© २०२३
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक किशोरी आºनै अन्टिबाट बोक्सीको आरोपमा कुटिएकी छन् ।
वीरेन्द्रनगर नगरपालीका २ गुप्तीपुर सुर्खेत की १८ वर्षीय अमृता बुढा लाई उनकी अन्टीे कृष्णा काºलले आºनै घरमा करिब तिन घण्टा कुटेर घाईते बनाएकी हुन् । अन्टीको कुटाईबाट घाईते भएकी अमृतालाई स्थानिय देउती नर्शिङ्ग अस्पतालमा उपचार पछि शुक्रबार घर फर्काइएको छ ।
वीरेन्द्रनगर नगरपालीका १२ चनौटेमा बस्ने २५ वर्षीय अमृताकी अन्टी कृष्णा काºलेले आंफुलाई मेरी छोरी तेरो कारणले बिरामी भई भन्दै कुटेको पिडित अमृताले बताएकी छन् । अमृताले भनिन् ‘ म अन्टिको घरमा बस्न थालेको करिब एक वर्ष भयो । ७ गते राती अन्टिकी छोरी बिरामी भएकी थिई तर अन्टिले त मशान लागेर मेरो छोरी बिरामी भई भन्दै कुट्नु भयो । ७ गते सामान्य कुट्नु भएको थियो । तर ८ गते राती करिब १ बजे देखी ३ बजेसम्म लगातार अन्टिले कुट्नुभएको हो । मलाई अन्टिले कुट्दा मेरो मम्मी र अंकलले हेरीरहनु भयो ।’ अमृताका अनुसार उनको छातीमा, घुडाभन्दा माथी र अनुहारमा पोलिएको छ । अन्टि बचाउनु भन्दापनि झन् आंफुलाई नै अमृता नभई मशान बोलेको भन्दै अन्टिले कुटेको उनले बताएकी छन् । आंफुलाई उपचार समेत अन्टिलेनै गरिदिनुपर्ने अमृताको भनाई रहेको छ ।
गत पुष ७ गते अमृता बिरामी छन् भनी कृष्णाले दिदी टिका बुढालाई फोन गरेपनि अमृता नभई बहिनीकी छोरी बिरामी भएको अमृताकी आमा टिका बुढाले बताएकी छन् । उनले भनिन् ‘छोरी बिरामी छ भनि बहिनीले फोन गरी खबर पाउनासाथ म बहिनीको घर गएं । तर म त्यहां जांदा बहिनीकी ५ वर्षीय छोरी बिरामी थिई । मेरी छोरी अमृता ठिकै थिई । उसले किन कुटि मलाई पनि थाहा छैन । बहिनीले मेरी छोरी कुट्दा मैले पनि हेरिरहें ।’ पिडक कृष्णा अमृताकी आºनै सांईली अन्टि हुन् । केहि महिना अघिदेखी अमृताकी अन्टि कृष्णाले धामी आएको भन्दै काम्दै आएकी थिइन् । टिकाले थपिन् ‘गांउमा धामीले कुट्दा यस्तो घाउ नदेखिने भएकोले बहिनीले अमृतालाई कुट्दा मैले हेरिरहें तर उसको हालत बिग्रीएपछि उपचारको लागी आंफै अस्पताल लगेकी हुं । ’ घरभित्रको कुरा जेलनेल गर्नुपर्दा आंफु धर्मसंकटमा परेको टिकाले बताएकी छन् ।
उता पिडक कृष्णा काºलेले अमृतालाई आंफुले मात्रै नभई दिदी टिका बुढाले पनि कुटेको आरोप लगाएकी छन् । अमृताका बुवा रणबहादुर बुढाले पनि सालीले किन कुटिन् भन्ने जानकारी नभएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पिडक २५ वर्षीय कृष्णा काºले र उनका श्रीमान् कृष्णप्रसाद काºलेलाई नियन्त्रणमा लिई बयान लिईरहेको बताएको छ ।