© २०२३
भुमिसुधार तथा मालपोत कार्यालय परासीमा दरबन्दी अनुसार कर्मचारी नहुदा काम गर्न समस्या भएको छ । छुट्टै रहेको भुमिसुधार कार्यालय समेत मालपोत कार्यालयमा गाभिएको र दरबन्दि अनुसारको कर्मचारी नहुदा काम गर्न समस्या भएको कार्यालयले जनाएको हो ।
सेवाग्राह्रीको चाप बढदै जानु र कर्मचारी कार्यालयमा हाजिर नहुदा समस्या देखिएको मालपोत अधिकृत इश्वर चन्द्र अर्यालले बताए । दैनिक जसो जग्गा विक्रिको रजिष्ट्रेसन पास र बैंकहरुले पठाउने धितो बन्धक जस्ता कामको चाँपले गर्दा अन्य काम गर्न कठिनाई भएको उनको भनाई थियो । ४ जना अधिकृतको दरबन्दी रहेको मालपोत कार्यालयमा एक जना अधिकृतले काम चलाउनु परेको छ, मालपोत अधिकृत अर्यालले भने, नासु र खरिदार समेत दरबन्दी अनुसार छैनन् । विद्युतीय प्रणाली९सप्टवेयर० लागु गरिएको छ,तर अपरेटर समेत अभाव छ । सप्टवेयर लागु गरेर पनि के गर्ने रु अधिकृत अर्यालले थपे, सप्टवेयर चलाउनलाई पनि त कर्मचारी नै चाहिन्छ ।
आठ जना नासुको दरबन्दी छ,त्यसमा पनि ४ जना मात्र नासु कार्यरत छन् । चार जना नासु रितm छन् । खरिदारमा पनि १० जनाको दरबन्दी हो,तर ७ जना खरिदारको दरबन्दि रितm छ । तिन जना खरिदारले काम गर्न परेको छ । जग्गा सम्बन्धी मुद्दाको फाईल २ सय भन्दा बढि चाँग लागेको देखाउदै अधिकृत अर्यालले भने, दैनिक जसो नियमित काम गर्ने राजिष्ट्रेन र धितो बन्धकका कार्य गर्दा गर्दा दिन वित्छ । मुद्दाको फाईल अध्ययन गर्ने फुर्सत निकाल्नै गाह्रो भयो, उनले भने, जागिरी जिवनमा पहिलो पटक यस्तो चाँपमा काम गर्न परेको छ । कर्मचारी अभावमा काम गर्दा ढिलाई हुनु स्वभाविक नै हो,तर काम ढिलो भएको भन्दै विना पैसा काम हुदैन भन्ने आरोप लगाउने हुदा दुःख लागेको छ ।
समयमा काम गर्नका लागि कर्मचारी प्रयाप्त हुनु पर्ने तर सरकारले अहिलेसम्म रितm पदका लागि कर्मचारी पठाइदिएको छैन् । भुमिसुधारका सबै मुद्दा फाईल पनि जिम्मेवारी सरेर मालपोत कार्यालयमा आएको छ । तर कर्मचारीको नामा एक जना खरिदार मात्रै आए । उनले पनि मालपोत कार्यालयमा एउटा भुमिसुधार शाखा खोलेर बसेका छन् । काम गर्न भ्याइएको छैन् । भिडमा केही ब्यतिmले पहुँच पुर्याउनु काममा हानथाप गर्दा त्यसको जिम्मेवारी पनि कार्यालय प्रमुखको हुने गरेको छ । उनका अनुसार दैनिक ७० देखी ८० वटा जग्गा विक्रि रजिष्ट्रेसन हुने गरेको छ । अझ ति भन्दा बढि त बैंक,सहकारी र विभिन्न वित्तिय संस्थाहरुले धितो बन्धकका लागि पठाउने कार्यको धितो बन्धकको कार्य पनि बढि हुने हुदा मुद्दाका फाईल ओझेलमा परेको अधिकृत अर्याल स्वीकार्छन् ।
काम ढिलो भयो भनेर सिडिओ कहाँ पनि गुनासो लिएर सेवाग्राही पुग्ने गरेको उनले सुनाए । तर कार्य ब्यवस्थताले काममा ढिलाई भएको उनको दाबी थियो । नियतबस कुनै काममा ढिलाई नभएको गुनासो गर्दै उनले भने, कर्मचारीको मर्कामा पनि बुझिदिन पर्यो । काम अनुसार भएको दरबन्दी पनि कम हो,त्यसमा पनि चार अधिकृतको सट्टा एक अधिकृतले काम गर्नु र काममा सघाउनका लागि नासु र खरिदार पनि आधा भन्दा कम हुनु नै कार्यालयको कार्य क्षमता प्रति प्रश्न उठने गरेको उनले प्रतिकृया जनाए । कर्मचारी नहुदा लेखापढी ब्यवसायीलाई समेत असर परेको लेखापढी ब्यवसायी समितिका अध्यक्ष अर्जुन बहादुर थापा क्षेत्रीले बताए । सेवाग्राही आउछन्,कति समयमा काम हुन्छ रु भनेर सोध्छन,चाडै काम गर्नका लागि दवाव पनि दिने गर्छन् । तर कर्मचारी नै नभए पछि एउटा रजिष्ट्रेसन पास गराउन पनि हप्तौ लाग्ने गरेको छ, थापाले भने, सरकारले चाडो भन्दा चाडो कर्मचारी पठाउनु पर्छ ।