© २०२३
लामो समयदेखि यातायात क्षेत्रमा काम गर्दै सेवा दिँदै आएको यातायात ब्यवस्था कार्यालय लुम्बिनी बुटवललाई बुटवल बाहिर लैजान लागीएको भन्दै सेवाग्राहीले बिरोध गरेका छन् । बुटवलको मुख्य केन्द्रमा रहेको यातायात ब्यवस्था कार्यालयलाई तिलोत्तमा नगरपालिकाको मंगलापुर राजमार्ग भित्र लैजान लागेको भन्दै जनताको प्रत्यक्ष काम पर्ने यातायात कार्यालय दुर्गम लैजान खोज्नुले जनतालाई दुःख दिन खोजीएको गुनासो गरेका छन् ।
सिंहदरबार गाउँ गाउँमा आयो भन्ने नारा लगाउने गणतान्त्रिक सरकारले जनताको प्रत्यक्ष चासो रहने यातायात कार्यालय दुर्गममा लैजान खोज्नुले सरकारको नारा जनतालाई सेवा सुबिधा दिन्छौं भन्ने कुरालाई उदा·ो पारीदिएको छ ।
एक सेवाग्राहीले भने बुटवलमा रहेको यातायात कार्यालय तिलोत्तमा नगरपालीकाको राममणि क्याम्पस मा लैजाने भन्ने योजना रहेको भन्दै यदि कार्यालय उता सारे आन्दोलन गर्ने उनले बताए । बस, ट्रक साना गाडी कार, रिजर्ब जान परे पटके पास बनाउनु पर्ने अनिवार्य छ भने पूर्व–पश्चिम चल्ने बसले दैनिक पटके काट्न पनि सुबिधा चाहिने हँुदा बुटवलको राजमार्ग आसपास लैजाँदा सेवाग्राहीलाई कागजपत्र नवीकरण गर्नुपर्ने, गाडी किन्दा, बिक्री गर्दा ६/ ६ महिनामा रुट परमिट सवारीको जाँचपास रिनु गर्नुपर्ने भएकाले पनि यातायात कार्यालय बुटवल बाहिर जानु जनतालाई दुःख दिने काम मात्र हुने, सेवा लिन दुःख हुने भन्दै कार्यलय सबै सेवाग्राहीलाई पायक पर्ने ठाउँमा लैजान आग्रह गरेका छन् ।
अहिले यातायात कार्यालय सवारीमा सरुवा भई आएका प्रमुखले आफ्नो चाहानामा यातायात कार्यालय सवारी र यातायात कार्यालय सवारी चालक अनुमति पत्र लाईसन्स कार्यालय राममणि क्याम्पसमा लैजाने गोप्य निर्णय गरेको एक कर्मचारीले बताए । यता यातायात ब्यबस्था कार्यालय सवारीका निमिक्त प्रमुख मुक्ती पाण्डेले साबिकको सडकको जग्गामा प्रदेशका सबै मन्त्रालय बस्ने भन्ने निर्णय बमोजिम कार्यालय सार्न लागीएको बताए । तीन बिकल्प दिएकोमा राममणि क्याम्पसको राम्रो भएकाले मात्र हो तर सेवा दिने कुरामा सेवाग्राहीलाई समस्या हुने पाण्डेले बताए । बुटवलको धागो कारखाना र हिलपार्क तलको हल बिकल्पमा रहेको पाण्डेले बताए ।