© २०२३
योजना सञ्चालन गर्दा विनियोजन भएको रकममा ¥याल नचुहाउन कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उपभोक्ता समितिका पदाधिकारिलाई आग्रह गरेका छन् ।
आइतबारदेखि शुरु भएको योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उनले योजनामा ¥याल चुहाउने बानीले गाउँको विकास कहिलै पनि नहुने बताएका हुन् ।
वडा नम्बर ३ मा गठन भएका योजनाका मुख्य पदाधिकारिहरूलाई कपुरकोटमा निर्देशन गर्दै अध्यक्ष सेनले भने, ‘तपाइको गाउँठाउँको विकासका लागि उपभोक्ताको पनि लगानी हुनुपर्छ । योजनामा कुनै तलमाथी नहोस्, काम प्रभावकारि भएन भने रकम भुक्तानी पनि हुँदैन र वेइमानी गर्नेलाई कारबाही समेत हुन्छ ।’
योजना सञ्चालनको क्रममा गाउँपालिकाका कुनै पनि कर्मचारीले रकम मागेमा वा रकम भुक्तानीमा ढिलासुस्ती गरेमा आफूलाई जानकारी गराउन सेनले आग्रह गरे । योजना सम्पन्न भएपछि त्यसको संरक्षण, उपयोगमा विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक तिला बुढा मगरले गएका वर्ष धेरै योजनाहरू सन्तोषजनक तरिकाले सम्पन्न नभएको जनाउँदै यो वर्ष त्यसो नहुने बताइन् ।
उनले भनिन्, ‘म सबै योजनाको अनुगमनमा आउने छु । अनुगमनमा जे देखिन्छ त्यहि रिपोर्ट गाउँपालिका समक्ष गर्नेछु । त्यसैले इमान्दारिताका साथ गुणस्तरिय काम गर्नुहोला ।’
वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा अभिमुखिकरण गोष्ठीमा प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजाल, सूचना अधिकारि जीवराज केसीले उपभोक्ता समितीको काम, कर्तव्य र अधिकार, सम्झौता गर्दा आवश्यक पर्ने कागजात लगायतका विषयमा अभिमुखिकरण गरेका थिए । चालू आर्थीक वर्षमा कपुरकोट ३ मा १४ वटा योजना सञ्चालनमा रहेको वडाध्यक्ष मिन बहादुर सेनले जनाए ।अन्य वडामा पनि उपभोक्ता समितिका पदाधिकारिहरूलाई अभिमुखिकरण गरिने गाउँपालिकाले जनाएको छ ।