ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

स्थानीय उत्पादनबाट समृद्धिः सभामुख

२० माघ २०७५, आईतवार
२० माघ २०७५, आईतवार

प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले स्थानीय उत्पादन विना आर्थिक विकास र संवृद्धी संभव नभएका वताएका छन । रोल्पाको सुलिचौरमा आयोजित दोश्रो रोल्पा महोत्सव उद्घाटनका क्रममा सभामुख महराले उक्त कुरा वताएका हुन ।
राजनीतिक क्रान्तीको अधिकांश काम पुरा भएको वताउदै अव संविधानले परिकल्पना गरेको समाजवादमा पुग्ने गरि आर्थिक क्रान्तिमा लाग्नु पर्ने सभामुख महराको भनाई थियो । पछिल्लो राजनीतिक परिवर्तनको केन्द्र वनेको रोल्पा अव आर्थिक विकास र संवृद्धीको केन्द्र वन्नु पर्ने सभामुख महराको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभामुख महराले आफुले रोल्पालाई कहिल्यै नभुल्ने वताए । रोल्पा विधितायुक्त कला संस्कृतीको संगम भएको वताउदै यसको संरक्षण गर्दै पुस्ताहस्तान्तरणमा समेत जोड दिनु पर्ने विचार व्यक्त गरे । आफ्नै उत्पादन प्रति गर्व गर्नु पर्ने वताउदै रोल्पाको मुख्य उत्पादन मकै, कोदो, जौ लाई थप प्रवद्र्धन र व्यवसायिक वनाउनु पर्ने सभामुख महराको धारणा थियो । रोल्पालीको संवृद्धी रोल्पाको कृषि, पर्यटन, जलश्रोत र उद्योगवाट हुने वताउदै संवृद्धीको खोजीमा भौतारिन नपर्ने सभामुख महराको भनाई थियो ।
कार्यक्रममा उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनलेमगरले देशको विकास र संवृद्धीका लागि नीजि क्षेत्र संगको सहकार्य समेत जरुरी रहेको वताए । सरकार र नीजि क्षेत्रको लगानीवाट देशको उर्जा, जलश्रोत, पर्यटन तथा कृषि क्षेत्रको विकास गर्न सकिने वताउदै यस क्षेत्रमा लगानी वढाउन नीजि क्षेत्रलाई आग्रह गरे । रोल्पामा विभिन्न रणनैतिक महत्वका सडकमा साथै अन्य सडक निर्माणको क्रमले तिव्रता पाईरहेको वताउदै अवको केही वर्षभित्र रोल्पा विकासको प्रतिफल देखिने विचार व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका मन्त्री पुनले यसै वर्ष रोल्पाको जलजलामा ५ सय जना पर्यटक भित्र्याउने गरि कुराकानी भईरहेको वताए । महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा रहेको जलजला क्षेत्रको विकास र प्रवद्र्धनका लागी वर्तमान सरकार गम्भिरताका साथ लागेको जानकारी दिए ।
कार्यक्रमका प्रदेश नं ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले रोल्पामा युद्ध संग्राहलय स्थापनाका काम अगाडी वढेको वताए । दश वर्ष लामो युद्धलाई पर्यटन संग जोड्न सके यस क्षेत्रको संवृद्धीमा सघाउन पुग्ने मन्त्री गिरीको भनाई थियो । आर्थिक संवृद्धीको लागी उत्पादन जरुरी रहेको वताउदै शहरवाट सामान वोकर आउने गाडी फर्कदा जडिवुटी, तरकारी जस्ता स्थानीय उत्पादन वोकेर फर्कने वातावरण वनाउनु पर्ने मन्त्री गिरीको भनाई थियो ।
कार्यक्रममा प्रतिनिधि सभा शिक्षा समितिका सभापति जयपुरी घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्राई, राष्ट्रिय सभा सदस्य राजकुमार कवर, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतले शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्ती, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, उमेश श्रेष्ठ, अन्जना विसंखे, सुरेश कुमार राई र ईकवाल मिया को समेत आतिथ्यता रहेको थियो ।
रोल्पा उद्योग वाणिज्य संघको आयोजना रहेको उक्त महोत्सव उद्घाटन कार्यक्रममा महोत्सव मुल आयोजक समितिका संयोजक विश्वकुमार चन्दले अध्यक्षता गरेका थिए । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय तहले सांस्कृतिक झाँकी समेत प्रदर्शन गरेका थिए । माघ १८ गते उद्घाटन भएको उक्त महोत्सव २४ गते सम्म चल्ने आयोजकले वताएका छन । कार्यक्रम अवधिभर ६० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त महोत्सववाट २ करोड वढीको कारोवार हुने आयोजकहरुले अपेक्षा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?