ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
फ्रन्ट पेज

टेबुलमुनी बालवालिका !

भुकम्पको पूर्वाभ्यास (मोक्ड्रिल) गर्दा उनी तीन टोली बनाउ“छन् । एउटा सूचना संकलन गर्न खटिन्छ । अर्को उद्धारकालागि खटिन्छन् । अर्को टोली प्राथमिक उपचारकालागि खटिन्छन् । भुकम्पमा परेर घाईतेभएकाको एउटा टोलीले उद्धार गरेर लग्छन् । उनीहरुलाई अर्कोले प्राथमिक उपचार गर्छन् ।
९ फाल्गुन २०७९, मंगलवार
९ फाल्गुन २०७९, मंगलवार

लुम्बिनी – शिक्षक आसुतोषकुमार पासी एकहोरो घण्टी बजाईरहन्छन् । घण्टी बजेको सुन्नासाथ बिद्यार्थीहरु नडराई नआत्तिएर डेस्क बेन्चमुनी लुक्न थाल्छन् । घण्टी बजुञ्जेल उनीहरु शान्त भएर डेस्क बेन्चमुनी नै हलचल पनि नभई बस्छन् । करिब दुई मिनेटपछि घण्टीको आवाज रोकिएपछि विद्यार्थीहरू टाउकोमाथि किताबकपीका झोला राखेर विस्तारै विद्यालय प्रांगणमा भेला हुन्छन् । त्यही बेला कतिपय घाईते हुन्छन् । उनीहरुको उपचार गरिन्छ ।

शिक्षक पासीले बजाएको घण्टीलाई भुकम्पको संकेत मानेर भुकम्पीय जोखिमबाट बच्न बिद्यार्थीहरु डेस्क बेन्चमुनी लुकेका थिए । यथार्थमा उक्त समयमा भूकम्प गएको थिएन् । विद्यालय समयमा भूकम्प आउदा कसरी बच्ने भन्ने सिकाउन विद्यालयले गराएको पूर्वाभ्यास (मोक्ड्रील)को एउटा नमुना मात्र थियो त्यो । शुद्धोदन गाउ“पालिका ६, टिटिहिरिया स्थित कालीमाई आधारभूत विद्यालयका बिद्यार्थी भुकम्पीय जोखिमबाट सुरक्षित हुने सचेतना जागेको छ । एक वर्ष यता उनीहरु ६ पटकबढी भूकम्पीय सुरक्षाको पूर्वअभ्यास गरिसकेका छन् । उनीहरु जस्तै शुद्धोदन गाउ“पालिका ३, गुलरीको बालकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीहरुपनि भुकम्पीय जोखिमबाट बच्न शिप सिकेकाछन् । विद्यालयमा घण्टी बज्नासाथ उनीहरुको ध्यान टेबुलकर्सीमुनि जान्छ । घण्टीबज्न छोड्नासाथ लुक्न अभ्यस्तछन् ।

अहिले यी दुबै बिद्यालयका बिद्यार्थीले भुकम्पीय जोखिमबाट बच्ने शिक्षाबारे आधारभूत जानकारी मात्र नभई्, भूकम्पबाट कसरी जोगिने भन्ने व्यवहारिक सीप समेत हासिल गरेका छन् । भुकम्पको पूर्वाभ्यास (मोक्ड्रिल) गर्दा उनी तीन टोली बनाउ“छन् । एउटा सूचना संकलन गर्न खटिन्छ । अर्को उद्धारकालागि खटिन्छन् । अर्को टोली प्राथमिक उपचारकालागि खटिन्छन् । ५÷६ जनाको तीनै टोली तयारी अवस्थामा हुन्छन् । भुकम्पमा परेर घाईतेभएकाको एउटा टोलीले उद्धार गरेर लग्छन् । उनीहरुलाई अर्कोले प्राथमिक उपचार गर्छन् । यसरी उद्धार र औषधोउचार गरिन्छ ।

बिद्यार्थीहरुलाई भुकम्प अर्थात् भुईचालोबारे आधारभूत जानकारी दिईएकोछ । भूकम्प आउदाको संकेत के के हुन् ? कसरी जोगिने र अरुलाई कसरी जोगाउन भन्ने विषयमा बिद्यार्थीलाई सचेतना गरिएकोछ । भूकम्प आएपछि अपनाउनुपर्ने सुरक्षात्मक उपायका बारेमा बताइएको छ । उनीहरुले घाईतेको उद्धार कसरी गर्ने भन्ने ज्ञान पाएका छन् भने आधारभूत प्राथमिक उपचार कसरी गरिन्छ भन्ने जानेका छन् ।
टिटिहिरिया स्थित कालीमाई आधारभूत विद्यालय कक्षा ६ मा पढने रोशनी यादबले सचेतना कक्षा र अभ्यासले आफु सुरक्षित हुन् र घाईतेको उद्धार गर्न सिकेको बताईन् । ‘भूकम्प आउदा आत्तिनु हुदैन्, डराउनु हुदैन्,’ उनले भनिन्, ‘यसो गरियो भने क्षति कम हुन्छ ।’ विद्यालयमा पर्याप्त पूर्वाभ्यास ग¥र्यौ । यसले घरमापनि भाईबैनी र आमाबुबालाई सिकाउन पाएका छौं उनले भनिन् ।

नेपाल उच्च भूकम्पीय जोखिममा हु“दा जुनसुकै बेला आउने भएकाले त्यसबाट जोगिने उपायकाबारेमा बालबालिकालाई व्यावहारिक सीप सिकाउनु आवश्यक रहेको कालीमाई आधारभूत विद्यालयका प्रअ गनेशकुमार यादबले बताए । यसले सम्भावित जोखिमलाई धेरै हदसम्म कम गर्छ । भूकम्प आउ“दा टेबुल र खाटमुनि वा यस्तै सुरक्षित ठाउमा लुक्ने जस्ता व्यक्तिगत सुरक्षाका उपायहरू महत्वपूर्ण मानिन्छन् । यसबाट १५ देखि २० प्रतिशत मानवीय क्षति कम गर्न सकिने हुदा यहा प्रभावकारी रहेको उनले बताए ।

अहिले शुद्धोदन गाउपालिकाका सबै २४ वटा बिद्यालयमा भुकम्पबारे सचेतना र पूर्वाभ्यास गराईएकोछ । युएसएआईडी÷युनिसेफको सहयोगमा कालिका स्वालम्बन सामाजिक केन्द्रद्वारा संचालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत भुकम्पीय जोखिमबाट बच्न ज्ञान र शिप दिईएको हो ।

घरभित्र हु“दा भूकम्प गए टेबुल वा खाटमुनि लुक्नुपर्छ भन्ने ज्ञान पाएको गुलरीको बालकल्याण आधारभूत बिद्यालय कक्षा ६ मा पढ्ने चादनी धोबीले बताईन् । घर बाहिर ह“ुदा रूखको फेद तथा बिजुलीको खम्बाको छेउमा ओत लाग्नु हुदैन् उनले भनिन् यस्ले सुरक्षाभन्दा हानी गर्छ भन्ने ज्ञान भयो । घाईतेको तत्काल उद्धार र उपचार गर्दा जीवन बचाउन कत्ति सजिलो हुन्छ ? भन्ने ज्ञान पनि भयो । यस्ले अन्य प्राकृतिक प्रकोपका घटनाका घाईतेको पनि जीवन बचाउन कला र ज्ञान दिलाएको छ उनले थपिन् ।

भूकम्पबाट जोगिन स्कूलमा ‘मोक्ड्रील’ गर्ने चलन अरू देशमा पनि छ । भूकम्प गएको संकेत दिएर विद्यार्थीलाई डेस्क, टेबुल वा अन्य सुरक्षित स्थानमा लुक्न लगाएर जति बढी पूर्वअभ्यास गराउन सकियोे, उति नै उनीहरू त्यसप्रति अभ्यस्त हुन्छन् । व्यावहारिक प्रयोगका निम्ति सक्षम हुने हु“दा यसलाई प्राथमिकता दिएको गुलरी स्थित बालकल्याण आधारभूत बिद्यालय प्रअ दीप्ती श्रीवास्तबले बताईन् । वर्षदिन यता विद्यालयमा यस्तो पूर्वाभ्यास हरेक महिना गराउछौं । यस्ले उनीहरुमा भूकम्प आइसकेपछि सुरक्षित स्थान अर्थात् खुला ठाउमा जानुपर्छ । नडराई र नआत्तीकन सूचना दिने, अरूलाई सहयोग गर्ने र घाइतेलाई सुरक्षित स्थानमा जान सहयोग गर्नुुपर्छ भन्ने चेतना बढेको छ उनले भनिन् ।

भूकम्पबाट मुख्य बच्ने उपाय भनेकै जानुभन्दा अगाडि गनुपर्ने पूर्व तयारी हो । भूकम्पले नभई हाम्रा कमजोर संरचनाले जनधनको क्षति गर्ने गर्छन् । तसर्थ, घर, सभागृह, मन्दिर, विद्यालयलगायत मानवनिर्मित संरचना भूकम्प प्रतिरोधी तथा बलियो बनाउन अत्यावश्यक रहेको ज्ञान पाएको गुलरी बिद्यालयकी बिद्यार्थी दुर्गावति यादबले बताईन् । प्राविधिकको सल्लाह लिएर सुरक्षित घर बनाउने, पुरानो घर भए मर्मत–सम्भार गर्ने, भारी सामान घरभित्र भए तिनलाई नहल्लिने गरी वा बाँधेर राख्ने गर्नुपर्छ भन्ने पनि सचेतना भएको उनले बताईन् ।

भूकम्प आउदा डराउने र आत्तिने गर्नाले झनै जोखिम हुने गर्छ । पर्याप्त ज्ञानको कमीका कारण यस्तो भएको हो । तसर्थ, सबै मानिसले भूकम्पबारे जानकारी लिन जरुरी छ टिटिहिरिया बिद्यालयकी करिश्मा चौहानले भनिन् यसले आममानिसमा डर हटाउछ र आपत्कालीन स्थितिमा पनि भूकम्पबाट जोगिन सकिउछ ।

स्कूल पाठ्यक्रम र पाठ्यपुस्तकमा पनि भूकम्पीउ शिक्षाका विषयवस्तु पर्याप्त छैनन् । कक्षा ९ को विज्ञानमा भूकम्पको सैद्धान्तिक पक्ष र कक्षा १० को सामाजिक अध्ययनमा भूकम्पको परिचय, असर र सुरक्षाका उपायबारे केही उल्लेख गरिएको छ । तल्ला कक्षाका पाठ्यक्रममा भने भूकम्पीय विषयवस्तु समेटिएको पाइदैन् कालिका स्वालम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले भने त्यही भएर यसलाई प्राथमिकताकासाथ बिद्यार्थीलाई सचेत गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission