ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

मागि विवाहमा रमाएको एउटा जोडी

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

भन्ने गरिन्छ नरनारी एक रथका दुइ पाँग्रा हुन् । एक अर्को विना जिवनले सार्थकता पाउन सक्दैन । जो कोहिको पनि जिवन सफल पार्नको लागि एक अर्काप्रति समर्पित श्रीमान वा श्रीमती दुबैको उत्तिकै भूमिका रहन्छ । जिवनका हरेक सुख दुखमा साथ दिने कसम खाएर वैवाहिक जिवनको यात्रामासफल रहेको जोडी हो बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाटका कमान सिँह र मिना कला थापा ।
बाल्यकाल र प्रारम्भीक शिक्षा
वि.स. २०१५ साल जेठमा बुवा एक बहादुर थापा र आमा यमकला थापाको कोखबाट साइलो सन्तानको रूपमा जन्मिएका कमान सिँह थापा बाल्य र किशोरावस्था गुल्मीमा विताए । कक्षा ५ सम्म स्थानिय घोर्ले प्रा वि मा पढेपछि उनी चारपाला दरवारको इश्वरी नि.मा.वि. मा कक्षा ८ र महेन्द्र नमुना माध्यमिक विद्यालयबाट एस एल सि उत्तिर्ण गरेका थिए ।
पढाइमा औसत रहेका उनी पढाइ भन्दा पनि खेलकुँदमा बढि ध्यान दिइरहेका हुन्थे । भलिवलमा जिल्लाकै नामी खेलाडिको रूपमा उनी करिव १७ वर्षको उमेरमा ख्याती कमाइ सकेका थिए यो ख्याती नै उनको लागि जिवनको मोड बन्न पुग्यो । अतित सम्झँदै उनले भने ‘पढाइमा भन्दा भलिवलमा ध्यान दिएँ जिल्लाको राम्रो खेलाडीको रूपमा सबैको नजरमा परेँ । त्यो बेलामा सेना प्रहरीमा भर्ती हुन दरखास्त आव्हान हुँदैन थियो, हट्टाकट्टा र क्षमता भएकालाई खोजेरै लैजान्थे, म पनि तेहि मध्येको एक हुँ । ’ २०३२ सालमा एस एल सि पास गरेपछि उनको पढाइ रोकियो र सुरु भयो जागिरे जिवन जुन भलिवलले दिलाएको थियो । उनी प्रहरी सेवामा रहँदै प्रविणता प्रमाणपत्र तह सम्मको पढाइ पनि पुरा गरे ।
जागिरे जीवन
खेती किसानी गर्ने परिवारका थापाले जागिर खाने सोँच बनाएका थिएनन् उनको एउटै लक्ष्य थियो खेल खेल्ने र खेलबाटै अघि बढने । तर त्यहि खेलले उनलाई शसस्त्र प्रहरीको प्रहरी उपरिक्षक (एस.पि) सम्म पु¥यायो । एस एल सि पास गरेलगत्तै उनलाई नेपाल प्रहरीले खेलकुँद मार्फत प्रहरी सेवामा भर्ना लियो । गाँउबाट उनि तालिमका लागि काठमाण्डौ पुगे, सिपाहीको रूपमा प्रहरी सेवामा प्रवेश गरेका थापा खेलकुँदमा अब्बल भएकै कारण ३ वर्षमा एक तह बढुवा भए ।
उनको जागिर नै भलिवल खेल्ने र टिमलाई उपाधि दिलाउनु जस्तै भएको बेला पुनः एक तह बढुवा हुँदै असइ बन्न सफल रहे । असइ भइसकेपछि अव पढाइलाई पनि निरन्तरता दिनुपर्छ भन्दै क्याम्पसमा भर्ना भए र प्राइभेट रूपमै परिक्षा दिइ प्रविणता प्रमाणपत्र तह पनि उत्तिर्ण गरे ।
२०५८ सालसम्म आइपुग्दा नेपाल प्रहरीमा प्रहरी निरिक्षक बनिसकेका थापा शसस्त्र प्रहरीको गठन भएसँगै शसस्त्र प्रहरीमा प्रहरी नायव उपरिक्षक (डि एस पि) मा बढुवा हुँदै सँगठन परिवर्तन गरेका थिए । सँगठनमा निडर अधिकृतको रूपमा परिचित थापाले तत्कालिन नेकपा माओवादीको जनयुद्ध विरुद्ध धेरै ठाँउमा अपरेशन प्रमुख भएर कमाण्ड सम्हालेका थिए । जनयुद्धको बेला गोरखाको केराबारीमा भएको घटना भने उनी कहिले भुल्दैनन । घटना कोट्याउँदै उनले भने ‘हामी सुराकीको आधारमा एउटा अपरेशनमा थियौँ, तत्कालिन माओवादी छापामार रहेको भन्ने स्थानमा पुग्न नपाँउदै अर्को टुकडीसँग भएको झडप जुन अप्रत्यासीत थियो, त्यो मेला लागि अविष्मरणीय छ,’ उनले भने ‘हामी थोरै सँख्यामा थियौँ तर सहास र धैर्यताले हामीले त्यो झडपमा जित हासिल ग¥यौँ ।’
उनी सँगठन बाट २०६० सालमा लाइबेरियामा शान्ति स्थापनार्थ शान्तिसेनाको रूपमा पनि काम गरेका छन । शान्तिसेनाबाट फर्के लगत्तै उनको कामको मुल्याँकन र दक्षताले प्रहरी उपरिक्षक मा बढुवा भए । उनले २०६५ सालमा प्रहरी सेवाबाट विदा लिएका थिए । उनले गोरखा दक्षिण बाहु, प्रहरी सेवा पदक लगायतका पुरस्कार र पदकहरू समेत पाएका छन ।
बैवाहिक जीवन
पछिल्लो समय समाजसेवामा रमाइरहेका थापाले २०३५ सालमा गुल्मीकै मिनकला थापा सँग मागी विवाह गरेका हुन । वल्लोपल्लो गाँउमा घर भएको कारण एक अर्कामा दुबैजना परिचित थिए । एक अर्कामा परिचित दुबैजना विवाहको कुरा चलेपछि दुबैले स्विकारेका मिनकला थापा बताउँछिन । उनले भनिन ‘एउटाले अर्कोलाई चिन्थेउ, तर तेती बोलचाल हुँदैन थियो, एकलाई अर्काको बानी ब्यहोरा थाहा भएकै कारण सहजै विवाहको प्रस्ताव स्विकृत भयो ।’
विवाह पुर्व नै श्रीमान प्रहरी सेवामा भएका कारण मिनकलाले श्रीमानसँग घुम्ने रमाउने बेला गुमाएकोमा पछुतो मान्छिन । उनले भनिन ‘बानी ब्यहोरा थाहा भएको र पुलिसको जागिर पनि भएको केटा भनी विहे गरिहालेँ तर प्राय सधै छुटिएर बस्नु पर्दा अलि खल्लो लाग्थ्यो तर चित्त बुझाउँथे ।’
३ छोरी र २ छोराका अभिभावक थापा दम्पती सन्तानबाट खुसी छन । ‘कान्छो छोराको विहेबारी बाँकी छ बाँकी सबै आ आफ्नो घर गरेका छन, सन्तानको खुसी नै आफ्नो खुसी रहेछ’ मुस्कुराउँदै दुबैले एकसाथ बताउँछन ।
विवाहपछि करिव ३० वर्ष श्रीमान सँग हरपल साथ रहन नपाए पनि अहिले भने साथमा रहँदा छुट्टै अनुभूति रहेको उनी बताउँछिन । उनी भन्छिन ‘जागिरे जिवन पछि आफ्नै ठाँउमा समाजसेवामा समय दिनुहुन्छ, घरमा हुँदा पारिवारीक सुझाव र अभिभावकत्व दिनुभएको छ यो नै सबैभन्दा खुसीको बेला छ ।’ आफ्नो श्रीमानको सबै कुरा मन परेपनि झनक्क रिसाउने बानी भने मिनकला पटक्कै मन पर्दैन । ‘समयको निकै हेक्का राख्ने र समय अनुसार चल्ने उहाँको बानी सबैभन्दा राम्रो छ, सबैसँग मिल्ने र अडान अनुसार कामगर्ने बानी छ’ मिनकलाले प्रसन्न हुँदै बताइन ।
सेवा निवृत्त जीवन
आफ्नो जिवनको करिव उत्तरार्धतर्फ हिँडदै गरेका थापा दम्पति अहिले दुबैजना समाजसेवामा सक्रिय छन । पहाडमा रहँदा घाँस दाउरामा दिनहरू विताएकी मिनकला र प्रहरी सेवामा रहेका कमान सिँह अहिले दुबैजना फुर्सदिला छन ।
२०४९ सालमा गुल्मीबाट बर्दघाट आए पछि मिनकला कहिले खानेपानी सँस्थामा सँचालक रहेर काम गरिन त कहिले विभिन्न आमा समुहमा रहेर काम गरिन । कमान सिँह सेवा निवृत्त भएसँगै बर्दघाट खानेपानी सँस्थाको अध्यक्ष भएर ३ वर्षे कार्यकाल पुरा गरे उनी अहिले गाँउ टोलमा हुने गरेका विकास निर्माणका काममा विभिन्न समितिहरूमा रहेर समाजसेवामा रमाइ रहेका छन ।
प्रस्तुती : प्रमोद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission