ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

“सोंचे अनुसार काम गर्न सकिएन”

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

प्रदेश पाँच सरकार भर्खर नौ महिनाको यात्रा पार गर्दैछ । यो अवधिमा प्रदेश सरकारले धेरै समय आन्तरिक व्यवस्थापनको काममै बिताएको छ । कर्मचारी समायोजनमा भएको ढिलाईबाट प्रदेशको प्रशासनिक संरचनाले अझै गति लिन सकेको छैन । कर्मचारी समायोजन टुङ्गो नलाग्दा सबैभन्दा बढी असर प्रदेशको प्रशासनिक कार्यमा परेको छ । दक्ष कर्मचारीको अभावमा कानुन निर्माण, वित्तीय अनुशासन र योजना निर्माण जस्ता प्रशासनिक कार्य अवरुद्ध भएको गुनासो स्वयं मन्त्रीहरूले गर्दै आएका छन् । कर्मचारीकै कारण बजेट कार्यान्वयनमा समेत चुनौती देखिएको छ । कर्मचारी नआउँदा सरकारका योजना कार्यान्वयन हुन सक्दैनन् कि भन्ने खतरा पनि देखिएको छ । तर यो बीचमा आन्तरिक तयारीका कामलाई भने प्रदेश सरकारले उपलब्धिका रूपमा लिएको छ । यो अवस्थामा प्रदेश सरकारले आफ्ना गतिविधिलाई कसरी अगाडि बढाएको छ त ? यसै सन्दर्भमा प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीसँग बुटवल टुडेकर्मीले गरेको कुराकानीः

प्रदेश सरकारले अहिलेसम्म के के उपलब्धि हासिल ग¥यो ?
प्रदेश सरकार गठन भएको करिब नौ महिना भयो । सुरुवातका केही महिना सरकार पूर्वाधारको व्यवस्थापनमै जुट्यो । अहिले नयाँ आर्थिक वर्ष सुरु भइसकेपछि सरकारले पहिलो चौमासिक पार गरेको छ । यो चौमासिकमा तयारीका काममात्र अगाडि बढेका छन् ।
तर बजेट कार्यान्वयन त फितलो देखियो नि ?
पहिलो चौमासिकमा बजेट खर्च किन भएन भनेर जवाफ खोजियो भने त्यति सान्दर्भिक हुँदैन । पहिलो चौमासिकमा जुन अनुपातमा बजेट खर्च हुनुपर्ने हो । त्यो अनुपातमा त खर्च हुन सकेन । जनशक्तिको अभाव नै यसको मुख्य कारण हो । तर पनि जे जति कामहरू भएका छन्, त्यसमा निराशा मान्नुपर्ने ठाउँ छैन । हामी अहिलेसम्मको अवस्था हेर्दा एक महिना जति पछाडि परेका छौं । आगामी एक महिनाभित्र हुने कामहरू यतिबेलासम्म भइसक्नु पथ्र्यो, त्यो भनेको के हो भने बजेटले तय गरेका आयोजनाहरूको टेन्डर प्रक्रिया सुरु भइसक्नु पथ्र्यो । कम्तीमा पनि खरीद प्रक्रियाको सूचना निकाल्ने अवस्था सम्म हामी जान सक्नु पथ्र्यो । तर कर्मचारीको व्यवस्थापन अहिले सम्म भइसकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अब कर्मचारी समायोजन टुंगिने कुरा आएको छ र प्रदेश सरकारले पनि अबको केही दिनमा यो प्रक्रिया टुंगिने आशा लिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको प्रगति त झनै शुन्य नै देखियो नि ?
मेरो मन्त्रालयको कुरा गर्नुहुन्छ भने ५० प्रतिशत कर्मचारीहरू अझै पनि अपुग देखिन्छन् । बाँकेमा सहरी आवास तथा भवन डिभिजन कार्यालयको अहिलेसम्म हामीले कार्यालय स्थापना गर्न सकेका छैनौं र खासगरी भौतिक पूर्वाधारसँग सम्बन्धित निर्देशनालय, महाशाखादेखि लिएर पाँचवटा डिभिजन कार्यालय सम्मको सबै उपसचिवको संख्या १० वटा छ । १० जना उपसचिव आवश्यक पर्नेमा जम्मा दुईजना मात्रै उपसचिव तहका कर्मचारी पठाइएको छ । सबैभन्दा धेरै बजेट हामीले सडक आयोजनाकै लागि छुट्टयाएका छौं । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सबैभन्दा धेरै बजेट छ, तर सबैभन्दा थोरै कर्मचारी यसैमा पठाइएको छ । यसको कारणले गर्दा हामीले यतिबेलासम्म जे तयारी गरिसक्नुपर्ने थियो, कर्मचारी समयमा नआइदिंदा त्यो तयारी गर्न सकिएन । यसैले हामीलाई धेरै अप्ठेरो पारेको हो ।

कर्मचारी अभाव देखाएर मात्रै उम्किन मिल्छ र ?
प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने हो । बजेट कार्यान्वयन गर्ने त कर्मचारीले हो । यति हुँदाहुँदै पनि अव हामीले पूर्वाधार निर्देशनालय तय गर्दैछौं । यद्यपि निर्देशक आइपुगेका छैनन् । बाँकेमा पठाइएको डिभिजनल इन्जिनियरलाई हामीले निमित्त निर्देशकको रूपमा भएपनि निर्देशनालयको जिम्मा दिएर काम अगाढि बढाउने सोंचमा छौं । बाँकेमा अझै एउटा कार्यालय खोल्नै बाँकी छ । यस्तो परिस्थितिमा पनि हामीसँग जे जति कर्मचारीको संरचना छ, त्यही कर्मचारीलाई व्यवस्थापन गरेर भएपनि रातदिन खटेर हामीले काम अगाडि बढाएका छौं । शनिबार पनि हामीले कार्यालय खोलेर काम गरेको अवस्था छ ।

बजेट खर्च नहुनुमा पूर्वाधार र जनशक्ति अभाव मात्रै हो कि अरू पनि कारण छ ?
अव यतिबेला हामीले जे काममा प्रगति गरिसक्नु पर्ने थियो, त्यो तयारीको काम नै हो, यसलाई हामीले अगाडि बढायौं । जहाँसम्म बित्तीय प्रगतिको सवाल छ, त्यो पहिलो चौमासिकमा सम्भव हुने विषय नै होइन । भौतिक प्रगति अगाडि बढ्दै जाने क्रममा वित्तीय प्रगति कागजमा नदेखिएको मात्रै हो । कतिपय बिगतमा ठेक्का लागिसकेका आयोजनाहरूले पनि रकम नलगेको कारणले वित्तीय प्रगति तत्काल नदेखिन सक्छ । यो त्यति ठूलो कुरा होइन । प्रदेश सरकार सकेसम्म धेरै पुँजीगत बजेट खर्च गर्ने प्रयासमा जुटिरहेको छ । मुख्यमन्त्रीले पनि पहिलो चौमासिक समीक्षाका क्रममा पुँजीगत बजेटमा सन्तोषजनक ढंगले खर्च गर्न निर्देशन दिनुभएको अवस्था छ । हामी यसमा गम्भीर र संवेदनशील छौं । कर्मचारी समायोजन छिटो भइदिए हामीलाई पुँजीगत बजेट खर्च गर्न सहज हुने थियो । तथापि आगामी चामौसिकबाट वित्तीय प्रगतिको विवरण देखिन सक्छ । अहिले पनि सिंचाई, खानेपानी, विभिन्न पुलहरू जस्ता केही आयोजनाहरूको काम अघि बढिरहेको अवस्था छ ।

कति कर्मचारीको अभाव छ ?
अहिले पनि ५० प्रतिशत कर्मचारीको अभाव नै छ । त्यसैले हामीले अव यसलाई अर्को विधिबाट कर्मचारी पुर्ती गर्ने तयारी गरिरहेका छौं । स्वयंसेवक भर्ना गरेर भएपनि हामीले केही इन्जिनियर, केही ओभरसियर र केही प्राविधिक नियुक्त गर्ने योजनामा छौं । धेरै अधिकार त उहाँहरूलाई नहुन सक्छ, प्राविधिक क्षेत्रमा सहयोगका लागि उहाँहरूलाई हामीले स्वयंसेवकको रूपमा भर्ना गर्न लागेका हौं । तर संघीय मामिला मन्त्रालयको कारण केही अप्ठेरो पनि छ । हामीले स्वयंसेवक भर्ना गर्दा निश्चित अवधिको लागि भनेर नियुक्त गर्नुपर्ने हुन्छ, तर त्यहीबीचमा संघीय सरकारले कर्मचारी पठायो भने स्वयंसेवकको रूपमा नियुक्त भएका कर्मचारीलाई के गर्ने भन्ने विषयमा प्रदेश सरकारलाई प्राविधिक अप्ठेरो पनि छ । यो अप्ठेरोलाई संघीय सरकारले बुझिदिनुपर्छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत के के काम सुरुवात भएका छन् ?
बाँकेको भवन डिभिजन कार्यालय बाहेक अरू तय भएका ठाउँमा सबै डिभिजन कार्यालयहरू स्थापना गरिसकेका छौं । त्यसमा कर्मचारी खटनपटन समेत भइसकेको अवस्था छ । ती कार्यालयहरूले आफ्नो कामको सर्भे पनि सुरु गरिसकेका छन् । हामीले दुई करोड भन्दा माथिका कामहरू कन्स्ट्रक्सन मार्फत गर्ने भनेर जुन योजना बनाएका थियौं, त्यसको टेन्डर प्रक्रिया हामीले सुरु गरिसकेका छौं । कन्स्ट्रक्सनहरू छनोट हुने प्रक्रियामा रहेका छन् । त्यो भन्दा मुनीका सम्बन्धित गाउँपालिका र नगरपालिकाका इन्जिनियरहरूबाट कन्स्ट्रक्सन सर्भे गराउने भनेर जुन नीति अख्तियार गरिएको थियो, त्यसका केही स्टीमेटहरू आइसकेका छन् ।
कार्यालयबाट हुने कामहरू धमाधम भैरहेका छन्, तर पनि अझै तीव्र गतिमा काम अगाडि बढाउनका लागि जुन अनुपातमा जनशक्ति हुनु पथ्र्यो, त्यो नभएको कारणले थप योजना बनाउने काममा बाधा पुगेको छ । जसरी हुन्छ अव छिटै नै अधिकांश आयोजनाहरूको टेन्डर प्रक्रियामा जाने भनेर हामीले तयारी गरेका छौं ।

कानुन निर्माणमा ढिलाइ भएकाले पनि सन्तोषजनक प्रगति नदेखिएको हो ?
हाम्रै मन्त्रालय पनि चारवटा विधेयक तयार गर्ने अवस्थामा छ । केही नीतिहरू बनेका पनि छन् । विकास निर्माण सँगसँगै कानुन निर्माणको प्रक्रियालाई पनि एकसाथ अघि बढाएका छौं । यो मन्त्रालयलाई चाहिने कानुनहरू ड्राफ्ट भएर बन्ने प्रक्रियामा पनि छन् । केही बनेका छन् । अहिलेसम्म हामी सबैभन्दा धेरै समय कार्यालय व्यवस्थापनमै अलमलियौं । १३ वटा विधेयक तयार भइसकेका छन् । २६ वटा विधेयक बनाउनुपर्ने छ । यसका लागि मन्त्रालयहरूबीच समन्वयको काम पनि अगाडि बढेको छ । प्रस्तुतीः लक्ष्मण पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?