© २०२३
दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शनिबारबाट शुरु हुँदै छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल रोयल शंकरनगर र रोयल च्यालेन्जर भैरहवाको बीचमा हुने छ । यसैगरि दिउँसो हुने दोस्रो खेलमा नुसी वरिर्यस र मणिग्राम किङ्गले प्रतिस्प्रर्धा गर्ने छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लबको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।
प्रतियोगिताको आवश्यक खेलमैदानका साथै पिचको मर्मत, मञ्च निर्माण लगायतको सबै कामहरू पुरा भएको हो । प्रतियोगिताले जिल्लास्तरमा रहेका खेलाडीहरूको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडीहरूसँग खेलअनुभव साटासाट गर्ने अवसरका साथै खेलाडीहरूलाई समेत प्लटफर्म मिल्ने तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको दाबी छ । प्रतियोगिताको बिजेताले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
आठ टिमलाई दुई समुहमा बिभाजन गरेर पहिलो चरणका खेलहरू खेलाईने छ । जसमा अक्सनबाट खरीद भएका १ सय १२ खेलाडीहरू एक महिनादेखि आन्तरिक अभ्यास थालेका छन । अक्सनमा रोयल शंकरनगरले खेलाडीमा सबैभन्दा बढी रकम खर्च गरेको छ । रोयलले १ लाख ३५ हजार ५ सय खर्चेर सन्दिप सुनार, शुसान भारी, फैजल खानसहितको चर्चित खेलाडीहरूलाइ आफ्नो टिममा पार्न सफल भएको छ । ज्ञानोदय गोल्ड्सले १ लाख ३१ हजार खर्चेर टिममा सन्तोष क्षेत्री, देबेन्द्र सोमरे, निर्मल थापा, राहुल बिके सहितको खेलाडी टिममा पारेको छ । मणिग्राम किङ्सले कृष्ण कार्की, लाल बहादुर अधिकारी सहितको टिमका लागी १ लाख २८ हजार खर्च गरेको छ भने समान रकम खर्चेको रोयल च्यालेजरले एक्लख अहमद, प्रकाश केसीसहित खेलाडी आफ्नो टिममा पार्न सफल भएको छ ।
कुशल भुर्तेल नुसि वारियर्समा परेका छन भने सौरब खनाल र सहव आलमलाइ बुटवल डाइनामाइटले आफनो टिममा पार्न सफल भएको छ । लुम्बिनी कासाइले महेश मिश्रा, कुसल मल्ल लगायतका खेलाडीसहित टिम निर्माण गरेको छ । निश्चल चौधरी, अनिल खरेल र बिक्रम भुषाललाई एसआरएनएससिए टाइगर्सले आफ्नो टिममा पारेको छ ।