© २०२३
शान्ति नमुना माध्यमिक विद्यालय मणिग्रामले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत शुक्रबार पढाई उत्सव गरेको छ । कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थी, अभिभावक र शिक्षकको सहभागितमा रहेको थियो ।
कार्यक्रममा ईजिआरपीका संयोजक रेशम बहादुर रोक्का र प्रा.वि.का ईन्चार्ज कान्ति भण्डारी लगायतले बोलेका थिए । त्यस्तै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका पुर्व सभापति विजय प्रसाद धिताल र तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले यसबाट विद्यार्थीको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताए ।
खाना महोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न खानाका परिकार बनाई विद्यार्थी, अभिभावकहरुलाई बिक्री गरी स्वाद चखाएका थिए । त्यस्तै कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको बैठक पनि सम्पन्न भएको छ । बैठकमा सहभागीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक, विद्यार्थी तथा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । कार्यक्रममा अभिभावकहरुले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि आफ्ना बालबालिकालाई अध्ययनका लागि वातावरण मिलाउने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, लोकनाथ कंडेल, दिपेन्द्र शाक्य र शेखर पौडेल लगायतले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।