ट्रेंडिंग:

>> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै

प्रादेशिक मेडिकल कलेजको कार्यालय तिलोत्तमामा खुल्यो

९ चैत्र २०७५, शनिबार
९ चैत्र २०७५, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चौतर्फीरुपमा विकासमा समर्पित रहेको बताएका छन् । सरकारको एकमात्र लक्ष्य र उद्देश्य विकास मात्रै भएकाले विकासविरोधीहरुका कुरा नसुनी सरकार आफ्नो मिसनमा हिंडिरहेको उनले बताए ।
रुपन्देहीको तिलोत्तमामा बन्न लागेको प्रदेश पाँचस्तरीय मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । “अहिले दशैभर ठूला–ठूला विकासका आयोजना बनिरहेका छन्, रुपन्देहीमा पनि प्रदेशस्तरीय मेडिकल कलेज र राष्ट्रिय गौरवको बुटवल–नारायणगढ छ लेन सडक शुभारम्भ भएको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम अवस्थामा पुगेको छ”–प्रधानमन्त्रीले भने–“तर औंलामा गन्न सकिने केही बुद्धिजीवी भनिनेहरुलाई यो विकास मन नपरेर विरोध गरिरहेका छन् ।”
सरकारले सुरु गरेको विकासको महाअभियानले समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छाड्ने अठोट व्यक्त गर्दै प्रधानमन्त्रीले जनताले अव क्रन्दन र पीडामा होइन, सुखी नेपाली भएर बाँच्ने दिन आउने बताए ।
“फलाम, तामा र पेट्रोलियम खानी मुलुकमा रहेको छ, यसको उपयोग गरेर पनि मुलुकलाई प्रगतीको बाटोमा लैजान सकिन्छ, यसको प्रक्रिया पनि थालिएको छ”–प्रधानन्त्रीले भने । सधैभरी नेपाल मगन्ते भएर बस्न नसक्ने भन्दै उनले गौरवपूर्ण पुर्खाले निर्माण गरेको देशलाई आत्मनिर्भर बनाएरै छाड्ने बताए ।
उनले नेकपा विप्लव समूहका हिंसात्मक गतिविधिमा प्रतिवन्ध लगाउँदा केहीलाई चित्त नबुझेको बताए । “केही बुद्धिजीवीले यसैलाई सटर बनाएका छन्, हिंसात्मक गतविधि नियन्त्रण गर्दा उनीहरुलाई आफ्नो सटर बन्द हुने भयो भन्ने डर छ, त्यसैले उनीहरु विरोध गरिरहेका छन्”–प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले मुलुकले अव हिंसात्मक गतिविधि सहन नसक्ने पनि बताए । उनले केही बुद्धिजीवीसँगै केही सञ्चारमाध्यमहरुपनि सरकारले गरेका कामको विरोधमा उत्रिने गरेको बताए । “उनीहरुको काम विरोध मात्रै गर्ने हो, विरोध नगर्ने हो भने आफूले थापेको सटर बन्द हुन्छ”–उनले भने ।
उनले रुपन्देहीमा बन्न लागेको प्रदेशस्तरीय मेडिकल कलेज समयमै बन्ने विश्वास व्यक्त गर्दै अव मुलुकले राम्रो अस्पताल, राम्रा डाक्टर, साधनस्रोत सम्पन्न अस्पताल, सक्षम, अनुभवी र दक्ष प्राध्यापकहरु चाहेको बताए ।
कार्यक्रममा बोल्दै पुर्वअर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले यहाँ बन्ने मेडिकल कलेज मेडिकल युनभर्सिटीका रुपमा विकास हुनै भन्दै यही सरकारको पालामै मेडकल कलेजको निर्माण सम्पन्न हुने र उदघाटन पनि वर्तमान प्रधानमन्त्री केपि ओलीले नै गर्ने विश्वास व्यक्त गरे ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मेडिकल कलेज निर्माणका लागि नगर सरकारले समन्वयकारी भूमिका खेल्ने बताए ।
तिलोत्तमाको शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको करिव दुई सय बिगाहा क्षेत्रफलमा सरकारले मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको हो । केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले तिलोत्तमा सहित महोत्तरीको बर्दिवास र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्न नौ जना कर्मचारीको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेट समेत बिनियोजन गरेको थियो । त्यति बेला हालका प्रतिनिधि सभा सदस्य तथा नेकपा महासचिव बिष्णु पौडेल अर्थमन्त्री थिए ।
त्यस लगत्तै कलेज निर्माणका लागि वरिष्ठ चिकित्सक प्राध्यापक डा. सरोज प्रसाद ओझा संयोजक रहेको प्रारम्भिक समिति गठन गरिएको थियो । २०७३ असार २७ गते गठित समितिले तिलोत्तमा नगरपालिकाको प्रस्तावित क्षेत्र उपयुक्त हुने प्रस्ताव गर्दै प्रतिवेदन बुझाएपछि सोही वर्ष साउन १२ गतेको मन्त्रिपरिषदको बैठकले शंकरनगर र करहिया सामुदायिक वनले चर्चेको मध्ये दुईसय बिघा जमिन उपयोग गर्न स्विकृती दिने निर्णय गरेको थियो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँ मिलदेखि पाँचसय मिटर पूर्व प्यारामाउन्ट टोलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको हो ।
मासिक ३५ हजार भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी छ । आयोजना कार्यालय स्थापना भएपनि तत्काल फिल्डमा काम भने हुनेछैन । धेरैजसो कामहरु कानुनी प्रकृयामा भएकाले शुरुमा केन्द्रबाटै काम हुने उपसचिव मानबहादुर घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?