© २०२३
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोमाञ्चक मोडमा आएको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लबको खेल मैदानमा समुह बि अन्तर्गत भएको खेलमा एनएससिए टाईगर्सले नुसी वारिर्यसलाई ५ विकेटले पराजित गरेको छ । यो समुहमा स्पष्ट दुई खेलमा जित निकाल्दै मणिग्राम किङ्ग सेमीफाईनलमा स्थान पक्का गरेको छ भने ।
टाईगर्स, नुसी र बुटवल डाईनामाईट समान २–२ अंक सहित बिहीबारको अन्तिम खेलको पखाईमा रहेको छ । अन्तिम खेलमा बुटवल डाईनामाईटलाई मणिग्राम किङ्गमाथि जित निकाल्दै पर्ने हुन्छ भने हार भए नेटरनरेटको आधारमा नुसी सेमीफाईनलमा प्रवेश गर्ने छ । समुह ए मा रोयल शंकरनगर र लुम्बिनी कासाई दुई–दुई खेलमा जित निकाल्दै स्पष्ट ४–४ अंक जोड्दै सेमीफाइनलमा प्रवेश गरेका छन । भने रोयल च्यालेन्जर भैरहवा र ज्ञानोदय बाहिरिएको छ ।
बुधबार भएको खेलमा टस जितेर ब्याटिङ्गको निणर्य गरेको एनएससिए टाईगर्सले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ६४ रनको लक्ष्य खडा गरेको थियो । टाईगर्सका पुष्प थापा ५० बलमा ४९ रन बनाउँदै नटआउट रहे । यसैगरि ओपनर मनिष थापाले ३० बलमा ३४ रन तथा बिक्रम भुषालले २२ बलमा ४५ रनको योगदान दिएका थिए । नुसीका यम क्षेत्रीले खराब बलिङ्ग गर्दै ४ ओभरमा ३९ रन खर्चे भने कुनै विकेट लिन सकेनन् ।
मध्यम लक्ष्यलाई पछ्याएको नुसीको ब्याटिङ्ग लाईन शुरुवातबाट नै धरमराएको थियो । ओपनर महेश राना २१ बलमा ९ रन तथा अर्को ओपनर अजय कौशलिया ६ बलमा केवल १ रन बनाउदा अनिल खरेलको बलमा मेहन्द्रको क्याच हुन पुगे । तेस्रो नम्बरका ब्याट्सम्यान कुशल भ्रुतेलले ४५ बलमा ८४ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । नुसीका ब्याट्सम्यान अन्तिम ओभरसम्म ७ विकेटको नोक्सानीमा केवल १ सय ५९ रन बनाउन सफल भयो । टाईगर्सका अनिल खरेलले र पुष्प थापाले समान २२ विकेट लिएका थिए । खेलमा टाईगर्सका पुष्प थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
बुधबार नै भएको समुह ए अन्तरगतको पहिलो खेलमा ज्ञानोदय गोल्डसलाई रोयल च्यालेन्जर भैरहवाले ३४ रनले पराजित गर्दै आफनो टिमलाई २ अंक जोड्न सफल भएको छ । टस जितेर ब्याटिङ्ग गर्न मैदान छिरेको भैरहवाका ब्याट्सम्यान निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २८ रन जोडेका थिए ।
भैरहवाका ओपनर आसुतोष पासवानले २५ बलमा २२ रन तथा सुशान्त थापाले २५ बलमा १९ रन जोडेका थिए । यो खेलमा सोनु तामाङ्ग चल्न सकेनन् । चौथो नम्बरमा ब्याटिङ्ग गर्न मैदान छिरेको उनी रोशन क्षेत्रीको बलमा बिशालको क्याच आउट भएका थिए । पाचौ नम्बरका ब्याटसम्यान गणेश गौडेलले २३ तथा सातौं नम्बरका ब्याट्सम्यान ईकलाख अहमदले २७ रन जोड्दै टिमलाई सम्मानजनक स्कोरमा पु¥याएका थिए ।
ज्ञानोदयका रोशन क्षेत्रीले ३ तथा जितेन्द्र शाहनीले २ विकेट लिएका थिए । १ सय २९ रन पछ्याएको ज्ञानोदयका ब्याट्सम्यानले राम्रो शुरुवात गरेका थिए । ओपनर सुनिल धमला २ छक्का र २ चौकाको मद्दतले ३४ बलमा ३९ रन तथा मनिष पौडेलले २७ बलमा ११ रन जोडेका थिए । धमला ईकलाख अहमदको बलमा क्लिनबोल्ड भएसँगै ज्ञानोदयका ब्याटिङ्गलाईन धरमरायो । तेस्रो नम्बरका निर्मल थापा ४, चौथो नम्बरका बिशाल सुनार शुन्य र पाचौ नम्बरका प्रथम पराजुली केवल १ रन बनाएर आउट भएका थिए ।
छैटौ नम्बरका देबेन्द्रे सोमरेले १६ बलमा २१ रन बनाएपनि अन्य ब्याटसम्यान क्रिजमा टिक्न नसक्दा ज्ञानोदय पराजित हुन पुग्यो । पुरै ओभर खेल्दै ज्ञानोदय ९ विकेट गुमाउर्दै ९४ रनमा समेटिएको थियो । कम स्कोरमा रोक्न भैरहवाका ईकलाख अहमदले ४, अहमद हुसैनले ३ तथा धिरज शाहीले २ विकेट लिएका थिए । खेलमा भैरहवाका ईकलाख अहमद म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन् ।