ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बीस बर्ष मुनिका चारसय गर्भवती !

२२ बैशाख २०७६, आईतवार
२२ बैशाख २०७६, आईतवार

कानूनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ । तर डरलाग्दो रूपमा बालविवाहको हुने गरेको तथ्यांकले देखाएका छ । दाङको तुलसीपुर उप महानगरपालीकाले बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तक्र्रिया, पुजारीलाई सचेतना प्रदान गरेपनि अझै बालविवाह न्यूनीकरणमा कमी आउन नसकेको तथ्यांक सार्वजनीक भएको छ ।
उप महानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । चालु आर्थिक वर्षको आठ महीनामा ३७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ । साथै चालु आर्थिक बर्षमा २० वर्ष भन्दामुनिका १७ जनाले गर्भपतन गराएका छन् । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन, गर्भपतन र अस्थायी साधन प्रयोगगर्ने किशोरीहरुलाई हेर्दा डरलाग्दो स्थीति छ” केसीले भने । अहिले उप महानगरपालीका भित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको तथ्यांक हेर्ने हो भने २० वर्ष भन्दा मुनिका ११ जनाले पिल्स, १८३ जनाले डिपो, ८२ जनाले इम्पलान्ट, आठ जनाले आइयुसिडी जस्ता अस्थायी साधनहरु प्रयोग गरीरहेका छन् ।
स्वास्थ्य महाशाखाका अनुसार अस्पताल गएर गर्भवती हुनेको सङ्ख्या भने बढ्दै गएको पाइएको छ । महाशाखाका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार २८९ जना महिला अस्पताल गएर गर्भवती भएका छन् । उक्त तथ्याङ्क अनुसार एक हजार ८२ सामान्य, १४ को उल्टो बच्चा भएको, भ्याकुम मार्फत ११, अप्रेसन गरेर ७७ र जन्मेकामध्ये आठको मृत्यु भएको छ । एकदमै कम तौल १ दशमलव ५ केजी भएका बच्चा पाँचजना जन्मिएका छन् । महाशाखाका निर्देशक केसीका अनुसार १ दशमलव ५ केजी देखि २ दशमलव ५ केजी तौल भएका बच्चा ११९ र सामान्य तौल २ दशमलव ५ केजिदेखि माथि तौल भएका बच्चा एक सय ६० जन्मीएको उनले बताए । उनले उप महानगरपालिका र अस्पतालले तुलसीपुरमा प्रोत्साहन स्वरुप रु पाँच हजार भत्तावितरण गरेको भए पनि अझै पनि नियमित जाँच गराउन नआउने गरको उनले जानकारी दिए । धेरै महिलाले स्तनपान नगराउने तथा उमेर नपुग्दै बच्चालाई खाना खुवाउने गरेको पाइएको समेत उनले जानकारी दिए । बच्चालाई दुई वर्षमा २४ पटक तौल जाँच गर्नुपर्ने भए पनि अहिले पनि त्यसो नगरेको पाइएको उनको भनाइ छ । अहिले उपमहानगरका १९ वटै वडामा स्वास्थ्यको पहुँच भए पनि आवश्यक जनशक्ति नहुँदा समस्या हुने गरेको केसीले बताए ।
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले अझै पनि वैज्ञानिक आधारबिनाको उपचार पद्दतिले जरो गाडिरहेको बताउछन् । अन्धविश्वासका कारण स्वास्थ्य संस्थामा नियमित उपचार गराउन महिलाहरु नआउने गरेको दाहालको भनाई छ । “अहिले पनि मुटुका बिरामीलाई परेवाको दिशा खुवाउने चलन कायमै छ, यस्तो उपचार पद्दतिले बिरामीलाई नोक्सान पु¥याउछ” दाहालले भने । अझै पनि थारु समुदायमा गुरुवाले सर्पले टोकेका बिरामीको उपचार गर्ने गरेको उनले बताए । थारु समुदायमा गरिएको सर्वेक्षणमा खानपिनमा ध्यान नदिने, शारीरिक ब्यायाममा ध्यान नदिने गरेको पाइएको डा. दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?