ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

भेरी अस्पतालमा पाँच सय शैया

२२ मंसिर २०७५, शनिबार
२२ मंसिर २०७५, शनिबार

सरकारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई ५ सय शैय्यामा बिस्तार गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसैगरी पाँचवटा प्रदेश तहका ठूला अस्पताललाई ट्रसरी अस्पताल बनाउन प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रस्ताव पेस गर्न सैद्धान्तिक सहमति दिएको हो । बहुविशेषज्ञ ६ वटै ट्रसरी अस्पताल केन्द्रीय अस्पतालका रूपमा केन्द्र सरकारमातहतमा सञ्चालन हुनेछन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोसी अञ्चल अस्पताल विराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगन्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई विशिष्ट सेवासहितको अस्पतालमा रूपान्तरण गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । ती अस्पतालहरू ३ सय शैयाभन्दा माथिका हुनेछन् । प्रदेश तहमा ठूला अस्पताल र पर्याप्त विशेषज्ञ जनशक्ति अभावमा सामान्य रोगको उपचारका लागि पनि अहिले सीमित ठूला सहर र केन्द्रमै धाउनुपर्ने अवस्था हटाउन अस्पतालको स्तर बढाउन खोजिएको हो । मन्त्रिपरिषद्को निर्णयमा सामाजिक समितिमा छलफल गरी पेस गर्ने उल्लेख छ । भेरी अञ्चल अस्पताललाई ५ सय बेडको बनाउने प्रस्ताव २५ कार्तिकमा स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट भएको थियो । उल्लेखित पाँच अस्पताललाई प्रदेशस्तरीय ट्रसरी अस्पताल बनाउने प्रस्ताव ३ मंसिरमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो । हाल भेरी अञ्चल अस्पताल नेपाल सरकारबाट १ सय शैया स्वीकृत भई विकास समितिबाट ५० शैया गरी जम्मा १ सय ५० सञ्चालनरत छ । मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्तावअनुसार यो अस्पताल प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको समेत ट्रसरी अस्पतालका रूपमा छ । विपन्न नागरिकका लागि सहुलियत प्रदान गरिएका सेवाहरू डायलाइसिस, मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरीलगायत रोगमा बिरामीको चापअनुरूपको सेवा प्रदेश तहमै पु¥याउन अस्पतालको स्तरोन्नतिको प्रस्ताव गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?