ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

एकैपटकको कुराकानीपछि बिवाह भयो

६ पुष २०७५, शुक्रबार
६ पुष २०७५, शुक्रबार

जीवन ओझा/बिद्यादेवी ओझा
बाग्लुङको बाग्लुङ बजारमा २००९ साल भदौ २९ गते स्वर्गिय गोपाल प्रसाद वझा र अम्वादेवी वझाको कोखबाट जन्मिएका जीवन प्रसाद वझा पश्चिम नेपाल बिशेष गरी अहिलेको प्रदेश नम्वर र प्रदेश नम्वर ४ मा कहलिएका उद्योगी व्यवसायी र समाजसेवीका रुपमा पर्दछन । शालिन र भद्र स्वभावका जीवन त्यत्तिकै इमान्दार छन । अरुका कुरा धेरै सुन्छन, आफु बोल्दा बिचार पुर्याएर बोल्छन र बोलि सकेको कुरालाई कहिलै परिवर्तन गर्दैनन । सानैदेखि चट्ट कपडा मिलाएर लगाउने, नम्र भई बोल्ने बानी उनको अहिले पनि उस्तै छ । पुर्खौली पेशा नै व्यापार भएकाले बुवासंगै २०१७ सालमा बुटवल झरेका जीवन बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य समेत भईसेका छन । अहिले करिव एक दर्जन सस्थाको सल्लाहकार र आधा दर्जन बढीको सञ्चालक तथा व्यवस्थापन समितिको सदस्य छन ।उनकै पहलमा बुटवलमा उद्यमी व्यवसायी मिलेर खोलीएको तिनाउ बिकास बैकको सञ्चालक छन । संयुक्त परिवारमा जन्मिएका वझाले अहिले पनि संयुक्त रुपमा उद्योग व्यापार गर्दै आएको छन ।
ती भाई बुवाहरुको जेठो छोरा जीवन भाईहरु स्वर्गिय निर्मल प्रसाद, कल्याण प्रसाद, बरिष्ठ मनोरोग बिशेषज्ञ डा. सरोज र जगदिश वझाको अभिभावकका रुपमा रहेका छन । परिवारका सबैले जे काम गर्दा पनि जीवनसंग सल्लाह लिने गर्दछन र उनले पनि सबै सहयोग गर्दछन । व्यवसाय संयुक्त रुपमा गरेपनि बसाई सबै भाईको अलग अलग छ तर हरेक चाडबाडमा उनीहरु सबै आलोपालो एक अर्काको घरमा जम्मा हुन्छन रमाइलो गर्छन । जीवनलाई उद्योग व्यवसायदेखि संघ सस्थाका कामले घर परिवारलाई समय मिलाउन गाह्रो हुन्छ । अहिले त उनलाई चिन्ता हुदैन । तर भर्खर भर्खर व्यापार र संघ सस्थामा लाग्दा उनलाई ठुलो परिवार कतै परिवारमा मनमुटाव हुने हो कि भन्ने चिन्ता कता कता लाग्ने गथ्र्यो ।
पाल्पाका प्रतिष्ठित व्यवसायी पाल्पा उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष स्वर्गिय केशवलाल श्रेष्ठकी सुपुत्री बिद्यादेवीसंग २०३५ सालमा बैवाहिक जीवनमा बाधिएका जीवनलाई परिवारीक बिषयमा कहिलै गुनासो सुन्नु परेको छैन । परिवारको खानपिन देखि पढाई लेखाईसम्ममा बिद्यादेवीले ध्यान दिन्छिन । जीवनलाई घरपरिवारको चिन्ता नलिई उद्योग व्यवसाय र समाज सेवामा लाग्न प्रेरणा दिन्छिन ।

परिवार मिलाउने बिद्याको कला देखेर नै होला उनका दुई बहिनीको बिवाह पनि जीवनका दुई भाईहरुसगै भएको छ । भाई राजेन्द्रको कमला संग र स्वर्गिय निर्मल प्रसादको पुष्पासंग बिवाह भएको छ । पाल्पा र बुटवलको प्रतिष्ठित दुई घरानाको सम्वन्ध जोडिएपछी दुबैको व्यापार व्यवसायमा पनि त्यस्तै बृद्धि भएको छ ।
सफा कपडा, मिलाएर लगाउने र चिटिक्क परेर स्कुल कलेज जाने बानी भएपनि पढाई बाहेक उनले रमाइलो गर्ने तिर खासै ध्यान दिएनन । बाग्लुगंमा चैतेदशैमा र कालिगण्डकीमा एकादशीमा लाग्ने मेला साथीभाईसंग गएर हेर्न भने उनले छुटाएनन । उनले एसएलसी दिएपछि बाग्लुगंमा भएको एउटा नाट्य कार्यक्रममा सानो अभिनय भने गरेका थिए । जीवन भन्छन साथीहरुले बसाई उपन्यासको नाटक देखाउने तयारी गरेको बेला एक जना कलाकारको अभाव भएपछी मलाई आग्रह गरेर र संक्षिप्त भुमिका निर्वाह गरेको थिए । उनी राम्रो भएर क्याम्पस जादा धेरैले कति राम्रो हो भन्ने गरेपनि उनले कसैका कुरा सुन्दैनथे । पढनेमा मात्र तल्लिन हुन्थे । त्यही भएर होला एम ए सम्म अध्ययन गरेका जीवनले बिद्यादेवी बाहेक कुनै महिलासंग एक्लै कुरा समेत गरेका छैनन । बिभिन्न देशमा बिद्यासंग घुम्न गएका जीवनले दुई जनाको फोटो फेश बुकमा राख्दा उनका साथीभाईले जीवन पनि यस्तो भनेर भन्ने गर्छन त्यही भएर होला केही समय अघि युरोप भ्रमण गएका बेला जीवनले बिद्यासंगको फोटो फेश बुकमा राखेपछी बुटवल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कुश प्रसाद मल्लीले जीवन दाईलाई पनि यस्तो आउदो रहेछ भनि कमेण्ट गरेका थिए । घरपरिवारको सल्लाहमा २०३४ साल फागुनमा बुटवलको हाटबजारमा टाढैबाट बिद्यादेवीलाई हेरका जीवन उनको २०३५ साल बैशाखमा पाल्पा तानसेन गएर एकपटक कुराकानी गरेर त्यही साल मंसिर ७ गते बिवाह भयो ।जीवन र बिद्यादेवीको बिवाह पनि रोचक तरिकाले भएको थियो ।
एउटा बस र जीप बुटवलबाट तानसेन ५१ जना जन्ति गएका थिए । त्यत्तिबेला बुटवलका कसैको जीप थिएन । जीवनका साथी बुटवल औद्योगिक क्षेत्रका तत्कालिन प्रवन्धक बिश्व वहादुर अमात्यको जीप लगिएको थियो । तानसेनमा बिवाह गरेर राति १ बजे बुटवल जन्ती आएका थिए । वझा परिवारको जेठो छोरा भएकाले जीवनको बिवाह भोज (पार्टी) भब्य भएको थियो । लगातार ५ दिनसम्म बिवाह भोज चलेको थियो ।भोजका लागि दागंबाट ११ वटा खसि ल्याइएको थियो । पहिलो दिन आफन्त, दोश्रो दिन बजारका साथीभाई तेश्रो दिन व्यवसायी, चौथोदिन मणिग्राम गाउका इष्टमित्र र अन्तिम दिन वझा परिवारलाई भोज गराईएको थियो । अहिले जस्तो कुक पनि नहुने र पकाउने खाने भाडाको समस्या पर्ने भएकाले त्यसरी व्यवस्थापन गरेको जीवन बताउछन । उनको बिवाहमा बनारसबाट कार्ड छापेर ल्याएर बाडिएको थियो । मुम्वईबाट श्रृगांरका सामान र कपडा किनीएको थियो भने काठमाण्डौ गएर जीवनका सुट सिलाइएको थियो । अझ रोचक त नेपालमा त्यत्तिबेला रंगिन रिल नभएकाले जापानबाट रिल मगाएर बिवाहमा फाटा खिचिएको थियो र फोटो धुलाई पनि नेपालमा नभएकाले हगंकगंमा पठाएर गरीएको थियो । त्यस्तै बाग्लुगंबाट ४ टिन ध्यू मगाएर महिना दिन भन्दा बढी लगाएर रोटी पकाईएको थियो ।
बिवाहको एक वर्ष पछी छोरी नमुना र ३ वर्षमा छोरा आनन्दको जन्म भयो । छोरी नमुनाको काठमाण्डौ कुलेश्वरका पुष्कल जोशकिा छोरा राजीव जोशी संग र छोरा आनन्दको प्युठानका मेघराज कक्षपतिकी छोरी कामनासंग बिवाह भएको छ । छोरीका २ छोरी र छोराका एक छोरी भइसकेका छन । बिवाह भएको वर्ष पछी मुम्वई र अहमदावाद घुम्न गएका जीवन र बिद्यादेवी अहिले पनि वर्षमा एक दुई पटक स्वदेश वा बिदेशका कुनै न कुने स्थान घुम्नका लागि संगै जाने गर्छन । नेपाल र भारतका प्राय जसो सबै धार्मिक स्थलको उनीहरु पुगेका छन । युरोपका ९ देश बिद्यादेवीसंगै घुमेका जीवन बेलायतमा संगै ६ महिना बसेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?