ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

यातायात व्यवस्था कार्यालय तिलोत्तमा

१२ मंसिर २०७५, बुधबार
१२ मंसिर २०७५, बुधबार

बुटवल वडा नम्बर १३ को असहमति
बुटवलमा रहेका यातायात भौतिक पूर्वाधार निर्देशनलाय, यातायात व्यवस्था कार्यालय सवारी र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र प्रदेश सरकारले तिलोत्तमाको मणिग्राममा सारेको छ ।
प्रदेश नम्बर पाँचको मन्त्रिस्तरीय बैठकले बुटवलमा रहेका तिनवटै कार्यालय तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित राममणि क्याम्पसको बिज्ञान संकायको भवनमा सार्ने निणर्य गरेसँगै सामान्य फर्निचर गरी निर्देशनालय सारिसकिएको छ । अन्य २ वटा कार्यालयले बोर्ड राखेर कोठामा पार्टेशन र फर्निचर व्यवस्थापन सुरु गर्दै छन् । आइतवार निर्देशनायको बोर्ड राखिएकोमा मंगलबार सवारी तथा सवारी चालक दुबै कार्यालयका बोर्ड राखिएको छ ।
सहसचिवको नेतृत्वमा २३ जना कर्मचारी दरबन्दी रहेको निर्देशनालयमा अहिले निमित्त निर्देशक श्याम सुन्दर मिश्र र नायव सुब्बा हुमनाथ भुसाल मात्रै हाजिर भएका छन् । एक जना कार्यालय सहयोगि करारमा नियुक्त गरी काम चलाइएको छ । मंंगलबार कार्यालयमा रहेका नायव सुब्बा भुसालले नयाँ कार्यालय भएकाले सबै कर्मचारी नआईसकेको र कार्यालय व्यवस्थापनमा नै लागेको बताए ।
राममणि क्याम्पसको बिज्ञान संकायको उक्त भवनको पहिलो र दोश्रो तल्लामा सवारी र सवारी चालक अनुमति कार्यालय र तेश्रो तल्लामा निर्देशनालय स्थापना गरिएको छ ।
कार्यालयको पार्टेशन कसरी गर्ने, कोठाको व्यवस्थापन र फर्निचर कसरी मिलाउने भन्ने सम्बन्धमा दुबै कार्यालयका अधिकृत तथा नायव सुब्बास्तरका कर्मचारीहरूले मंगलबार भवन तथा कोठाहरूको अवलोकन गरी सामान्य खाका तयार गरेका छन । यातायात व्यवस्था कार्यालय सवारीका निमित्त कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले प्रदेश सरकारको निणर्य अनुसार कार्यालय स्थानान्तरण गर्न लागेको र पार्टेशन फर्निचर लगायतका काम सकेर सकेसम्म छिटो मणिग्राम कार्यालयबाट सबै काम सुरु गर्ने जानकारी दिए । उनले भने–‘मन्त्री ज्युबाट छिटो काम गर्नुस भन्नु भएको छ ।’
पार्टेशन फर्निचर व्यवस्थापन र कागजात स्थानान्तरण गर्न केही समय लाग्ने भएकाले मंसिर अन्तिम साता वा पुसको पहिलो साता कार्यालय पुर्ण रूपमा सर्ने छ । यातायात व्यवस्था कार्यालय सवारी कार्यालयमा २८ कर्मचारीको दरवन्दी रहेकोमा २५ जना कार्यरत रहेका छन ।
सवारी चालक अनुमति कार्यालयका प्रमुख बिपीन क्षेत्रीले अन्य कार्यालयलाई स्थानान्तरणमा सहज नभएको बताए । उनले बोर्ड राखिसकेको र अव पार्टेशन तथा अन्य तयारीका काम गर्ने तर प्रबिधि स्थानान्तरण गर्न गाह्रो हुने भएकाले संघिय मन्त्रालयसंग पनि समन्वय गर्नु पर्ने बताए । जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालय मणिग्राममा आएपछी स्थानीय उत्साहि भएका छन् ।
मणिग्रामका कृष्ण पाण्डेले प्रदेश मन्त्रालय आउने चर्चा भएर नआएपनि यातायात सम्वन्धि कार्यालयहरू आउदा मणिग्रामको चहल पहल बढने बताए । उनले तिलोत्तमा नगरपालिकामा प्रदेशका अन्य कार्यालयहरू पनि ल्याउन पहल गर्नुपर्ने बताए ।
यसैबिच बुटवल उप–महानगरपालिका वडा नम्वर १३ का जनप्रतिनिधिहरूले यातायात व्यवस्थासंग सम्वन्धित कार्यालय राख्न आफनो वडामा ३ बिगाहा १५ कठ्ठा जग्गा हस्तान्तरण भइसकेपछि अन्यत्र लैजानु आपत्तिजनक भएको बताएका छन । वडाअध्यक्ष नारायण प्रसाद पुन, कार्यपालिका सदस्य बिष्णुदेबि शर्मा पौडेल, वडा सदस्यहरू बेद प्रसाद गैरे, खुमानन्द पौडेल र सरस्वति परियारले मंगलवार एक बिज्ञप्ति प्रकाशित गरी एक ठाउमा जग्गा हस्तान्तरण गर्न लगाएर अन्यत्र लैजानु जनताप्रति अपमान भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission