© २०२३
प्रदेस नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले प्रहरीका आधारभूत कुरालाई थप बलियो बनाउने बताएका छन् । प्रदेश नम्बर ५ मा पहाडमा ६ जिल्ला र तराईका ६ जिल्ला रहेको भन्दै तराई र पहाडमा हुने अपराधमा समेत फरक फरक हुने हँुदा अपराधमा प्रबिधिको प्रयोग हुँदै आएको भन्दै प्रहरीलाई समेत प्रविधियुक्त बनाउनु जरुरी रहेको बताए । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अधिकारीले खुल्ला सिमानाका कारण हतियार तथा लागूऔषधको समस्या बढ्दै गएको बताए ।
बिभिन्न किसिमका हतियार सिमापारीबाट आउने गरेको भन्दै लागूऔषधले समेत नेपाली समाज समस्यामा रहेको बताए । कुनैपनि समाजमा हुने अपराध नियन्त्रण तथा रोकथाम गर्न प्रहरी बलियो र प्रबिधियुक्त हुनु आजको आवश्यकता भएको भन्दै समाजमा हुने सबै अपराधका लागि अनुसन्धान गर्न प्रदेश नम्बर ५ कै आधुनिक अपराध अनुसन्धान केन्द्र नेपालगञ्जमा निर्माण भैरहेको भन्दै केही समयमा नै सन्चालन गरिने अधिकारीले बताए ।
समाजमा हुने संगठीत अपराध गुन्डागर्दी, अबैध हातहतियारको प्रयोग, तस्करी, प्राकृतिक स्रोतको दोहन गर्नेहरुका लागी प्रहरी आक्रामक तरीकाले प्रस्तुत हुने, प्रहरीको आन्तरीक सुद्धिकरण प्रहरी सेवा प्रवाह के कस्तो भैरहेको छ छुट्टै टिम बनाएर गोप्य छानबिन तथा अनुगमन गर्ने गरी टिम बनाउन लागिएको बताए । प्रदेश नम्बर ५ मा गएको एक महीनामा १० वटा हत्या भएको घटनामा १० जनाको मृत्यु भएको छ भने हत्यामा संलग्न २३ जनालाई पक्राउ गरीएको छ । जबरजस्ती करणी कुल संख्या ३१ वटा घटना भएकोमा ३१ जना नै पक्राउ परेका छन् भने जबरजस्ती करणी उद्योगमा १४ वटा उजुरी परेकोमा १४ जनालाई पक्राउ गरेको प्रहरीको रेकर्डमा छ । बाल यौन दुरुपयोगमा ५ बटा उजुरी परेकोमा ५ जना नै पक्राउ परेका छन् ।
अबैध रुपमा रहेका ५७ वटा भरुवा बदुक, १ पेस्तोल, १ एयरगन, १ कटुवा पेस्तोल, ५ जना मानिसलाई पक्राउ गरेको छ । लागूऔषधको ओसारपसार तथा बेचबिखनमा संलग्न एक महिनामा एक सय जना पक्राउ परेका छन् । जसमा ९४ जना नेपाली र ६ जना भारतीय मानिसहरु पक्राउ परेका हुन् । जसमा करिब एक हजार लागूऔषध, औषधि, केही गाँजा चरेस तथा ब्राउन सुघर बरामद गरेको प्रहरीले जनाएको छ ।