ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

नेपालगञ्जलाई समृद्ध बनाउनमा जोड

२० फाल्गुन २०७५, सोमबार
२० फाल्गुन २०७५, सोमबार

नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५”शुरुभएको छ । फाल्गुण २९ गतेसम्म सन्चालन हुने महोत्सवको भब्य समारोहकाबीच बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद समेत रहेका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले समृद्धि बाँकेको यात्रा शुरु भएको उद्घोष गर्दै भने,–‘अबका केही वर्षमा ७६ जिल्लाले बाँकेबाट विकास के हो भन्ने कुरा सिकेर जान्छन् । विकास र समृद्धिमय बाँके बन्छ ।’ मन्त्री राईले जाती,धर्म, सम्प्रदायको संरक्षण हुने तर त्यसैका नाममा राजनीतिक गरेर नेपालगन्जलाई मनोबैज्ञानिकरुपमा बिभाजन गर्ने दिन गएको बताए ।
बाँकेमा अब समृद्धिका कुरा मात्र हुने मन्त्री राईको भनाई थियो । समुद्घाटन समारोहमा बोल्दै प्रदेश नम्बर ५ को कृषी मन्त्री आरती पौडेलले बाँके जिल्लाको समृद्धिलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताईन । उनले प्रदेश सरकारले पनि बाँकेलाई बिशेषरुपले गरेको जानकारी दिईन ।
प्रादेशिक महोत्सवको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले जिल्लाको समृद्धिका कुरा गरे । महोत्सव जिल्लाको विकासको बिषयमा मन्थन गर्ने मन्च बन्न पुग्यो । प्रदेश राजधानीको बिषयमा गर्मार्मी बहस नै भयो । बोल्ने बक्ताहरुले बुटवल प्रदेशको राजधानी अनुपयुक्त भएको बताउँदै उपयुक्त ठाउँमा राजधानी हुनुपर्ने जोडदार माग गरे । नत्र बिकल्प खोज्नेसम्मको चेतावनी दिए ।
प्रतिनिधि सभा सांसद महेश्वर गहतराज अथकले बाँकेको समृद्धिका लागि केन्द्रलाई जगाउने काम भइरहेको बताए । राँझा बिमानस्थलाई क्षेत्रीय बिमानस्थल बनाउने, नेपालगन्ज बिश्वबिद्यालयको बिधेय व्युताउने बिषयमा छलफल भइरहेको उनले जानकारी दिए । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा, नेपाल उद्योग वाणिजय महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनीधि तिवारी, नेपाली काँग्रेसका जिल्ला सभापति किरण कोइराला, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु लगायतले जिल्लाको समृद्धिको बिषयमा बोलेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष अब्दुल वािहद मन्सुरीले गरेका थिए ।
महोत्सव शुरु हुन अघि बिहान नेपालगन्जमा बिशाल झाँकी निकालिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय त्रिभुवनचोकबाट शुरु भएको झाँकी महोत्सव स्थलमा पुगेर समापन भएको थियो ।
वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गरिएको अध्यक्ष बैश्यले बताए ।महोत्सवमा तीन सय बढि स्टल रहने छन् । स्थानीय र राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?