© २०२३
बुटवल, फागुन- शारीरिक सुगठन नेपालमा राणाकालिन समयमा काठमाण्डौ केन्द्रित रहेको पाउछौ । खर्चिलो मानिने यो खेलको विकास काठमाण्डौ बाहिर चर्चामा ल्याउने श्रय कपिलबस्तुका जीवन गिरिलाई जान्छ । पोखरा जन्म घर भएका जीवन गिरीको परिवार २०४० साल तराई झरे । मधेसी समुदायको बाहुल्यता रहेको कपिलबस्तुमा उनको परिवार घुलमिल हुदै गयो ।
गठिलो शरिरको बनावट भएका जीवन पढाईमा भन्दा खेलकुदमा बढी ध्यान दिन्थे । उनलाई सानोमा कराते सिक्न रहर जाग्यो । उनि दैनिक कबड खेल्न जान्थे । हलमा कराते अभ्यास गर्दा उनले त्यहा केही खेलाडीहरु फलामका डल्ला उठाएको हेर्थे । विभिन्न पोजमा फलाम उठाउने खेलाडी देखेर उनि फेरि यो खेलप्रति रुचि जाग्यो । उनि यसमा आर्कर्षित भए । मार्शल आर्टबाट उनको ईच्छा बडिबिल्डिङतिर गयो । बिसं २०४५ सालमा कपिलबस्तुमा बडि बिल्डिङको खासै क्रेज पनि थिएन । खेलकुदको राम्रो पुर्वाधार र सामग्रीहरु पनि थिएन । तराईमा पिउनेपानीका लागि बोरिङका पाईप गाडिएको हुन्थे । यसैलाई उनले आफनो हतियार बनाए । डम्बल बनाएर नियमित अभ्यास गरे । साथीसंगतमा पनि बडिबिल्डिङ गर्नेहरु भए । ज्यान बनाउन थालेका उनि शरिरलाई चाहिने प्रोटिनका लागि भटमास, भैसीका खुट्टा खाएको सम्झन्छन । ‘दैनिक २५–३० गोटा काचो अण्डा खान्थे ।’–उनि स्मरण गर्छन । ज्यान बनाएका उनि अब भने प्रतियोगितामा भाग लिने तयारीमा जुटे । बडिबिल्डिङको कमै प्रतियोगिता हुन्थ्यो बेला संयोगले बिसं २०५१ सालमा मिस्टर लुम्बिनी भयो ।
उनि तौलिहवाबाट भाग लिए आए । प्रतियोगितामा उनि च्याम्पियन बने । यही वर्ष धरानमा भएको मिस्टर नेपालमा उनि उपविजेता भए । यसले उनलाई हौसला थप बढ्यो । राष्ट्रिय खेलहरु मिस्टर काठमाण्डौ, मिस्टर हिमालय लगातयतका टाईटल जिते । मिस्टर एभरेष्टमा तेस्रो भए । उनको कडा मेहनत बिस्तारै सफलता तिर गयो । अब भने उनी अन्तराष्ट्रिय डेब्यु १९९९ मा भारतको महाराष्ट्र नासिकमा भएको प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता कास्य पदक जित्दै नेपाललाई अन्तराष्ट्रिय पदक दिलाएर ईतिहास गरे । नेपालकै शारीरिक सुगठन गर्ने खेलाडीहरुमा उनको बाईसेप २० इन्च जुन सबैभन्दा ठुलो छ । उनको यो रफतार रोकिएन । शारीरिक सुगठनको नेपालकै सबैभन्दा ठुलो उपाधि धर्मश्रीको बिसं २०५५ सालमा छैटौ संस्करणमा विजेता भए । नेपालमा राम्रो परिचय बनाएका उनि नाम धेरै कमाए । नामसंगै अब दामको लागि उनि अन्तराष्ट्रिय मन्चको खोजीमा लागे । उनलाई धेरै अवसरहरु आए । उनि गल्फ देशमा १५ वर्ष बिताए । जहा उनले धेरै अनुभवहरु बटुले । बिसं २०७१ सालमा स्वदेश फर्किएका उनि आफनो शुरुवात गरेको कपिलबस्तुमै खेल विकासमा लागे । पोखरा जन्मस्थल भएका उनि कपिलबस्तुलाई कर्मथलो बनाए । लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्दै उनले धर्मश्री विजेता थिए । दुई वर्ष समयावधीमा भएको तत्कालिन समयमा अधिकाश प्रतियोगितामा उनि विजेता भए । बिसं.२०५२ मा कपिलबस्तुमा मिस्टर लुम्बिनी, बिसं २०५४ मा मिस्टर पश्चिमान्चल प्रतियोगिता आयोजना गरे । भगवान बुद्धको राजधानी तिलौराकोटसंग खेललाई जोडेर राष्ट्रिय कपिलबस्तु खुला शारीरिक सुगठन गरे ।
भारतमा मिस्टर एण्ड मिस दिल्ली बडिबिल्डिङ च्याम्पियनसिपमा उनि प्रमुख अतिथि बनेको मिठो सम्झना छ । गत महिना ५ देखि १० सेप्टेम्बरमा क्रिकिस्थानमा भएको नवौ विश्व स्टेन्थ लिफटीङ तथा आईबिपि च्याम्पियनसिपमा नेपालबाट प्रतिनिधित्व गरेको जीवन गिरीले रजत पदक जिते । उनको यो योगदानको कदर गर्दै उनलाई प्रदेश सरकारले प्रदेश रत्न पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो । उनले अन्तराष्ट्रिय मन्चमा नेपाललाई चिनाउन गरेको यही योगदानलाई प्रदेश सरकारले प्रदेश रत्नबाट सम्मान गर्दैछ । यो वर्ष खेलकुद क्षेत्रमा योगदान दिएका जीवन गिरी प्रदेश रत्नका हकदार हुन । शारीरिक सुगठन खेलको एउटा पाटो मानिने स्टेन्थ लिफिटिङ खेल नेपालमा भित्राए ।
उनि यो खेलका संस्थापक, केन्द्रिय महासचिव र राष्ट्रिय जज समेत हुन । यसगरि उनि यो खेलको एक्जुकिटिभ मेम्बर समेत हुन । यो विश्वका ३० देशमा खेलिदै आएको छ । एशियन पावर लिफिटिङ फेडेरेसन (डब्लुपिएफ) का उपाध्यक्ष रहदा भारत महाराष्टको अमरावतीमा भएको खेलमा नेपाली खेलाडीहरुलाई अन्तराष्ट्रिय पदक जिताउन आफनो भुमिका खेलेका थिए । उनकै अगुवाइमा अन्तराष्ट्रिय स्ट्रेन्ट लिफ्टिङ तथा ईनक्लाइन बेन्च प्रेस (आईबिपि) प्रतियोगिता फागुनको अन्तिम साता हुदैछ । प्रतियोगितामा ७ प्रदेशका एक सय बढी खेलाडी सहभागी हुनेछन । यसैगरि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटानका साथै वर्ड फेडेरेसनका अध्यक्ष प्रतियोगितामा आउने प्रतिवद्धता जनाएका हुदा यसले किर्तिस्थान र कजाकिस्थानबाट समेत खेलाडी भागलिने सम्भावना रहेको उनले बताए । सन २०२३ मा दुबईमा १० औ विश्व स्टेन्थ लिफिटिङ प्रतियोगिता हुने र यसमा समेत नेपालबाट खेलाडीहरु भाग लिने छन ।