© २०२३
छिमेकी महिलालाई बोक्सी भन्दै दुव्र्यवहार गरेको आरोपमा तिलोत्तमा नगरपालिकाका एक जना वडा सचिव पक्राउमा परेका छन् ।तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ का वडा सचिव टिकाराम आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वडासचिव आचार्य सहित उनकी श्रीमती कमला र छोरी प्रतिज्ञालाई समेत पक्राउ गरेको छ ।
तिलोत्तमा नगरपालिकाको वडानम्वर ४ नयाँमिल अमरसिंह भक्तपुर पथ निवासी आचार्य परिवारले कार्तिक २१ गते दिउँसो आफूलाई बोक्सी भन्दै कुटपिट गरेको बताउँदै छिमेकी डम्बर कुमारी न्यौपानेले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले सोही दिन अभियुक्तहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ गरेका तिनै जनालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जीको समर्थन प्राप्त गरी आइतवार पुन म्याद गराएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए । प्रहरी नायव उपरीक्षक मल्लले घटनालाई गम्भिर रूपमा लिई अनुसन्धान गरीरहेको पनि बताए ।
कार्तिक २१ गते लक्ष्मी पुजाको दिन आचार्यले घरमा बोलाएर आफ्नी छोरीलाई के भयो भनेको र छोरी प्रतिज्ञाले यि बोक्सीनी आई भन्दै आफूलाई ढोग्न लगाई कुटपिट गरेको जाहेरी दिएकी न्यौपानेले बताइन् । छोरीले कुट्दै गर्दा आमा कमलाले समेत साथ दिएको र बाबु टिकाराम रमिते बनेर यस्ती महिला भनिरहेको पनि न्यौपानेले बताइन् ।
आफूलाई कुटपिट गर्नेक्रममा बिरामी भनिएकी छोरीले आफू देबि भएको भन्दै बिभिन्न बाहना बनाउँदै बोक्सी नकबुले अमेरीकामा भएका छोरालाई पनि मारिदिन्छु भनेको न्यौपानेले बताइन् । न्यौपानेलाई त्यसो गर्दा प्रत्यक्ष देखिरहेकी छिमेकी ललिता केसीले त्यसो नगर्न आग्रह गर्दा पनि नमाने पछी तत्काल प्रहरीलाई खवर गरेको बताइन । ललिताले आफूलाई पनि घरमा बोलाएर बोक्सी कबोल गर्न लगाउन खोजेको बताइन । à