© २०२३
दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र मणिग्राम किङ्गले दुई–दुई खेलमा जित निकाल्दै स्पष्ट ४–४ अंक जोड्न सफल भएको छ । रोयल शंकरनगरले ज्ञानोदय गोल्डसमाथि ८ विकेट तथा मणिग्राम किङ्गले एनएससिए टाईर्गसलाई ३ रनले पराजित गरेको हो । प्रतियोगितामा ज्ञानोदय र टाईर्गस अंकविहिन हुँदै बाहिरिने सम्भावना बढेको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको खेलमा टस जितेर शंकरनगरले ज्ञानोदयलाई ब्याटिङ्गका निम्तो दिएको थियो । ज्ञानोदयका ब्याटसम्यानहरू १९.३ ओभरमा केवल ९९ रनमा अल आउट हुन पुगे । ओपनर ब्याटसम्यान प्रथम पराजुली ६ बलमा ३ बनाउदै रन आउट भए भने अर्का ओपनर सुनिल धमला ११ बलमा १४ रन बनाएर सुशान्त भारीको बलमा सन्दिप सुनारको क्याच भए । यो संगै ज्ञानोदयका ब्याटिङ्गलाई चल्न सकेन ।
तेस्रो नम्बरका माधव बस्नेत ९ बलमा १ रन जोड्दै एलबीडब्ल्युको धरापमा परे र ज्ञानोदयका पारीलाई सातौ र आठौ नम्बरका ब्याटसम्यानहरू जितेन्द्र साहनी र आनन्द गौडले सम्हाले प्रयास गरेपनि रोयल शंकरनगरको कसिलो बलिङ्गका कारण टिक्न सकेनन । साहनीले ११ बलमा १२ तथा गौडले १४ बलमा २१ रन जोडेका थिए । रोयल शंकरनगरका रोहित पौडेल, सुशान्त भारी, सन्दिप सुनार र विष्णु कठौरियाले समान २–२ विकेट लिएका थिए ।
झिनो एक सयको लक्ष्यलाई रोयल शंकरनगरका ब्याट्सम्यानले ११ ओभरमा २ विकेटको नोक्सानीमा जित निकालेका हो । रोयल शंकरनगरको जितमा सन्दिप सुनारले १ छक्का ४ चौकाको मद्यतमा २६ बलमा ३२ रन जोडे । यसैगरि बिशाल खत्रीले २ छक्का र ५ चौकाको मद्दतले नटआउट रहदै ३२ बलमा ४२ रनको योगदान दिएका थिए । ज्ञानोदयका सुनिल धमला र देबन्द्र सोमरेले समान १–१ विकेट लिएका थिए । खेलमा रोयल शंकरनगरका सन्दिप सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि दोस्रो खेलमा टस जितेर एनएससिए टाइगर्सले फिल्डिङ्ग रोज्दै मणिग्राम किङ्सलाई ब्याटिङ्गको निम्तो दिएका थियो । मणिग्राम किङ्सका ब्याट्सम्यानहरू पुरै २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रनको लक्ष्य तयार गरेको थियो । शुरुवातमा खराब प्रदर्शन गरेको मणिग्राम किङ्सलाई तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न मैदान छिरेका सन्दिप रजालीले पारी सम्हाले । उनले ५० बलमा ६४ रन बनाएका थिए । यसैगरि कृष्ण भुषालले नटआउट २३ बलमा १७ रन बनाएका थिए । अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन । टाईर्गसका अनिल खरेलले ३ तथा अर्जुन गिरीले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको टाईर्गसका ओपनर चल्न सकेनन ।
मनिष थापा १६ बलमा ५ तथा शंकर राना १० बलमा ३ रन बनाउदै शुभाषको बलमा पेभिलियन फर्किएका थिए । पाचौ नम्बरका ब्याट्सम्यान सुरज दराईले पारी सम्हाले । उनले २६ बलमा ४० रनको योगदान दिए । यसैगरि बिक्रम भुषालले २४ बलमा २६ तथा लाल बहादुर थापाले ६ बलमा २० रन बनाएका थिए । टाईर्गसका ब्याट्सम्यान १९.५ बल पुरै विकेट गुमाएर १ सय २८ रनमात्र जोडे । मणिग्राम किङ्गका सुभाष विकले ३, कृष्ण पराजुली र अमरसिह रौतेलले समान २–२ विकेट लिएका थिए । मणिग्राम किङ्गका सन्दिप रजाली म्यान अफ द म्याचबाट पुरस्कृत भएका थिए ।
बुधबारको पहिलो खेलमा ज्ञानोदय गोल्डसले रोयल च्यालेन्जर भैरहवासंग तथा दोस्रो खेलमा नुसी वारिर्यसले एनएससिए टाईगर्ससँग प्रतिस्प्रर्धा गर्ने छ । à