ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बुटवल-नारायणगढको दूरी सागुरिदै

९ चैत्र २०७५, शनिबार
९ चैत्र २०७५, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बुटवल–नारायणगढ सडक स्तर उन्नती अयोजन’ को शिलन्यास गरेका छन् । बुटवल मण्डपमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणको युग प्रारम्भ भएको बताएका छन् । उनले अहिलेको सरकारले वि.स. २०७५ देखि २०८० सम्मको समयलाई सडक युग घोषणा गरेको भन्दै प्रधानमन्त्री ओलीले वि.स. २०८० पछि ‘सुरुङ्ग युग’ को रुपमा परिभाषित गरेको समेत बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बुटवल देखि नारायणगढ सम्मको सडक अव अन्तराष्ट्रिय मादपण्डको समेत हुने बताए । समयमा नै निर्माण पुरा गर्नको लागि ठेकेदार कम्पनीलाई निर्देशन समेत गरेका उनले देखाउनको लागि भन्दा पनि जनताको आवश्यकता अनुसार नै सडक विस्तारको योजना अगाडी बढाइएको बताए ।
उनले सबैको साथ र सहयोग भएमा देशले कायापलट मार्नेमा विश्वस्त हुनको लागि सबैमा आग्रह समेत गरेका थिए । उनले भने–‘विकास निर्माणको काम अव दुत्ररुपमा अगाडी बढ्यो, तपाईहरुले खास केही गर्नुपर्दैन, बस हौसाल र ताली बजाए पुग्छ’ ।
उनले विकास निर्माण सबैको लागि भएको भन्दै सबैले यसमा हातेमालो गर्नको लागि समेत आग्रह गरेका थिए । उनले निर्माण कार्यको लागि कुनै पनि कच्चा पदार्थको अभाव समेत नहुने बताए । वातावरणको सुरक्षा संगै विकास निर्माणको कार्य समेत अगाडी बढाउनको लागि स्थानिय तहलाई प्रधानमन्त्रीले आग्रह गरे ।
बुटवलबाट नै राजमार्ग विस्तारको योजना सुरुगर्नुको प्रमुख कारण बुटवलबाट पुर्व पश्चिम नै सहज भएको कारण यहाँ रोजीएको बताए । पुर्व पश्चिम रेल लामो समयमो सपना नभई यसको पनि प्रारम्भीक कार्य अगाडी बढाएको प्रधानमन्त्री ओलीको भनाई रहेको छ ।
भैरहवामा निर्माणाधीन अन्र्तराष्ट्रिय विमान स्थल अन्र्तराष्ट्रिय नाम मात्रै नभई अन्तराष्ट्रिय मापदण्डको नै बन्ने बताए । उनले भैरहवामा १५ वटा भन्दा बढि विमान एकैसाथ पार्कीङ्ग सकिने गरीको विकास गर्नको लागि आग्रह गरेको बताए ।
भैरहवाको विमानस्थल देखाउनको लागि नभई विमान उडाउनको लागि नै बनाइएको प्रम ओलीको भनाई रहेको थियो ।
नेपालमा अथाह मात्रामा खनिज पद्धार्थहरु रहेको भन्दै प्रम ओलीले लाखौ, करोडौ टन खनीज पद्धार्थहरु रहेको र यसलाई उत्खनन गरी देश समृद्धि तर्फ उन्मुख हुने बाटो भएको बताए । उनले दैलेख,सुर्खेतमा पेट्रोल, नवलपुरमा फलाम खानी लगायतका अधिकांस स्थानमा संभावना रहेको बताए ।
उनले देश निर्माणको अभियान सुरुवात भएको भन्दै साढे ३ बर्षमा नै बुटवल देखि नारायणगढ सम्मको बाटो निर्माण पुरा हुने बताए ।
उनले कृषिको विकास मात्रै गरेमा पनि देश आर्थिक हिसावले अगाडी बढ्ने बताए । उनले स्वदेशमा नै कृषि कर्म गर्नको लागि सबैलाई आग्रह समेत गरे । आगामी दिनमा देश बनाउछौ भन्ने संंकल्पन गर्नको लागि सबैलाई आग्रह गरे । उनले जमिन खेरा नफाल्ने गरी सबैले सहकार्य गरौ यसबाट मात्रै देशमा कार्यपलट गर्न सकिन्छ ।

लुम्बिनी सफा सुन्दर हुनुपर्छः
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी लुम्बिनी जस्तै शान्त हुनुपर्ने बताए । उनले केही समय पहिला देखि नै लुम्बिनी भित्र सोलार प्यानल राख्ने चारजिंङ्ग स्टेशन बनाउने लगायतका कुराहरु आएको भन्दै आफुले ‘हुदैन भनेर’ रोकेको बताए ।
उनले लुम्बिनी परिषर भित्र कुनै पनि प्रकारको प्राकिङ्ग, चार्जिंगङ्ग हुदैन, यो लुम्बिनी लुम्बिनी जस्तै शान्त हुनुपर्दछ ।’ उनले सरकारले पर्यटन बर्ष घोषणा गरेको भन्दै २० लाख भन्दा बढि पर्यटक ल्याउने गरी सरकारले काम गरेको बताए ।
शान्ती सुरक्षा कमी हुदैनः
प्रधानमन्त्री ओलीले अव शान्ती सुरक्षाको कुनै पनि कमी नहुने बताएका छन् । उनले कुनै पनि विध्वंस गतिविधि गर्ने, अवाह फैलाउने व्याक्ति वा समुह लाई छुट नभएको भन्दै तस्तो गतिविधिलाई प्रतिबन्ध लगाइएको भन्दै यस्तो प्रकृतिको गतिविधिबाट कुनै पनि व्याक्ति आत्तीनुपर्ने अवस्था नभएको बताए ।
यस्तै
कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री रघुविर महासेठले समयमा नै बुटवल–नारायणगढ सडकको स्तरउन्नी पुरा हुने बताए । उनले ३ बर्ष भित्र पुरा गर्ने गरी ठेकेदार कम्पनी संग सम्झौता भएको भन्दै यसमा एक दिन पनि तल माथि नहुने बताएका थिए ।

देश समृद्धिको बाटोमो अगाडी बढेको छः मुख्य मन्त्री
प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश नम्बर ५ समृद्धिको बाटोमा अगाडी बढेको बताएका छन् । उनले विभिन्न विकास निर्माणको कार्यक्रमहरु अहिले चलिरहेको भन्दै गरिवी अन्त्य संगै प्रदेशमा सुखी जनता बनाउने अभियान जारी रहेको बताए । कार्यक्रममा बोल्दै उनले प्रदेशले आवधीक योजना निर्माण गरी गरी कार्य अगाडी बढाइएको बताए ।
मुख्य मन्त्री पौडेलले आर्थिक वृद्धिरमा बढी रहेको सरकारको सफलता भएको बताएका थिए । उनले विदेशी संघ संस्थाहरुले तिब्र आर्थिक विकास थेग्न सक्दैन भन्ने कुरा गलत भएको बताए । उनले देश विकास निर्माणको तिब्र गतिमा अगाडी बढेको बताए । उनले आर्थिक विकासमा जनताको साथ चाहिएको बताए । उनले विकास निर्माणमा अगाडी बढीरहेको कसैले पनि बाधा अडचन गर्न नहुने बताए । उनले भने–‘खबरदार विकास निर्माणमा कसैले अवारोध गरेमा मान्य हुदैन ।’
मुलुक बनाउनको लागि मेसीनरी बस्तु आयात गरिएको भन्दै उनले यसले देश निर्माण गर्नको लागि नै मेसिनरी समानहरु ल्याइएको बताए । मुलुक अगाडी बढ्दै छ भन्ने कुरामा विश्वास गर्नको लागि आग्रह गरे ।
लुम्बिनी देखि तिरौलाकोट सम्मको सडक फोर लेन नै बनाउनुपर्ने बताए । उनले डिजाईन नै परिर्वतन गरी अगाडी बढाउनको लागि आग्रह समेत गरे । उनले बुटवल देखि बर्दिया सम्मको दुरी घटाउने कुरामा सरकारको ध्यान जानुपर्ने बताए । उनले लुम्बिनी र पोखरा लाई जोडेर पर्यटनको मार्ग बनाउनको लागि सरकारको अगाडी बढाउनुपर्ने बताए । उनले सिद्धार्थ राजमार्गको फोरलेन सडक बनाउनको लागि समेत सरकार संग माग गरे । उनले नेपालको समग्र विकासको सपनलाई छाटो समयमा नै पुरा गर्नु आवश्यक छ ।

बुटवल नारायणगढ एक घण्टामैः पुर्व अर्थमन्त्री विष्णु पौडेल
पुर्व अर्थमन्त्री तथा संघीय सरकारका संसाद विष्णु प्रसाद पौडेलले सडक विस्तार स्तरउन्नती पछि बुटवल देखि चितवनको नारायणगढको दुरी जम्मा एक घण्टामा समिति हुने बताएका छन् । बस्ती भएको ठाउँमा सिक्सलेन र जंगल क्षेत्रमा फोरलेनको बाटो बन्ने भन्दै उनले बर्दघाट देखि दुम्कीबास सम्मको सडकमा सुरुङ्ग मार्ग निर्माण गर्ने गरी कार्य अगाडी बढ्ने बताए ।
प्रधानमन्त्रीबाट नै सडक विस्तारको विशेष चासो व्यक्त गरिएको भन्दै उनले गड्डा चौकी देखि काँकट भिट्टा सम्मको सडक फोरलेनको बाटो निर्माण गर्ने सरकारको योजना समयमा नै पुरा हुने बताए ।
उनले प्रदेशका जनता विकासको लहर पैदा भएको भन्दै उनले विकास निर्माणको कार्यमा कही पनि कमी नहुने बताए । उनले विभाग र मन्त्रालयले लाई समयमा नै सम्पन्न गर्नको लागि आग्रह समेत गरे । ४२ महिनामा नै पुरा हुनेमा आफु विश्वस्त भएको बताए । रुपन्देहीमा विकासका केही महत्पूर्ण कार्य अगाडी बढाएको बताए । उनले बुटवल मण्डपमा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी स्थल निर्माण गर्न टेन्डर समेत आयोजना भैसकेको जानकारी गराए । यस्तै सोही मण्डप भित्र नै अन्तारष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण अन्तीम चरणमा प्र्र्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?