ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

को बन्ला व्यवसायीको नेता ?

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

प्यूठानका उद्योगी, व्यवसायीहरू आफ्नो नेता छान्ने दौडधुपमा व्यस्त छन् । यसै साता हुने प्यूठान उद्योग वाणिज्य संघको दशौँ जिल्ला अधिवेशनले तीनवर्र्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । व्यवसायीहरूको घरदैलोमा पुगेर उम्मेदवारहरूले आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । जिल्लामा नौ वटै स्थानीय तहमा बजार क्षेत्र गठन भएका छन् । बजारक्षेत्रको अधिवेशन भर्खरै सकिएको छ ।
व्यवसायीहरू दुई धारमा विभाजन भएर चुनावी मैदानमा होमिएका छन् ।

व्यवसायीहरू बीचनै चुनावी प्रतिस्पर्धा भएपनि विगतको दलिय भागभण्डालाई कायमै राखेर उम्मेदवार खडा भएको देखिन्छ । साविकको एमाले, माओवादी र राष्ट्रिय जनमोर्चामा आस्था राख्ने व्यवसायीहरूले संयूक्त व्यवसायीक प्यानल र नेपाली कांग्रेसमा आस्था राख्ने उद्योगी व्यवसायीहरूले आधिकारीक व्यवसायीक प्यानल बनाएका छन् । दुवै प्यानलका उम्मेदवारहरूले व्यवसायीक हकहितलाई नै जोड दिएर प्रचारप्रसार गरिरहेको पाइएको छ । यद्यपी, गाउँका अधिकांश उद्योगी, व्यवसायीहरूले नेताहरूबाट आफूहरूको दुःखमा साथ नपाएको गुनासो गरिरहन्छन् ।
बामठवन्धनको तर्फबाट उम्मेदवार बनेका प्यूठान नगरपालिका–८ बाग्दुला निवासी केदारमान कक्षपती अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनी हाल संघको बरिष्ठ उपाध्यक्ष पदमा छन् । यसअघि संघको सचिव, उपसचिव, मानार्थ सदस्यको समेत उनले जिम्मेवारी सम्हाले । ‘लंकसाँहु’ को पसलले प्यूठानभर परिचित कक्षपतीले बुवा, बाजेले नै थालेको पुख्र्यौली व्यवसाय संचालन गरिरहेका छन् । आठ कक्षामा पढ्दादेखि नै बुवा लंकप्रसाद कक्षपतीलाई व्यवसायमा सघाउने गरेको उनले विगत सुनाए । २८ वर्षको हुँदा उनको बुवाको निधन भयो । ५५ वर्षिय कक्षपतीले बुवाको निधनपछि पूर्णरूपमा व्यापार, व्यवसायलाई आफैँले सम्हाल्दै आएका छन् । कार्य व्यवस्तताले यसअघि संघको नेतृत्व गर्न समय नमिलेको प्रतिक्रिया दिँदै उनले अवको समय संघलाई दिने योजनामा छन् । कक्षपतीले बजार विशिष्टीकरण आफ्नै व्यवसायबाट थालनी गरेको दावी गर्छन् । तर, उनीमाथी जिल्लाका अन्य व्यवसायीहरूले ‘नुनदेखि, सुनसम्म’ व्यवसाय थालेकाले विशिष्टीकरण हुन नसकेको आरोप लगाउँदै आएका छन् । ‘सवै भाइहरूले फरक फरक व्यवसाय संचालन गरेका छौँ’,उनले भने,‘सवै एकैठाउँबाट बेच्छन्, भन्ने आरोप मात्रै हो ।’
आफू नेतृत्वमा चुनिएमा जिल्लाको बजार विशिष्टीकरणलाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने उनले योजना सुनाए । गाउँतहका व्यवसायीहरूलाई कर शिक्षाको बारेमा अझै राम्रोसँग जानकारी नभएको बताउँदै उनले सवै तहमा कर शिक्षा पु¥याउने प्रतिवद्धता जनाए । ‘पिपिसी मोडलमा नीजिक्षेत्रको लगानी अघि बढाउने छौँ’,उनले भने,‘जिल्लामा लगानीको वातावरण बनाएरै छाड्छौँ ।’ राज्यले जिल्लामा औद्योगिक क्षेत्र निर्धारण गरेमा रोजगारमुलक उद्योग, व्यवसायमा लगानीकर्तालाई आकर्षण गराउन सकिने उनी बताउँछन् । कक्षपतीले स्वर्गद्धारी आउने पर्यटकहरूलाई जिल्लाका अन्य धार्मिक पर्यटकीय क्षेत्रमा पु¥याउनेगरी नीजिक्षेत्रले हातेमालो गर्ने योजना सुनाए । जिल्लाको गौरबको योजनामा रहेका स्वर्गद्वारी विमानस्थल, नौमुरे जलविद्युत्त योजना, स्वर्गद्वारीमा केवलकार निर्माण लगायतमा नीजि क्षेत्रको तर्फबाट पहल र पैरवी गर्ने समेत उनले प्रतिवद्धता सुनाए ।

यूवास्थादेखि नै व्यवसायिक क्षेत्रमा लागेका झिमरुक गाउँपालिका–३ आहालखोला प्यूठानका प्रमोद पोख्रेल आधिकारीक व्यावसायीक प्यानलबाट अध्यक्षमा उम्मेदवार बनेका छन् । ०५९ सालमा ओखरकोट मच्छिमा पुस्तक पसलको थालनी गरेका पोख्रेलले सदरमुकाम खलंगा हुँदै हाल जिल्लाको प्रमुख बजारकेन्द्र बाग्दुलामा हार्डवयर व्यवसाय संचालन गरेका छन् । उनले साविकको मल्लरानी बजार इलाका खलंगाको अध्यक्ष र संघको जिल्ला सचिवालय सदस्यको जिम्मेवारी पुरा गरे । सानै उमेरदेखि नै व्यवसायीक क्षेत्रमा क्रियाशिल रहेकाले उद्योगी, व्यवसायीहरूको समस्या नजिकबाट बुझेको उनी दावी गर्छन् । ‘गाउँदेखि शहरसम्मका व्यवसायीको समस्यालाई बुझ्ने अवसर पाएको छुँ’,उनी भन्छन्,‘तर, नेतृत्वमा पुगेर काम गर्ने अवसर पाएको छैन् ।’ पोख्रेलले व्यापार, व्यावसाय विशिष्टीकरणको मुद्दालाई पहिलो बनाएर व्यवसायीसँग मत मागिरहेका छन् । ‘एउटा ढोकाबाट एउटै मात्र सामान बेच्नुपर्छ’,उनले भने,‘तर, जिल्लामा नुनदेखि सुनसम्म एकै ठाउँमा विक्री गर्ने चलन छ । यसले व्यवसायीहरू माथी उठ्न सक्दैनन् ।’
‘ठूला घरानाका व्यवसायी सधै ठूला र साना व्यवसायी जहिलै सानै’ हुने अवस्था रहीरहेको उनको ठम्याई छ । बजार क्षेत्रबाटै व्यवसाय दर्ता, नविकरण र कर शिक्षाको बारेमा सेवादिने गरी कार्ययोजना बनाएको उनले सुनाए । संघको जिल्ला सचिवालयमा दुईजना कर्मचारीलाई बजार क्षेत्रमा सेवा दिनेगरी कर्मचारी राख्ने समेत उनको योजना छ । जिल्लाको समृद्धिका लागि नीजि क्षेत्रको तर्फबाट सरकारसँग हातेमालो गरेर लगानीका क्षेत्रलाई बढाउँदै लैजाने उनले जानकारी गराए । आयातित उत्पादनमा निर्भर प्यूठानलाई निर्यात गर्ने खालको अभ्यास गराउनतर्फ आफ्नो विशेष जोड हुने उनले बताए । समग्र व्यवसायीक हितका लागि उनले १५ बुँद्धे प्रतिवद्धता सार्वजनिक गरेका छन् । स्नातकतह उत्र्तिण गरेका पोख्रेललाई जिल्लामा धेरैजसोले संचारकर्मीको रूपमा समेत चिन्ने गर्दछन् । पोख्रेलले संचार उद्यमीको क्षेत्रमा समेत लगानीलाई विस्तार गरेका छन् ।
नौवटा बजार क्षेत्रमध्ये आधिकारीक व्यवसायीक प्यानलबाट माण्डवीबाट जिल्ला प्रतिनिधी र केहीमा बजार क्षेत्रमा सदस्य विजयी भएका छन् । ऐरावती बजार क्षेत्रमा दुवै प्यानलका अध्यक्ष उम्मेदवारद्वय बसन्त बहादुर केसी र प्रेमप्रसाद आचार्यको बरावरी मत खसेको छ । दुवै उम्मेदवारको ७६÷७६ मत परेपछि विधान अनुसार विहिवार गोलापर्थाबाट विजयी उम्मेदवार घोषणा हुनेछन् । जिल्लाभर दुइ हजार ४३ जना व्यवसायी मतदाता रहेको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी गराए । उनका अनुसार संघको उद्योग उपाध्यक्षमा दाखाक्वाडीका उद्यमी मुक्तीप्रसाद पोख्रेल र उपमहासचिवमा ओखरकोट ढाँडका व्यवसायी पदम बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।
दुवै पदमा प्रतिस्पर्धीबाट उम्मेदवारी परेन् । बामगठवन्धनको तर्फबाट बरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर केसी.(प्रभात), बाणिज्य उपाध्यक्ष (प्रमथ) मा दुर्गाप्रसाद भुषाल, महासचिवमा कृष्णभक्त गिरी र कोषाध्यक्षमा सुरेन्द्र बहादुर जिसी चुनावी मैदानमा छन् । कांग्रेससँग निकट व्यवसायीहरूको तर्फबाट बरिष्ठ उपाध्यक्षमा रामचन्द्र पौडेल, प्रथम उपाध्यक्षमा केशवराज पण्डित, महासचिवमा दधिराम भण्डारी र कोषाध्यक्षमा सनत श्रेष्ठले उम्मेदवारी दिएका छन् । बस्तुगत, एशोसियट, मानार्थ र मानोनित गरी संघमा ३० जनाको जिल्ला कार्यसमिति बन्नेछ । संघको अधिवेशन मंसीर २९ गते सदरमुकाम खलंगामा हुँदैछ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?