ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

२३ मृतकको सनाखत

८ पुष २०७५, आईतवार
८ पुष २०७५, आईतवार

राप्ती राजमार्ग अन्र्तगत दाङ तुलसीपुर उप हानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका २३ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेहरुमा दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्बका १÷१ जना रहेका छन् ।
घटना स्थलमा २२ जना र दुर्घटनामा परि गम्भिर घाईते भएका जुम्ला जिल्लाको कन्कासुन्दरी गाँउपालीका ५ बस्ने बर्ष २० को बिरेन्द्र कन्डराको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा शनिवार विहान ८ वजेतिर ज्यान गएपछि ज्यान जानेको संख्या २३ पुगेको हो ।
दुर्घटनामा परि १९ जना पुरुष र ४ जना महिलाको ज्यान गएकोे छ । सनाखत हुनेहरुमा बस चालक घोराही उप महानगरपालिका ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, सहचालक तुलसीपुर उप महानगरपालिका १८ का २२ बर्षीय गणेश बिक, शिक्षालयका शिक्षक घोराही उप महानगरपालिका १७ का २९ बर्षिय प्रदिप घिमिरे, विद्यार्थीहरु घोराही उप महानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री, दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् । त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल, सोहि नगरपालिका वडा नम्वर ३ घर भएका १७ बर्षिय हिम्मत बोहरा, सोहि वडाका १८ बर्षका अर्जुन शाही, वडा नम्वर १० घर भएका १८ बर्षीय रुपेश शाही, सोहि वडाकी बिपना खत्री, वडा नम्वर १४ का १७ बर्षीय रितेन्द्र शाही, वडा नम्वर ५ का देवीप्रसाद उपाध्याय, सोहि जिल्लाको हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाही, तिला गाउँपालिका १ का जंगबहादुर बिक, सोहि गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।
त्यस्तै शिक्षालयका शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली, डोल्पा जग्दुला ७ निवासी १६ बर्षका गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घर भएका १७ बर्षका आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षका खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका घर भएका १७ बर्षको महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि ज्यान गएकोे हो । दुर्घटनामा परि घाईते भएका १४ जना मध्ये १२ जनाको थप उपचारका लागी नेपालगन्जबाट काठमाडौ पठाईएको छ भने अन्य दुई जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उप महानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका बन बिज्ञान संकायमा अध्ययनरत विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन अवलोकन गरेर फर्कने क्रममा शुक्रवार वेलुकी ५ वजेतिर दुर्घटना भएको हो ।
दाङकै नमस्ते राप्ती यातायात प्रालिद्धारा सन्चालित बा ४ ख ९७६६ नम्बरको बस शिक्षालयले भ्रमणका लागी रिर्जभ गरेर लगेको थियो । यसैविच जुम्लाका ६ वटा र डोल्पाको एक वटा शव तुलसीपुरबाट नेपाली सेनाको हेलिकप्टर मार्फत सम्वन्धित जिल्लामा पठाईएको जिल्ला प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिएका छन् ।
बझाङ, बाजुरा र जुम्लाको गरी तिन वटा शव बाहेक अन्य शव सवै आफन्तीको जिम्मा लगिसकेको उनले बताए । सिटिईभिटिको आंगिक क्याम्पसको रुपमा स्थापित कृष्णशेन ईच्छुक बहुप्राविधिक शिक्षालयमा विगत २ महिनादेखी कक्षा सञ्चालन हुदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission