ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

हवाइ मार्गले जोडिँदै काठमाण्डौं-भैरहवा–दाङ

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

उडान भर्दै बन्द हुँदै गरेको तुलसीपुरको टरीगाउँ विमानस्थलमा अहिले नियमित उडान भैरहेको छ । ईन्धन डिपोको कारण देखाउँदै केही समय सञ्चालनमा आउँदै बन्द हँुदै गरेको टरीगाउँ विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले काडमाडांै, भैरहवा, दाङ हवाईसेवा सञ्चालनमा ल्याएको हो । साताको दुईदिन उडान भर्ने सहमति भएपनि अहिले नेपाल वायुसेवा निगमले सातामा तीन दिन उडान भर्दै आईरहेको छ ।
यसभन्दा अगाडि सोमबार र शुक्रवार नियमित उडान हुँदै आएकोमा मंसिर १ गतेदेखि लागू हुने गरी वुधबार समेत थप गरेर सातामा तिन दिन उडान हुन लागेको नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन् ।
यात्रुहरूको चापका कारण साताको दुईदिनले मात्र नहुने भन्दै अहिले नेपाल वायुसेवा निगमले थप एकदिन उडान भर्न लागेको जनाएको छ । ‘यात्रुको माग भए बमोजिम हामीले तुलसीपुर उप–महानगरपालिकासँग सहकार्य गरेर उडान थप गरेका हौ’ प्रवक्ता सिग्देलले भने । मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले बताए । ‘हामीले दैनिक उडान हुँदा यात्रुसंख्या पुग्ने अवस्था हुने भयो भने नियमित उडान गर्नेछौं’ दाहालले भने ।
लामो समय बन्द रहेको हवाइ सेवा सञ्चालनसँगै राप्तिका नागरीकमा पनि उत्साहको छाएको छ । ‘अचानक काठमाडौं जानुपर्ने काम परेको थियो यहीबाट टिकट पाइपछि साह्रै खुसी लाग्यो’ दाङ तुलसीपुरका स्थानीयबासी घनश्याम लामिछानेले बताए । उप महानगरपालिकाले नेपाल एयरलाइन्सको सहकार्यमा हवाईसेवा सञ्चालन गरेसँगै अशक्त र बिरामीहरूले ठूलो राहतको महसुस गरेका छन् । ‘चेक गराउन काठमाडौ जाउँ भनेको गाडीमा यात्रा गर्न साह्रै गाह्रो थियो तर तुलसीपुरबाटै टिकट पाएपछि सजिलो भयो’ पत्रकार नारायणप्रसाद शर्माले खुसी व्यक्त गरे । उनले हवाइसेवा दैनिक सञ्चालन भएमा सबैले सुविधा लिन पाउने धारणा व्यक्त गरे । तिहारको दिन टिका लगाएरै सोही दिन काठमाडौ जान पाएकोमा काठमाडौ घर भएकी निर्मला गिरीले पनि खुसी व्यक्त गरिन् । ‘साइतमै टिका लगाएर घर जान पाइयो यस्तै सेवा सधै भए सजिलो हुने उनको भनाई छ ।
तुलसीपुरमा नै यात्रुको संख्या पुरा भएपछि नेपाल एयरलान्सले अहिले तुलसीपुर काठमाडौ सिधा हवाइ सेवा सञ्चालन गरिरहेको छ । इन्धन समस्याका कारण विमानको क्षमता अनुसार यात्रु वोक्न नसकिए पनि एक दुइ जना कम गरेर धेरै जसो डाइरेक्ट उडान गरिरहेको क्याप्टेन उद्धव घिमिरेले वताए । यात्रुको चाप भएका दिन भैरहवाहुदै काठमाडौं जाने गरेको उनको भनाई छ । दाङ भैरहवा काठमाण्डौ उडानहुँदा पनि दाङवासीले खुसी व्यक्त गरेकाछन् । बुटवल तथा भैरहवामा काम परेमा पनि हवाईसेवा लिनपाईनेमा प्राय व्यवसायीहरूले खुसी व्यक्त गरेकाहुन् । हवाइ सेवा नियमित भए यात्र ुसंख्यामा कमी नहुने तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले वताए । ‘नेपालगञ्ज र भैरहवा जानेको अनुपात हेर्ने हो भने दैनिक दुई वटा पनि उडान भर्न सकिन्छ’ रिजालले भने । नेपालगञ्ज र भैरहवा जानका लागि समय र पैसाको खर्च धेरै हुने भएको हुँदा तुलसीपुरबाट विमान सेवा लिनेहरू धेरै हुने उनको भनाई छ ।
टरीगाँउ विमानस्थल सञ्चालनसँगै यात्रु सुविधाका लागि सुविधा सम्पन्न टर्मिनल भवन वन्ने भएको छ । भवन निर्माणका लागि केन्द्रबाट वजेट विनियोजन भइसकेको र तत्काल निर्माण प्रक्रिया अगाडि वढाइने तुलसीपुर उप महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । ‘टर्मिनल भवनका लागि सरकारले वजेट विनियोजन गर्नुले पनि विमान सेवा नियमित हुने अपेक्षा गर्न सकिन्छ’ पाण्डेले भने । उनले अस्थायी इन्धन डिपोको लागि सरकारले निर्णय गरिसकेको जानकारी दिँदै अन्य प्रक्रिया समेत अगाडि वढिसकेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?