ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?
किसानका कुरा

मल–मल भन्दै किसान महासंघ प्रधामन्त्रीको दैलोमा

३ चैत्र २०७९, शुक्रबार
३ चैत्र २०७९, शुक्रबार

बुटवल,चैत ।
अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश, बाँके, बर्दियाले सरकारले मलमा दिदै आएको अनुदान कटौति गरेकोमा विरोध स्वरुप प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।महासंघ बर्दियाका अध्यक्ष राम सोहन थारुका अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाइएको छ ।
अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा पुर्व कृषि मन्त्री आरती पौडेलले मिति २०७९ साल फागुन २६ गते बसेको मन्त्री परिषद बैठकले किसानहरुलाई दिदै आएको अनुदान घटाएको प्रति महासंघले विरोध कार्यक्रम सुरुवात गरेको जानकारी दिईन ।
किसानले रासायनिक मल खरिद गर्दा पहिलेको भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यात्मक अबस्था आएको भन्दै उनले सरकारको यस्तो निर्णय प्रति अखिल नेपाल किसान महासंघ सिंगो प्रदेश समितिको समेत ध्यानाकर्षण भएको जनाएकी हुन ।
‘किसानहरुले समयमा रासायनिक मल नपाएर समस्या भोगी राखेको बेला रासायनिक मलमा भएको मूल्य बृद्धिले झन ठुलो संकट व्यहोर्नु पर्ने देखिन्छ । त्यसैले यो मूल्य बृद्धिको अखिल नेपाल किसान महासंघ बर्दियाले घोर भत्र्सना गर्दछ’–ज्ञानपत्रमा उल्लेख छ ।
किसानहरु माथि सरकारले यसरी समस्या थोपर्दै जाने हो भने कृषि क्षेत्रको विकास हुनै सक्दैन अनि कृषि क्षेत्रको बिकास नभई देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै विज्ञप्तीमा सरकारले रासायनीक मलमा दिँदै आएको अनुदान घटाउनु भन्दा अझ बढाउनुपर्ने माग गरेको हो । कृषिको विकासका लागि मूल्य बृद्धि घटाई थप सेवा सुविधाको सरकार लाग्नुपर्ने अखिल नेपाल किसान महासंघको भनाई रहेको छ ।
बाँके अध्यक्ष कृष्ण विक्रम केसीको समुहले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
मलमा अनुदान कटौती अव्यवहारिक’
यस्तै राष्ट्रिय कृषक समुह महासंघ नेपाल लुम्बिनी प्रदेशले सरकारले मलमा अनुदान कटौति गर्ने निर्णयको विरोध गरेको छ । किसानलाई राहत दिनुको सट्टा अझ अनुदान कटौति गरी मुल्य बृद्धि गराउनु अव्यवहारिक भएको जनाएको हो ।
राष्ट्रिय कृषक समुह महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सर्वजित विष्टले विज्ञप्ती जारी गर्दै देशका करिव ६६ प्रतिशत भन्दा बढि जनसंख्या कृषि पेशामा संलग्न भएको व्यहोरा विदितै रहेको अवस्थामा पेशागत सुरक्षासंग गाँसिएका कृषिका लागि आवश्यक आधारभूत विषयहरु मल, विउ– विजन, औजार, सिंचाई, विमा, उत्पादनको मूल्य र बजारका उचित व्यवस्थापन हुन सकेको छैन । यिनै आधारभूत तत्वका सहज आपूर्तिले उत्पादनको मात्रा एवं खाद्य सुरक्षाको अवस्था निर्धारण गर्ने कुरा उल्लेख गरेका छन् ।

जारी विज्ञप्तीमा उत्पादनको सामाग्रीमा साना किसानहरुको सरल र सहज पहुँचको लागि २०७९ पौष १७ गते महासंघ लगायतका संघसंस्थाले अनुदानको कटौती गर्नको लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा ध्यानाकर्षण गराएको समेत उल्लेख छ ।
नेपाली बजारमा भारतबाट अनौपचारीक रुपमा आयात भएको मलको विक्री मूल्य, अनुगमनको क्रममा कृषककाहरुले दिएको सुझाव, चालु आ.व.मा विनियोजीत बजेट लगाएतका अव्यवहारीक र गैरजिम्मेवार आधार पेश गर्दै रसायनिक मलमा किसानलाई सरकारले दिदै आएको अनुदान रकम कटौती गरी प्रतिकिलो यूरियामा ११ रुपैयाँ, डिएपीमा ७ रुपैया र पोटासमा ९ रुपैया वृद्धि गर्ने निर्णय गरेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको हो ।
अध्यक्ष विष्टद्धारा जारी विज्ञप्तमिा राज्यको ठूला धनराशी खर्च गरेर पनि किसानलाई समयमा रसायनिक मल उपलब्ध गराउन नसक्ने सरकारले किसानहरुलाई खरिद लागतमा बोझ थपी उत्पादन सामाग्रीको पहुँचबाट बन्चित गराउन खोज्नु कृषि प्रधान देश नेपालको लागि विडम्बनाको विषय भएको उल्लेख गरेका छन् ।
उत्पादनको समर्थन मुल्य प्राप्तिमा बंचितीकरण, मुल्य श्रृंखलाका हरेक चरणका समस्याका बाबजुद नेपाली कृषि संस्कृतिलाई धान्दै आएका किसानलाई उत्पादनमा प्रोत्साहित गरिनुको साटो सरकारबाट हुने यस्ता गतिविधिले उत्पादन लागत बढेर जाँदा किसानहरुमा पेशागत नैराश्यता आइ पेशा पलायनता बढदै जाने तिब्र सम्भावना रहेकाले किसानको उत्पादन लागत बढाउने गरि मल अनुदानमा दिईदै आएको अनुदान कटौतिले किसानलाई आर्थिक बोझ हुने पक्का छ । यसर्थ यस निर्णय अविलम्ब फिर्ता गर्न राष्ट्रिय कृषक समूह महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछौ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission