© २०२३
नेपाल तरुण दल बुटवल उपमहानगरपालिकाको आयोजनामा सम्पन्न दोसो वडास्तरिय रनिङ्गसिल्ड फुटसल प्रतियोगिताको उपाधि वडानम्वर ३ ले चुमेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा वडा नम्वर १३ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नम्वर ३ उपाधि हात पारेको हो । उपाधिसँगै वडा नम्वर ३ ले नगद २० हजार कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्वर १३ कपसहित नगद १० हजार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
लुम्विनी फुटसल एरिनामा भएको खेलमावडा नं.३ को जितमा अनुज केसी र किरण थापाले गोल गरेका थिए । वडा नं. १३ कासागर पौडेलले सान्त्वना गोल गरेका थिए । प्रतियोगितामा वडा ३ का किरण थापा सर्वाधिक गोलकर्ता, वडा नं.३ कै प्रितम थापा उत्कृष्ट खेलाडी र वडा नं. १३ का मनोज विष्ट उत्कृष्ट गोलरक्षकबाट पुरस्कृत भएका थिए । यसैगरि अनुशासित टिमको पुरस्कारबाट वडानम्वर १२ पुरस्कृत भएको छ ।
एक समारोहका बीच नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँड, नगर सभापति खेलराज पाण्डे, क्षेत्रिय सभापति हसन्त लामा, नगर सभापति सुजन पुन, शिव रानाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।बिजेतार उपबिजेता दुबै टिमले मृगौला पीडित मिलन नेपालीलाई पुरस्कारको ३० प्रतिशत बराबर ९ हजार रकम हस्तान्तरण गरेका छन् । प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । यसैगरि आयोजक नेपाल तरुण दल र पत्रकारहरू बिचमा भएको मैत्रीपुर्ण फुटसल बराबरीमा टुङ्गिएको छ ।