© २०२३
बुधबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी बुद्धको उपदेशहरूको सार वाचनले गुन्जयमान भयो । मायादेवी मन्दिरमा पहिलो पटक एकै साथ ७ सय बढीले त्रिपिटक वाचन गर्दा समग्र लुम्बिनी नै बौद्धमय भएको छ ।लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पु¥याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह मंगलबारबाट लुम्बिनीमा शुरु भएको छ । शान्ति बगैंचा मायादेवी मन्दिर परिसरमै शुरु गरिएको यो कार्यक्रममा बिभिन्न १८ वटा मुलुकका गरि ७ जना भन्दा बढी बौद्ध अनुयायीहरूले सहभागिता जनाएका छन् । पहिलो दिन त्रिपिटकको महासमय सुत्त र वेसन्तर जातक वाचन भएको छ ।
बुद्धकालमा रोहिणी नदीको पानीको विषयमा भएको विवाद मिलाउने बुद्ध कपिलवस्तु आएका समय गरेको उपदेश उक्त सुत्तमा रहेको छ । बुद्धले हिंसामा उत्रिन लागेका शाक्य र कोलि वंशीय व्यक्तिलाई धर्म देशना गरी भिक्षु गणमा ल्याएका थिए । लुम्बिनीस्थित मायादेवी परिसरमा तीन दिनसम्म हुने त्रिपिटक वाचनमा नेपालसहित भारत, चीन, थाइल्याण्ड, लाओस, बर्मा, श्रीलंका, जापान, कम्बोडिया, कोरिया लगायतका भिक्षु सहभागी भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए ।
कार्यक्रमको उदघाटन सत्रमा बोल्दै नेपालका लागी थाईलैण्डका राजदुत भाकवत टान्सकुलले थाईलैण्डले नेपालको बिकासमा सधै सहयोग पुरयाउने बताए । उनले थाईलैण्डबाट ठूलो मात्रामा बौद्ध अनुयायीहरू लुम्बिनी भ्रमणमा आउने गरेको बताउदै लुम्बिनीमा जारी रहेको त्रिपिटक वाचन कार्यक्रमले यहाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । यसैगरि प्रदेश सभा सदस्य फखरुद्दिन खाँ ले लुम्बिनी र यस आसपासको क्षेत्रमा धार्मिक वातावरण बनाउन आवश्यक रहेको बताए । उनले यो कार्यक्रमले लुम्बिनीमा धार्मिक वातावरण नभएको भ्रमलाई चिर्न सहयोग गर्ने बताए ।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले लुम्बिनीमा शुरु भएको त्रिपिटक वाचन कार्यक्रम अब बिकास कोषले नै पहल गरि निरन्तर रूपमा प्रत्येक बर्ष आयोजना गर्ने बताए । त्रिपिटक बारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको बिशेष महत्व भएका कारण नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो । त्रिपिटक वाचन कार्तिक २८ गते देखि ३० गते सम्म लुम्बिनीमा चल्नेछ । त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले बताए ।
अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो । यस पटक लुम्बिनीमा ३ वटै पिटक संगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा ) गर्दा सुनाएको बसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यहरूका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागी देशना गरेका महासमय सुत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागी अत्यन्त महत्वपूर्ण रहने बताईएको छ । त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरूले आ– आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्ने छन ।
अमेरीकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनी र लुम्बिनी बिकास कोषको संयुक्त आयोजनामा कार्यक्रम हुदैछ । बिगत १५ बर्ष देखि भारतमा मात्र भैरहेको यो आध्यात्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महŒव अझ बढाउने र पर्यटकहरूको चहल पहलमा थप टेवा पुग्ने विश्वास गरिएको छ । बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया र महापरिनिर्वाण गरेको स्थान कुशीनगरमा विगत डेढ दशकअघिदेखि नै त्रिपिटक वाचन हुदै आएको थियो ।