ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

महेशपुरका स्थानियवासी आन्दोलित

२२ फाल्गुन २०७५, बुधबार
२२ फाल्गुन २०७५, बुधबार

जिल्लाको महेशपुर भन्सारले अन्य छोटी भन्सार कार्यालयबाट भारतीय सवारी साधनको सुविधा काटन रोक लगाएपछि स्थानियहरु आन्दोलनमा उत्रेका छन् । पश्चिमी नवलपरासीको महेसपुर मुल भन्सारले भुजहँवा र विष्णुपुरा छोटी भन्सारबाट भारतीय साना–सवारी साधनको सुविधा काटन रोके पछिस्थानियहरु आन्दोलनमा उत्रि चक्का जाम गरी आन्दोलनमा उत्रेका हुन् ।
मंगलवार महेसपुर–त्रिवेणी सडक खण्डको भुजहवाँ चोकमा टेन्ट लगाएर विरोध प्रदर्शन गर्दै उखु लोडेड टक्याकर ट्राली र ढुङ्गाहरु बाटो बिच्छ्याई बाटो अवरोध पारेका थिए । स्थानियले सो बाटो अवरोध गरेपछि यात्रु र सवारी साधन आवत जावत ठप्प भएको थियो । सरावल ७ मा पर्ने भुजहवामा फागुन १४ गते महेसपुर भन्सार कार्यालयले सुविधा काट्न नपाउने भन्दै सेवा बन्द गरेको छ । त्यसै गरि पाल्हीनन्दन गाउपालिका ५ स्थित विष्णुपुरा छोटी भन्सारको सुविधा काटने ठेली र छाप लगिदिए पछि सो नाकाबाट भारतीय मोटरसाईकल र चारपांग्रे गाडीको सुविधा दिने कार्य अवरुद्ध छ ।
सिमा क्षेत्रका अधिकांश व्यक्तिहरुले भारतीय मोटरसाईकल प्रयोग गरिरहेकाले सुविधा लिई जिल्लाको सदरमुकाम परासी बजार आउने जाने गर्थे तर सो नाकाबाट सुविधा काटने कार्य बन्द भएपछि आफुलाई समस्या भएको स्थानिय अखिलेश कुमार किश्रले गुनासो गरे । महेसपुर भन्सारले ति नाकाहरुबाट सुविधाको आडमा विभिन्न सर–समानको चोरी तस्करी हुने गरेकाले केन्द्रिय निर्देशन अनुसार दुई साताका लागि सुविधा रोकिएको भन्सारले जनाएको छ । सुविधा चाहिएका व्यक्तिले महेसपुर भन्सारबाटै सुविधा लिई यात्रा गरुन भनि भन्सारले आग्रह पनि गरेको छ ।
महेशपुर भन्सार कार्यालय अन्तर्गत भुजहवाँ, गुठीपर्साैनी, त्रिवेणी र विष्णुपुरा गरि ४ वटा छोटी भन्सारहरु संचालनमा छन् । महेशपुर मुल भन्सार हुनु भन्दा पुर्व महेसपुर भन्सार समेत यि छोटी भन्सारहरु भैरहवाँ भन्सारको मातहतमा संचालनमा थिए । महेसपुर भन्सार बाहेक अरु छोटी भन्सारहरुले सर–समानको भन्सार काटने अधिकार नपाएपनि भारतीय सवारीको सुविधा काटदै आएका थिए । यहि चालु आर्थिक वर्षको श्रावण महिनादेखि महेसपुर भन्सार मुल भन्सारको रुपमा कार्यान्वयनमा आएपछि ति छोटी भन्सारहरु यसको अधिनमा आएका हुन् । मोटरसाईकलको सुविधा लिने र घरायसी प्रयोजन भन्दै विभिन्न सर–सामाग्रीको चोरी तस्करी गर्दै आएका जनगुनासो बढदै गएकाले सुविधा केहि दिनको लागि बन्द गरिएको भन्सारको दाबी छ ।
मधेश सांस्कृति नेपाल–भारत संग जोडिएकोले नेपाल–भारतमा रोटी बेटीको सम्बन्ध संगै सिमावर्ति क्षेत्रको मुख्य बजार भारतीय सिमावर्ति बजार समेत रहेको छ । उक्त ति साना–नाकाहरुबाट सुविधा पाएर नेपालका बजारहरुमा पुग्न सहज भैरहेको बेला एक सातादेखि महेसपुर भन्सारले सुविधा काट्न रोक लगाएपछि स्थानियहरुलाई समस्या भएकाले आन्दोलनमा उत्रिएको सरावल गाउँपालिका ७ का वडा अध्यक्ष ह्यात खान धुनियाले बताए । उनले भने, यि छोटी भन्सारहरुले सुविधा मात्र होइन कम्तिमा २० लाख रुपैया सम्मको भन्सार पनि काटने अधिकार दिनु पर्ने हाम्रो माग रहेको बताए ।
एक त यस नाकाबाट सुविधा काटने अधिकार पनि खोसियो अर्काे तर्फ उखु मिलहरुले मिल आसपासका उखुहरु मात्र खरिद गरि क्रसिङ्ग गरिरहेको र मध्य क्षेत्रका उखुहरु तौल गरि ढुवाई गरि पुर्जी समेत नदिएकोले आन्दोलनमा उत्रिएको प्रतापपुर गाउँपालिका ४ निवासी संजयमणि त्रिपाठीले जानकारी दिए । पछिल्लो समयदेखि जिल्लामा चोरी तस्करी बढेको पाइएको छ । चोरी तस्करीको व्यापक जनगुनासो बढेपछि महेसपुर भन्सारले चोरी तस्करी नियन्त्रण गर्न राती रातीको समयमा पनि गस्ती गर्दै आएको छ । यता आन्दोलनरत स्थानियले माग पुरा नहुँदासम्म बाटो अवरुद्ध पारी रहने चेतावनी दिए ।
सन १८१६ मा नेपाल र तत्कालिन अँग्रेजको इष्ट इण्डिया कम्पनीसंग भएको दुई पक्षिय सुगौली सन्धिको धारा ६ र ७ अनुसार सिमावर्ति गाउका बसिन्दाले मतदान गर्न बाहेक सिमा पारीपारी दुबै तिर कारोबार गर्न पाउने तर्क राख्दै आएका छन् । यता उद्योग बाणिज्य संघले भन्सार कार्यालयले गर्ने यस्तो कृयाकलापले स्थानियसंघ द्धन्द्ध बढाएर मुल भन्सार हटाउन खोज्ने षणयन्त्र हुन सक्ने जनाउदै बुधवार भन्सारको समस्याबारे सर्वपक्षिय छलफलको आयोजना गरिने जनाएको छ । संघका अध्यक्ष केशव भण्डारीका अनुसार संघले विगत दुई दशक देखीको लामो प्रयासले चालु आर्थिक बर्ष देखी भैरहवा भन्सार अन्तरगत रहने महेशपुर छोटी भन्सार स्तरोन्नती भई मुल भन्सारको रुपमा सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission