ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

तिलोत्तमा प्रिमियर लिग :रोयल शंकरनगर र मणिग्राम किङ्ग विजयी

२ मंसिर २०७५, आईतवार
२ मंसिर २०७५, आईतवार

शनिबारदेखि दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको योजनामा भएको उद्घाटन खेलमा रोयल शंकरनगर विजयी भएको छ । शंकरनगरले रोयल च्यालेन्जर भैरहवामाथि ८ विकेटको जित निकालेको हो । यसैगरि शनिबार नै भएको दोस्रो खेलमा मणिग्राम किङ्गले नुसी वरियर्स मणिग्राममाथि ६ विकेटको जित निकालेका हो । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा रोयल शंकरनगरले टस जितेर फिल्डिङ्ग रोजेको छ ।
ब्याटिङ्गको निम्तो पाएको रोयल च्यालेन्जर भैरहवाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २३ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि सन्दिप केसीले २ छक्का र २ चौकाको मद्यतले २९ तथा धिरज शाहीले २ छक्का र ३ चौकाको मद्यतले २९ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न रोयल शंकरनगरका रोहित पौडेलले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिएका थिए ।
यसैगरि नितेश थापा र सुशान्त भारीले समान २–२ विकेट लिएका थिए । शंकरनगरले १२.१ ओभरमा केवल २ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । शंकरनगरको जितमा सुनिल कुमार सार्कीले विष्फोटक ब्याटिङ्ग गरे । उनले २ छक्का र ४ चौकाको मद्यतले ४३ रन बनाएका थिए । सन्दिप सुनारले ३१ तथा बिशाल खत्रीले नटआउट ३६ रन जोडेका थिए । खेलमा शंकरनगरको जितमा ४ विकेट लिएका रोहित पौडेल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि दोस्रो खेलमा नुसी वरिर्यसले टस जितेर निर्धारित २० ओभरमा केवल २ विकेटको नोक्सानीमा १ सय ६२ रनको लक्ष्य खडा गरेको थियो । मध्यम लक्ष्य पछ्याएको मणिग्राम किङ्गले अन्तिम ओभरको पहिलो बलमा ४ विकेटको नोक्सानीमा जित निकाल्यो । मणिग्राम किङ्गका अमर सिह रौत्यालाले विष्फोटक ब्याटिङ्ग गरेका थिए । उनले खेलमा ६ छक्का र १ चौकाको मद्यतले ४३ रन बनाए । सन्दिप रजालीले ३७ र इमरान खानले ३५ रनको योगदान दिएका थिए ।
नुसीका कुशल भुत्रेलले २ तथा यम क्षेत्री र अर्जुन रायमाझीले १–१ विकेट लिएका थिए । नुसीका दुई जना खेलाडीले प्रतियोगितामा अर्धसतक पुरा गरेपनि जित निकाल्न सकेनन । ओपनर ब्याट्सम्यान महेश रानाले नटआउट ५५ रन बनाए । यसैगरि अजय कौशिकले १ छक्का र ७ चौकाको मद्यतले ५३ रन बनाए । दिपेन्द्र ऐरीले २ छक्का र ३ चौकाको मद्यतले ३२ रन जोडेका थिए । प्रतियोगितामा मणिग्राम किङ्गका अमर सिह रौत्याला म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन ।
आईतबार पहिलो खेलमा ज्ञानोदय गोल्डस र लुम्बिनी कसाई तथा दोस्रो खेलमा एसआर एनसीएसए टाईर्गसले बुटवल डाईनामाईट्ससंग प्रतिस्प्रर्धा गर्ने छ । प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।
एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले ब्याटिङ्ग र राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले बलिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले खेलपूर्वधारलाई प्राथमिकतामा राखेर नगरपालिकाबाट कार्ययोजना तयार गरेको बताए । प्रतियोगिता संचालन गर्न यस वर्ष १० लाख सहयोग समेत गर्ने प्रतिवद्धता जनाउदै स्थाई अन्तराष्ट्रियस्तरको मैदान बनाउन नगरपालिकाले जग्गा छनौट गरि काम अघि बढाएको समेत बताए । कार्यक्रममा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले रूपन्देही क्रिकेटको उर्वरभुमि भएको भन्दै प्रत्येक वर्ष राष्ट्रिय टिममा खेलाडी दिन सफल भएको बताए । पूर्वाधार विकासमा सरकारले लगानी गरे यो क्षेत्रबाट अझ धेरै खेलप्रतिभाहरू जन्मने समेत उनले बताए । प्रतियोगितालाई खेलाडीहरूले प्लटर्फमका रूपमा लिनुपर्ने भन्दै उनले यसको सदुपयोग गर्न सुझाव दिए । प्रतियोगितालाई सानो र ठुलो भन्दा पनि खेलाडीले आफनो स्किल देखाउने रूपमा लिनुपर्ने बताए । खेलाडीले नेपाल क्रिकेटलाई उचाईमा लैजान देशभर संचालन हुने प्रतियोगिताले मद्यत मिल्ने उनले बताए । रूपन्देही क्रिकेट संघका जिल्ला अध्यक्ष प्रशान्त विक्रम मल्ल, तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगाना, खेल संयोजक दिपक भ्रुतेलले खेल विकासमा सबैको साथ जरुरी रहेको बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?