ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

तिलोत्तमा प्रिमियर लिग–२ : लुम्बिनी कासाई र बुटवल डाईनामाईट विजयी

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

 रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई र विजयी भएका छन । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटले ज्ञानोदय गोल्डसलाई ५ विकेट तथा बुटवल डाईनामाईटले एनएस सीए टाईर्गसमाथि पनि समान ५ विकेटको जित निकाल्दै स्पष्ट २–२ अंक जोड्न सफल भएको छन ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनी कासाईले टस जितेर ज्ञानोदय गोल्ड्सलाई ब्याटिङ्गको निम्तो दिएको थियो । ज्ञानोदयका ब्याट्सम्यानहरूले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रनको लक्ष्य खडा गरेको थियो ।
ज्ञानोदयका ओपनर ब्याट्सम्यान सुनिल धमलाले ३७ बलमा ३१ रन तथा प्रथम पराजुलीले ११ बलमा ९ रन बनाएका थिए । दुबै ब्याट्सम्यान प्रदिप जयसवालको बलमा आउट भएसंगै टिम धरमराएको थियो । चौथौ नम्बरमा ब्याटिङ्ग गर्न मैदान छिरेका राहुल कुमारले ब्यक्तिगत १५ बलमा १७ तथा आठौं नम्बरका ब्याट्सम्यान आनन्द गौडले १३ बलमा ब्यक्तिगत २२ रन जोडेर टिमलाई सम्मानजनक स्कोरमा लगेका थिए । ज्ञानोदयलाई कम स्कोरमा रोक्न लुम्बिनी कासाईका प्रदिप जयसवालले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिएका थिए । यसैगरि दुर्गेश कुर्मीले २ तथा मानबहादुर थापाले १ विकेट लिएका थिए । मध्यम लक्ष्यलाई पछ्याएको लुम्बिनी कासाईका ब्याट्सम्यानहरूले १७.२ ओभरमा ५ विकेटको नोक्सानीमा भेटाएका थिए । कासाईका सुमन पाण्डेले अर्धसतकसँगै टिमलाई जित दिलाउन सफल भए । उनी नटआउट रहँदै ५ चौकाको मद्दतले ५० रन जोडेका थिए । अर्का ओपनर ब्याट्सम्यान कुशल मल्ल ३ बलमा केवल ५ रन बनाउदा जितेन्द्र शाहनीले बोल्ड गरेका थिए । सुमन पाण्डेलाई तेस्रो नम्बरका ब्याट्सम्यान सुनिल धवलले साथ दिए । धवलले ३१ बलमा २५ रन बनाएका थिए । ज्ञानोदयका जितेन्द्र साहनी र सुनिल धमलाले २–२ विकेट लिएका थिए । खेलमा लुम्बिनी कसाईका प्रदिप जयसवाल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि आईतबार भएको दोस्रो खेलमा टस जितेर एनएससीआई टाईर्गरले ब्याटिङ्गको निर्णय गर्दै मैदान छिरेको थियो । टाईर्गरका शंकर रानाले १ छक्का र ६ चौकाको मद्यतले ४३ रन बनाएका थिए ।
उनिसंगै ओपनरमा आएका मनिष थापा १६ रनको स्कोर बनाउदा जगत क्षेत्रीको एलबी डब्लयुमा आउट हुन पुगे । योसंगै टाईर्गसको ब्याटिङ्ग लाईन धरमरायो । तेस्रो नम्बरका ब्याटिङ्गका लागि मैदान छिरेका निश्चल चौधरी ४, पाचौ ब्याट््म्यान पुष्प थापा ८, सुरज धरई २ रनमा पेबिलियन फर्किए । आठौ र नबौ नम्बरका ब्याट्सम्यानहरू अर्जुन गिरी र बिक्रम भुषालले पारीलाई सम्हाले । अर्जुन गिरीले २१ बलमा ३० र बिक्रम भुषालले ५ बलमा १२ रन जोड्दै ७ विकेटको नोक्सनीमा टिमलाई सम्मानजनक १ सय ४१ को स्कोरमा लगेका थिए । बुटवल डाईनामाईट्सका विकास श्रेष्ठले ४ ओभरमा ३२ रन खर्चेर २ तथा हरजित सिहले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछयाएको बुटवलका ब्याट्सम्यानहरूले १८.५ ओभरमा ५ विकेटको नोक्सानीमा जित निकालेका थिए । बुटवलका ओपनर ब्याट्सम्यान मृनल गुरुङ्गले ब्यक्तिगत अर्धसतक पुरा गरे । उनले १ छक्का ६ चौकाको मद्यतले ५५ बलमा ५५ रन बनाएका थिए । अर्का ओपनर भुवन पाण्डे ८ बलमा केवल ५ रन बनाउदा दुर्गेस गुप्ताको बलमा मनिषबाट क्याच आउट भए ।
चौथौ नम्बरका ब्याट्म्यान देव खनालले १८ बलमा २६ तथा पाचौ नम्बरका सौरभ खनालले २१ बलमा ४३ रन जोड्दै टिमको पारीलाई सम्हालेका थिए । टाईर्गसका दुर्गेस गुप्ताले २ विकेट लिएका थिए । खेलमा बुटवल डाईनामाईटका मृनल गुरुङ्ग म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन । सोमबार रोयल च्यालेन्जर भैरहवाले आफनो दोस्रो खेल लुम्बिनी कसाई ग्ल्याडियटसंग तथा नुसी वरिर्यसले बुटवल डाईनामाईट्ससंग खेल्ने छन । प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission