ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
गण्डक जलविद्युत मर्मतः

कुलमान पनि गफमै अड्किए !

प्रतापपुरमा रहेको गण्डक जलविद्युत केन्द्रको मर्मत गफमै सिमिति छ । ४२ करोडको मर्मत खर्चको स्टीमेट केन्द्रमा पठाएपनि काम हुन सकेन्, दुई ओटा टर्वाइन विग्रिएपछि एउटाबाट मात्र विद्युत उत्पादन भइरहेको छ ।
१४ फाल्गुन २०७९, आईतवार
१४ फाल्गुन २०७९, आईतवार

सुनवल, फागुन
लामो समय देखि पुर्ण क्षमतामा संञ्चालनमा आउन नसकेको पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको गण्डक जलविद्युत केन्द्रको मर्मत हुन नसक्दा विद्युत उत्पादनमा कमि आएको छ । प्रतापपुरको सुर्यपुरामा रहेको विद्युत केन्द्रका विग्रिएका दुई ओटा टवाईन मर्मत हुने चर्चा भएको धेरै भएपनि काम भएको छैन् ।
बृहद मर्मत सम्भारका लागी भन्दै लागत स्टीमेट समेत गराए पनि मर्मत सम्भारमा कसैले पनि चासो दिएको छैन् । १५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको गण्डक जलविद्युत केन्द्रका तिन मध्ये दुई ओटा टवाईन विग्रिएपछि साढे तिन मेगावट मात्र विद्युत उत्पादन हुदै आएको छ । केन्द्र बाट पुर्ण क्षमतामा विद्युत उत्पादन हुन नसक्दा वर्षेनी करोडौँको क्षति हुदै आएपनि विद्युत उत्पादन बढाउने गरी टवाईन मर्मत हुन सकेको छैन् ।

विद्यृत गृहको तिन ओटा टर्वाईन मध्ये एउटा लामो समय देखि विग्रिएको छ भने अर्को पनि केहि समय देखि विग्रिएर काममा आउन सकेका छैन् । एउटा बाट मात्र साढे तिन मेगावट जती विद्युत उत्पादन हुदै आएको केन्द्रका प्रमुख सुनिल कुमार चर्तुरवेदिले जानकारी दिए । गण्डक जलविद्युत केन्द्रका तिन ओटै युनिट मर्मतका लागी झन्डै ४२ करोड लागत अनुमान गरी केन्द्रमा स्टीमेट पेश गरिएपनि काम हुन नसकेको उनले बताए । यस क्षेत्रका जनप्रतिनिधि, उद्योगि व्यवसायी लगाएतले बेलाबेलामा गण्डक पावर हाउस मर्मत गर्न माग गर्ने गरेपनि ठोस पहल हुन सकेको छैन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग पहिलो कार्यकालका बेला परासी आउने क्रममा पत्रकारको जिज्ञासामा गण्डक विद्युत गृह मर्मत हुने बताएपनि हालसम्म काम हुन सकेको छैन् । मर्मत गरेपनि विद्युत गृह पुर्ण क्षमतामा संञ्चालनमा ल्याउन नसकिने भएकाले प्राधिकरणले पनि मर्मतमा खासै चासो नदिएको विद्युत गृहकै कर्मचारीहरु बताउछन् ।

गण्डक नदी नियन्त्रणका लागि तटबन्धन,गण्डक बाँधबाट नेपाल तथा भारतको भुमिमा सिचाई सुविधा पुर्याउने गरि सिचाई प्रणालीको निर्माण तथा सिचाई नहरको पानी सदुपयोग गरि जलविद्युत केन्द्र सञ्चालन गर्ने गण्डक सम्झौतामा उल्लेख भए अनुरुप विद्युत गृह संञ्चालनमा आएको हो ।
सम्झौता अनुसार नै भारतको उत्तर प्रदेश सिचाई गर्नका लागि भारतिय मुख्य पश्चिमी नहर प्रणाली नेपाली भुमि भएर भारतमा गएको छ । सोही नहरबाट सुर्यपुरा स्थित १५ मेगावाट क्षमताको गण्डक जलविद्युत केन्द्र निर्माण गरी भारतिय पक्षले सन् १९७९ बाट सञ्चालनमा आएको उक्त विद्युतगृह १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । ५० वर्ष भन्दा पुरानो विद्युत गृहका अधिकांश संरचना जिर्ण भएका छन् । १५ मेगावट क्षमता भएपनि भारतले गण्डक सिचाँई नहरमा प्रर्याप्त पानी नछाड्दा उत्पादन भने पुर्ण क्षमता हुन नसक्ने विद्यृत गृहका प्रमुख चुर्तवेदिले बताए ।
गण्डक नहरको १५ हजार क्युसेक पानीको क्षमता भएपनि भारतले ६÷७ हजार क्युसेक मात्र दिदै आएको छ । १२ हजार क्युसेक पानी दिएपनि उत्पादनमा फरक पर्ने थियो तर भारतले पानी प्रर्याप्त नदिदा समस्या छ उनले भने । भारतले नहर मर्मत सम्भार लगाएतका विभिन्न कारण देखाउदै वर्षको दुई पटक नहर बन्द गर्ने गरेको छ सो समयमा विद्यृत गृह बाट विद्युत उत्पादन हुन सक्दैन् । भारत तर्फ सिचाँईका लागी आवश्यक परेका बेला मात्र बढि मात्रामा नहरमा पानी छाड्ने तर अन्य समयमा कम मात्रै पानी छाड्ने गरेकाले सुर्यपुरा पावर हाउस बाट विद्युत उत्पादन बढ्न नसकेको चर्तुवेदिले बताए ।

गण्डक पावर हाउसको मर्मत गरेर उत्पादन बढाउन सके ग्राहास्थ विद्युत उपभोक्ता र उद्योगका लागी वितरीत लाईनमा सुधार ल्याउन सकिने उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बताए । ‘हामी पटक पटक यस क्षेत्र बाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई केन्द्रमा ध्यानआर्कषण गराउन भन्यौँ तर हाल सम्म काम भएन्, तेत्रो संरचना क्रमश जिर्ण बन्दै गएको छ ’भण्डारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission