम्बिनी बिकास कोषले सधै छायामा पार्ने गरेको अनुभुती गरेका कपिलवस्तुबासी प्रदेश सरकारले समेत कपिलवस्तुलाई महत्व दिन नसकेको गुनासो गर्दै आएका छन । “अघिल्लो बर्षको तुलनामा कपिलवस्तुले महत्व पाए पनि भ्रमण बर्षमा कपिलवस्तुका बुद्धस्थललाई अझै प्राथमिकता दिन आवश्यक थियो । ” तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले भने ।
भ्रमण बर्षमा कपिलवस्तुका बुद्धस्थललाई कम चासो दिने मात्रै नभई स्थानिय तह सँगको सहकार्य समेत फितलो देखिएको छ । आफुलाई धेरै अघि प्रदेशका पर्यटनमन्त्री आफैले भ्रमण बर्ष सफल पार्न सहकार्य गर्ने बताएको भए पनि पछिल्लो समय कुनै संबाद नभएको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले जानकारी दिए । “बुद्धको जिवनीको महत्वपुर्णस्थल कपिलवस्तुलाई पनि भ्रमण बर्षको कार्यक्रमले प्राथमिकतामा राख्न आवश्यक छ ।” नगर प्रमुख सिंहले भने ।
लुम्बिनी केन्द्रित गरेर भ्रमण वर्ष मनाईदै गर्दा भैरहवा हुदै कपिलवस्तु आउने पर्यटकले सास्ती खेप्नु पर्ने अवस्था रहेको छ । सडक निर्माणाधिन अवस्थामै रहे पनि सडक धुलाम्मे भएर पर्यटकले सास्ती पाउदाँ सोको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । त्यस्तै अवस्था बुद्धस्थल गोटिहवा पुग्ने सडकको समेत छ । राजा शुद्धोधनको राजधानी प्राचिन कपिलवस्तु (तिलौराकोट) वरिपरिका सडक समेत खाल्डा खुल्डीयुक्त र धुलाम्मे हुदै गएका छन । तर त्यस्ता सडकको स्तरोन्नती, व्यवस्थापन र बैकल्पिक मार्ग व्यवस्थाको लागी सरोकारवालाले ध्यान दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?