© २०२३
नुनबहादुर थापा २०२६ सालमा साविकको विरकोट गाउँविकास समितिमा जन्मिएर बाल्यकाल विरकोटमा शिक्षा रिङ्गनेरहबाट लिएर उच्च शिक्षा एम एड तह सम्म पुरा गरे । शिक्षण पेशामा संलग्न रहेका थापा शिक्षण पेशा छाडि साविकको गाविस अध्यक्ष बने । अध्यक्षको कार्यकाल सकिएपनि पुन शिक्षण पेशामा फर्किए । उनी गत वर्ष सम्पन्न नयाँ संरचना अनुसारको स्थानीय तह पूर्वखोला गाउँपालिकाका अध्यक्षमा निर्वाचित भए । प्रस्तुत छ, उनै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापासँग बुटवल टुडेले
गरेको कुराकानीको सम्पादित अंश ।
आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
हामीले अघिल्लो वर्ष गरेका कार्यको समिक्षा गर्दै नयाँ योजनाहरू कसरी सहज रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा र गत वर्ष हाम्रा कमी कमजोरी कहाँ कहाँ भए पत्ता लगाई सच्चाउने कार्यको पनि समिक्षा गरेका छौ ।
पहिलो वर्षलाई कसरी समिक्षा गर्नु भएको छ ?
सर्वप्रथम पहिलो वर्ष सिकाइको वर्ष थियो । स्थानीय तह सञ्चालनका लागि कानुन एैन नियम आफै बनाउनु पर्ने विभिन्न विषयगत समिति बनाएर काम गर्नुपर्ने थियो । विभिन्न कानुन एैन नियम बनायौ त्यो पनि गृहकार्य गरेर बनाउनु पर्ने थियो लामो छलफल पछि बल्ल बनायौं । त्यो नै हाम्रो लागि सिकाइ थियो । हिजोको जस्तै संरचना होइन त्यो तर जन प्रतिनिधि कर्मचारीको मानसिकता पुरानै छ । त्यो बदल्न सकिएन । मानसिकता बदल्न सकिए धेरै काम गर्न सकिँदो रहेछ ।
यो वर्ष कस्ता कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ?
जनताको आवश्यकता असिमित छ । हामीसँग श्रोत साधन सिमित छन् त्यसै विचबाट हामीले योजना बनाउने हो । हामीले मूख्य प्राथमिकता कृषि, पशुपालनलाई दिएका छौं, त्यसैगरि स्वास्थ्य शिक्षा, अकालमा आमा र बच्चाको ज्यान नजाओस भन्नलाई संवेदनशील भएर लागेका छौ ।अब सडकको काम धेरै गर्नु पर्देन । सबै टोल बस्तीमा सडक पुगिसकेका छन् । तिनको स्तरोन्नती मात्रै हो । विद्युतिकरणलाई पनि धेरै लगानी गर्नु पर्देन । हामी टुकी रहित गाउँपालिका घोषणा गर्ने तयारीमा छौं ।
के के काम गर्ने योजना बनाउनु भएको छ ?
कृषि अन्तर्गत पूर्वखोला गाउँपालिकालाई तरकारी तेलको आत्मनिर्भर बनाउने गरि लागेका छौं । पशुपालन अन्तर्गत बाख्रापालन उत्तर फर्किएको माथिल्लो क्षेत्रमा सुन्तलाको पकेट क्षेत्र बनाउने, स्वास्थ्य क्षेत्रमा २ ÷२ वटा वर्थीङ्ग सेन्टर, एक वटा ल्याप सहितको सुबिधा उपलब्ध गराएका छौं । हरेक विद्यालयहरूमा स्वास्थ्य शिक्षाका विषयमा स्वस्थ्य प्रविधिकले तालिम दिनेछन् । बाल मातृ मृत्युदर कम गर्न र किशोरी आमाको संख्या कम गर्न लागि विशेष अभियान नै सञ्चालन गरेका छांै । मुख्यतया हाम्रा योजनाहरू आर्थिक उन्नती र प्रगतीको हुने छ । त्यससँगै सागै स्वास्थ्थ र शिक्षालाई पनि जोडेका छौं ।
नयाँ संरचना अनुसार कर्मचारीको मानसिकता कस्तो रहेछ ?
कर्मचारीको मानसिकता पुरानै छ । लामो समय सम्म जन प्रतिनिधी विहिन भयो स्थानीय तह । उनीहरू नै सर्वेसर्वा नै भए आज उनीहरू माथि जनप्रतिनिधि छन् । मानसिकता र सोच पुरानै छ । त्यसैले पनि उनीहरूले हिजो जस्तो ठान्छन् । जनप्रतिनिधिसँग समन्वय गर्न खोज्दैनन । समन्वय विना काम गर्दा कसैको पनि हित हुदैन् भन्ने बुझेकै छैनन ।
कर्मचारीले समन्वय गर्दैनन् ?
गर्नु पर्दछ भन्दछन् । तर गर्दैनन् । कारण पुरानो मानसिकता हो । कर्मचारीतन्त्रमा अहिले सम्म पुरानो मानसिकता हट्नै सकेको छैन ।
गाउँपालिकामा कर्मचारीको व्यवस्थापन भएको छ ?
कहाँ हुनु ! दरबन्दी अनुसार कर्मचारी छैनन् । शिक्षामा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सम्स्या परेरको छ । त्यसै गरी अन्य फाँटमा पनि समस्या त्यहिँ छ । न भर्ना गर्न पाईन्छ नत सरकारले पठाउँछ । कर्मचारीको समस्याको कारण विकास निर्माणको काममा ढिलाई हुने लक्षण देखिएको छ ।
जनप्रतिनिधि भएर आएपछि जनताले के के काममा जनप्रतिनिधि भएको महसुस गरे ?
विकास र निर्माणमा हो । सडक भत्कीए हिजो मतलवै हँुदैन थियो वर्षाद मा भत्कीएको सडक मर्मत हुनलाई ६ महिना पर्खनु पर्दथियो तर आज त्यस्तो हँुदैन । आज त जति सक्यो छिटो हुन्छ । स्वास्थ्यमा सबैको सहज पहुँच थिएन आज सबैको पहुँच पुगेको छ । समग्रमा धेरै कुरामा जनताले स्थानीय सरकारको महसुस गरेका छन् ।
तपाईको गाउँपालिकामा बालविवाहको अवस्था कस्तो छ ?
सानो उमेरमा विवाह गर्ने, आमा बन्ने किशोरीहरूको संख्या त छ । जनजातिको वाहुल्यता रहेको छ यो गाउँपालिकामा उनीहरूमा चेतनाको स्तर कमै छ त्यसले गर्दा हो । अव बालविवाहलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याएका छौ अबश्य त्यसले बालविवाह रोक्न मद्दत पु¥याउँछ ।
अबको योजना के बनाउनु भएको छ ?
सबै वस्तीमा मोटरबाटो, टुकी रहित गाउँपालिका, खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाइ, कृषि पशुपालन, फलफूलबाट जनतालाई सम्बृद्धि बनाउने योजना रहेको छ । त्यसैगरि वातावरणमा संरक्षण पनि हाम्रो मुख्य प्राथमिकतामा परेको छ । पानीमा श्रोत संरक्षण गर्नका लागि डाँडा डाँडामा पोखरी निर्माण गर्दै छौं ।
चाहेर पनि गर्न नसकेको के हो ?
सुशासन दिनका लागि ।
शिक्षण पेशाको अनुभव भएकोले सामुदायिक विद्यालय सुधारका लागि के गर्नु पर्ला ?
शिक्षक शैक्षिक सामग्री हाम्रो लिएर कक्षामा जानु पर्ने प्रअको भूमिमा राम्रो हुनु पर्ने, अभिभावकमा मेरो विद्यालय हो भन्ने अपनत्व हुनुपर्ने, सरकारले फेरी यसमा सबै भन्दा बढी शिक्षकको भूमिका महŒवपूर्ण हुनेछ ।
पूर्व जनप्रतिनिधि त्यसैमा फेरी शिक्षण पेशामा संलग्न भएको व्यक्ति तपाई यो ठाउँमा आउँदा तपाईलाई पश्चाताप त छैन ?
छैन पढेलेखेको शिक्षित व्यक्ति हुँ मैले किताबी ज्ञान मात्र नभई अन्त्य ज्ञान र सामाजिक सेवा अब प्रदान गर्ने हो । यसो गर्न पाउँदा त्यसैमा आनन्द आउँछ । समाज रूपान्तरणका कार्य हामीले नगरे कसले गर्ने, अर्को तर्फ धेरै पैसा कमाउने सपना वनेर विदेशिएका र र विदेशिन प्रयत्न गर्नेलाई हामीले नै हो विदेशमा होइन ? सम्मान र अवसर स्वदेशमै छ भनेर नीति कार्यक्रम बनाएर कार्यान्वयन गर्न पाउनु नै मेरा लागि यो अवसर हो ।
जनतालाई सम्बृद्धि बनाउने योजना के के बनाउनु भएको छ ?
हाम्रो गाउँपालिका संभावना युक्त गाउँपालिका हो । मुख्य आधार नै कृषि पशुपालन नै हो । यहाँ सुन्तला जातको फलफूल वितरण गरिसक्यौ, तरकारीको पकेट, प्याकेज बनाएर काम गरेका छौ । त्यसको नतिजा आउन लागेको छ । पूर्वखोला फाटलाई आलु, सूर्यमुखीको व्यवसायीक खेतीको थालनी गरेका छौ । माथील्लो भागमा व्यवसायीक वाख्रा भैसी पालनका योजना बनाएका छौ । अबको ५ वर्षमा कुनै पनि युवालाई वैदेशिक रोजगारीमा जान नपर्ने, यही नै अवसर सिर्जना गर्न वातावरण बनाउँदै छौ । हामीले कृषि पशुपालन फलफूल खेतीलाई मुख्य जोड दिएका छौं ।