ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

सकियो छठको रौनक

२८ कार्तिक २०७५, बुधबार
२८ कार्तिक २०७५, बुधबार

कपिलवस्तु सहित देशभर छठ पर्ब हर्ष उल्लासका साथ मनाइएको छ ।  तौलिहवास्थित नगरपालिकाको वडा नम्बर १ जमुवारको चपरतल्ला, चन्द्रौटा, बाणगंगानदीको रामघाट र कृष्णनगर नदी र तालहरूमा अस्ताउँदो सूर्यलाई मंगलबार अर्घ दिई छठ पूजा गरिएको छ । भने बुधवार विहानै विभिन्न नदी तलाउमा गाई उदाउदो सुर्यलाई अर्घ दिएर यो बर्षको छठ लाई विदाई गरिएको छ ।,
गत बर्ष बिभिन्न निकायको सहयोगमा सदरमुकाम तौलिहवाको वडा नम्बर ३ जमुबारखोलामा पुजास्थल बनेपछि छठपुजन गर्ने श्रद्धालुहरूकोे घुइँचो लागेको छ । छठ पुजनका लागी हजारौका संख्यामा श्रद्धालु जम्मा भएका छन् ।
छठ पुजामा सहभागी श्रद्धालुलाई शुभकामना दिन संघिय साँसद बृजेश कुमार गुप्ता, प्रदशेसभा सदस्य रिना बिक, रुन्धावती शर्मा तथा कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता जमुवार खोलाको छठघाटमा पुगेका थिए ।
अर्घ दिनु अघि नदि किनारामा पुजा स्थल निमार्ण गरि प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरू पिठो र गुडबाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका साथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामाग्री र फलफूलको प्रसाद राखी पुजा गरिएको थियो । मंगलबार जिल्लाका बिभिन्न स्थानमा रहेका खोला र तालहरूमा श्रद्धालुले साँझको अस्ताउदो सुर्यलाई अर्घ दिने चलन रहेको छ । त्यसै गरि बिहानको उदाउँदो सुर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने प्रचलन रहेको छ । मंगलबार श्रद्धालुले स्नान पश्चात अस्ताउँदो सूर्यलाई अर्घ दिई दिन भर ब्रतमा बसि रात भर भजनकिर्तन गरि जाग्राम बस्ने गर्दछन । पछिल्लो समय छठ पर्व साम्प्रदायिक सदभावको पर्वको बन्न सकेको श्रद्धालुहरू बताउछन । पुर्बि तराईमा धुमधामका साथ मनाईने गरेको छठ पर्वको रौनक कपिलवस्तुमा पनि छाउँदै गएको छ । पहिले पुर्वका जिल्लामा मधेसी महिलाले मात्र मनाउने गरेको यो चाड अहिले सबै समुदायका मानिसले मनाउन थाल्दा साम्प्रदायिक सद्भाव बलियो भएको नगरपालिका ४ की महालक्ष्मी कर्णले बताईन । छठको रौनक अहिले पश्चिम नेपालका तराईको जिल्लामा पुर्ण रूपले छाएको श्रद्धालु बताउँछन । पछिल्लो समय छठ पर्व साम्प्रदायिक सद्भावको पर्वको रूपमा बिकास भएको प्रदेशसभा सदस्य रिना बिकले बताइन् ।
छठमा तराईमा बस्ने मधेसी महिला मात्र नभई पहाडी समुदायका महिलाहरूको पनि उल्लेख्नीय सहभागीता भएपछि पुजा गर्न श्रद्धालुको भिड लाग्नुलाई सबैले सकारात्मक रूपमै लिएका छन । ५० बर्ष अघि सदरमुकाम तौलिहवाका ४÷५ परिवारले मात्र छठ मनाउने भए पनि पछिल्लो ८ बर्ष यता सो संख्या बढेको कपिलवस्तु नगरपालिका १ का सुर्य नारायण कर्णले बताए । छठ पुजाको चाहना र मनोकामना पुरा हुने बिश्वासले छठ पुजाको रौनक बढेको उनको ढम्याई छ । पर्वले सप्रदायिक सदभावलाई थप मजबुत बनाउन महŒवपुर्ण भूमिका खेलेको संघिय साँसद बृजेश कुमार गुप्ताले बताए । “ साक्षात सूर्य नारायणको दर्शन गरि अर्घ दिएर मनाईने छठ पर्वले सबै समुदायमा आत्मियता, भाईचारा साम्प्रदायिक सद्भाव र राष्ट्रियत एकता बलियो बनाउन मद्दत गर्छ” गुप्ताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission