© २०२३
बुटवल, चैत – गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ का सुभाष भण्डारीले आफ्नै बारीमा तरकारी खेती गरेर राम्रो आर्यआर्जन गर्न सकिन्छ भन्ने विश्वास बोकेका युवा हुन् । उनी भ्रमाचौर प्रगतिशील कृषक समूह मार्फत तरकारी खेती गरिरहेका छन् । तर उत्पादन भएको तरकारीले बजार नपाउँदा सोचे जस्तो तरकारी उत्पादन हुन नसकेको बेलामा नगरपालिकाले तरकारी खरिद र बिक्री गर्न थालेपछि खुशी छन् ।
उनी भन्छन्, जहिले पनि किसानका समस्या समाधान गर्छाैं भने पनि काम शुरु भएको थिएन । यसपाली हाम्रै गाउँमा आएर तरकारी किन्ने काम शुरु हुँदा आशा पलाएको छ । यसरी नगरले उत्पादन भएको तरकारीलाई बजार दिने हो भने यहाँ धेरै तरकारी खेतीको संभावना छ । संभावना भएपनि बजार अभावका कारणले सबै तरकारी खेती नगरेको उनको भनाइ छ । तरकारी उत्पादन ग¥यो विचौलियालाई मात्रै फाईदा बजारसम्म पुग्दा उपभोक्ताले पनि धेरै पैसामा खरिद गर्नु पर्ने किसानले कम मूल्य पाउने अवस्था थियो । अब यसको अन्त्य हुन्छ भन्ने आशा पलाएको छ ।
यो पाली मात्रै हामीले करिब एक टन आलु बिक्री ग¥यौं नगरपालिकाले स्थानीय जातको आलुको मूल्य ४० रुपिँया प्रति केजी र अरू जातको आलुलाई ३५ रुपिँया केजीका दरले खरिद गरेको छ । यो मूल्य किसानका लागि अति राम्रो हो । त्यसै गरी यहाँ फलेका बन्दा गोभीहरू खरिद बिक्री हँुदै आएको छ । नगरले गरेको यो कार्यले किसानलाई हौसला थपेको छ भण्डारी बताउँछन् ।
कृषकहरूले उत्पादन गरेका कृषिजन्य सामाग्रीहरूको बजार ग्यारेण्टी गर्ने गरी कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रमको मुसिकोट नगरपालिकले सुरुवात गरेको छ ।नगरपालिकाले पहिलो चरणमा तरकारीजन्य सामाग्रीहरू खरिद गर्ने भन्दै खरिद सामग्रीहरूको मूल्य सुचि समेत सार्वजनिक गरेर अहिले वडा नं १ देखि ६ वडा सम्मका तरकारीहरू संकलन गरेको नगरका कृषिशखा प्रमुख जनक पौडेलले जानकारी दिए ।
उनले अहिले किसानले उत्पादन गरेका आलु, बन्दा गोपी, सिपचना, बेसार, अदुवा लगायतका सामानहरू खरिद र बिक्रि कार्य भएको बताए । यसरी घरैमै संकलन गर्न जादा किसानमा तरकारी खेति गर्न प्रोत्साहन मिलेको पौडेलले बताए । उनले प्रत्येक हप्ताको मगंलबार र शुक्रवार वडास्तरमा पुगरे कृषि उपजहरू संकलन गरिने बताए । कृषकहरूसँग खरिद गरिएका सामग्रीहरूलाई नगरपालिकाले आफै बिक्री गर्ने गरी सकंलन तथा बिक्री केन्द्र निर्माण गरिएको हो ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेलले यो कार्यक्रमले आफनो नगर भित्रका किसानलाई हौसला मिल्ने र आगामी दिनमा तरकारी खेतीबाट नगरलाई आर्थिक रूपमा सबल बनाउन कार्यक्रम सहयोगी बन्नु बताए ।
उनले नगरका किसानको ठुलो समस्याको रूपमा रहेको बजारलाई व्यवस्थापन गर्दा धेरैको आर्थिक सुधार हुने भएकोले पनि यो कार्यक्रम नगरको प्राथमिकतामा परेको जानकारी दिए । कृषकहरूलाई कृषि पेशामा प्रोत्साहित गर्ने र उत्पादित सामाग्रीको बजार ग्यारेण्टी गर्ने गरी यो कार्यक्रम शुरु भएकाले सबै किसानलाई मौसम अनुसारका तरकारीहरू लगाउन अनुरोध गरे ।
नगरपालिकाले कृषकहरूका उत्पादनहरूको मूल्य निर्धारण गरी सोझै कृषकहरूको टोल टोलमै गई उत्पादित सामाग्री खरिद गरिरहेको छ । कृषकसँग रहेका विभिन्न कृषि सामाग्रीहरूको चलनचल्ती बजार भाउ र विभिन्न मापदण्डलाई आधार मानेर विभिन्न समयमा मूल्य निर्धारण तथा परिवर्तन गरिने छ ।