© २०२३
जिल्लाको सरावल गाउँपालिकामा पर्ने पेटबनिया सिंचाई कुलोको पानी स्थानीय इँटा भट्टाले थुनेर उद्योगमा प्रयोग गरेपछि स्थानीय किसान मर्कामा परेका छन् । सरावल गाउँपालिकाको वडा नं.२ र ३ का किसानले सिंचाई गर्दै आएको उतm कुलोको पानी थुनेर उद्योगले औद्योगिक प्रयोजनमा प्रयोग गर्दा स्थानीय किसान बालीनालीमा सिंचाई गर्न नपाएर मर्कामा परेको बताएका हुन् ।
भूमिगत सिंचाईको स्रोत समेत नभएको उतm सिंचाई आयोजना भत्किएको बर्षाैं बितिसक्दा सरकारी निकायको वेवास्तासँगै अहिले कुलो नजिकै स्थापना भएको हरि इँटा उद्योगले सो पानी पूर्ण रूपमा थुनेर इँटा बनाउनका लागि औद्योगिक प्रयोजनमा प्रयोग गरेका छन् । किसानले सिंचाई गर्न नपाएको स्थानिय हरिलाल यादवले बताए । गाउँपालिकाका जनप्रतिनिधि पनि तिनै उद्योगपतिकै पक्षमा छन् । किसानको कुरो कस्ले सुनिदिइने हो ? उनले दुःखेसो पोखे, किसानले जसोतसो स्थानीय स्तरबाट बाँध बाँधेर कुलोको पानी तोरी गहँु सिचाईका प्रयोग गर्थे अहिले सबै पानी उद्योगले थुनेर उद्योग परिसरबाट बाहिर पानी बग्नै दिएको छैन् ।
खेतीयोग्य जग्गाको भूमिकरसँगै सम्पतीमा गणना गरेर एकिकृत सम्पती कर लगाई तिनै किसानको करले कर्मचारीको तलब भत्ता खाने र जनप्रतिनिधिले पारिश्रमिक सेवा सुबिधा खाने गरेका छन् । तर किसानलाई के पिर मर्का परेको छ ? कसैले हेरेका छैनन् । किसानले सिंचाई गर्ने कुलोको मर्मत सम्भार त परै जओस, उद्योगले पानी थुनेर उद्योगमा लगाएपछि किसानको खेतीपाती सुक्दै जाँदा गाउँपालिका र सरकार कसैले हेरेको छैन् । किसानबाट कर असुल्ने बाहेक अरू केही नगरेको आरोप उनको थियो ।
उद्योगले सबै पानी थुनेर राखेको देखाउँदै भने, किसानले के गर्न सक्छ ? उद्योगको विरुद्धमा कसैले बोल्ने आट गर्दैनन् । सरकार सुन्दैन,गाउँपालिकाका जनप्रतिनिधि सबै विकुवा छन् । उनीहरूले किसान भन्दा उद्योगकै वकालत गर्छन् । उद्योगले गर्ने प्रदुषण नियन्त्रण त कहाँ हो कहाँ ? कुलोको जग्गा अतिक्रमण गरि उद्योग खोल्ने, कुलोको पानी थुनेर पैसो कमाउने, कमाईको केही अंश नेता सरकारी कर्मचारीलाई सुँघाईदिए पछि किन किसानको पक्षमा बोल्छन ? उनले नैराश्यता प्रकट गरे । पेटबनिया कुलोले साविक मनरी र सरावल गाविसका करिब ५ सय कृषकले सिंचाई गर्दै आएको सिंचाई आयोजना हो । तर भत्किएको दशक बित्न लाग्यो लगानी भएन् । अहिले कुलोमा बग्ने पानी सबै इँटा उद्योगले कब्जा गरि राखेको छ । सधै चिल्लो गाडीमा कुलो भएकै बाटो ओहोरदोहोर गर्ने गाउँपालिका अध्यक्ष र कर्मचारीले कुनै मतलब राखेका छैनन् ।
यता कुलोको पानी उद्योगले प्रयोग गरेको बारे सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले अनभिज्ञता प्रकट गरे । सो कुलो सिंचाई आयोजनाका मर्मत सम्भारका लागि माग पनि नआएको हुँदा बजेट विनियोजन नभएको जिकिर गरे । किसानले पानी खोल्नका लागि माग लिएर आएपछि मात्र त्यसबारे केही भन्न मिल्ने अध्यक्ष चौधरीले जवाफ दिएका थिए । गाउपालिकाको मुख्य नारा किसान र कृषि विकासको भए पनि ब्यवहारमा बजेट कार्यक्रम सडकमा ग्राभेल छर्ने,अन्य पूर्वाधारमा खर्चिने देखिएको किसानलाई नाराले मात्रै सन्तुष्ट गर्न खोज्ने गाउँपालिका कृषि र किसान प्रति गम्भिर नभएका आरोप लगाउँदै आएका छन् । à