ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

प्रहरीको निशाना जुवाडे र पटका

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

चाडपर्वमा हुनसक्ने अपराधका घटनाहरूलाई कम गर्न पाँच नं. प्रदेश प्रहरी कार्यालय दाङले उच्च सतर्कता अपनाएको जनाएको छ । चाडवाडको समयमा जिल्लाहरूमा मानिसको चाप बढि हुने र त्यसबेला अपराधका घटनाहरू घट्न सक्ने भन्दै प्रदेश प्रहरीले उच्च सतर्कता अपनाएको बताएको छ ।
पाँच नं. प्रदेश अन्तर्गतका १२ जिल्लाका प्रहरी कार्यालयहरूलाई योजनाका बारेमा जानकारी दिइसकिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्वर अधिकारीले जानकारी दिए । चाडवाडको समय भन्दै जुवातासका अखडा सञ्चालन गर्नेहरूलाई प्रहरीले निगरानीमा राखेको उनले बताए । त्यसैगरी विष्फोटकजन्य बस्तु जस्तै पटकाको खरीद तथा विक्रि गर्नेलाई मुद्दा चलाउन मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन दिइसकेको उनको भनाइ छ । त्यसैगरी जुवातास पनि मनोरञ्जनको साधनको रूपमा खेल्ने भन्दापनि अखडा नै खडागरी जुवाखेल्ने तथा खेलाउनेलाई पनि प्रहरीले कारबाही गर्ने जनाएको छ ।
नेपालीहरूको महान चाड शुभदिपावलीमा पटकाजन्य विष्फोटक पदार्थहरू विष्फोट हुँदा लाखौंको धनजनको क्षति हुने हुँदा पटका खरीद विक्रि गर्ने दुवैलाई विष्फोटक पदार्थ ओसारपसार ऐन अन्तर्गत कारवाही हुने पाँच नं. प्रदेश प्रहरीले जनाएको छ । त्यसैगरी प्रदेश प्रहरीले पटका भित्रिन सक्ने प्रदेश अन्तर्गतका नाकाहरूमा कडाई गरिरहेको जनाएको छ । भैरहवाको सुनौली नाका, त्यसैगरी कृष्णनगर, नेपालगञ्ज तथा बर्दियाको छोटी भन्सार कार्यालयहरूमा निगरानी तथा चेकजाँच बढाएको छ । “बिक्री वितरणमा रोक लगाउनुका साथै विष्फोटक पदार्थ ल्याउन नदिनु नै प्रहरीको पहिलो काम भएकोले चेकजाँचलाई बढाइएको छ” अधिकारीले भने ।
त्यसैगरी अपराधका घटना हुन सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रहरीको निगरानी बढाइएको अधिकारीले बताए । “सुनचाँदी पसल, वैङ्क, मेला तथा हाटबजार लाग्ने ठाउँहरूमा व्यापक रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिइएको छ” प्रदेश प्रहरी प्रमुख अधिकारीले भने । तिहारमा प्रायःजसो देउसी भैलो खेल्ने समूहका बीचमा कुटपिटका घटनाहरू भैरहेको भन्दै पाँच नं. प्रदेश प्रहरीले राति १० बजे भन्दा पछाडी भैलो नखेल्न आग्रह गरेको छ । “अहिलेको युवा पिढिहरू देउँसी भैलोबाट संस्कृति जोगाउने भन्दा पनि रीसिईवि साँध्ने र घटनाहरू घटाउने देखीएकोले राति १० वजे भन्दा पछाडि देउँसी भैलो नखेल्न आग्रह गरेका छौ” अधिकारीले भने । त्यस्तै चाडपर्वको समयमा नागरीकहरूले किनमेल बढि गर्ने हुँदा व्यापारीहरूवाट कालोवजारी हुनसक्ने भन्दै वजारमा निगरानी गरीरहेको प्रदेश प्रहरीको भनाइ छ ।
त्यसैगरी लुटपाटका घटनाहरू पनि घट्न सक्ने भन्दै प्रदेश प्रहरीले नागरीकले पनि उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । “प्रहरीले मात्रै केही गर्न सक्दैन त्यसैले नागरीक र प्रहरीमा समन्वय जरुरी छ” अधिकारीले भने ।
जिल्लामा रहेको प्रहरीले मात्रै सुरक्षा मजबुद नहुने भएकोले प्रदेश प्रहरीले १२ वटै जिल्लाहरूमा थप प्रहरी पठाएको जनाएको छ । जिल्लामा रहेको प्रहरीले सामान्य समयमा सुरक्षा प्रदान गरीरहेकोले चाडवाडको समयमा प्रहरीको संख्या थप गर्नुपरेको पाँच नं प्रदेश प्रहरीको भनाई छ । “प्रदेश भित्र रहेका प्रहरी गण तथा गुल्ममा रहेका प्रहरीहरूलाई झिकाएर जिल्ला जिल्लामा पठाईसकिएको छ” प्रदेश प्रहरी प्रमुख अधिकारीले भने । त्यसैगरी प्रदेश प्रहरी कार्यालयले तराईका जिल्लाहरूलाई संवेदनशील जिल्ला भएको भन्दै पहाडी जिल्लाहरूको तुलनामा बढि प्रहरी परिचालन गरीएको जनाएको छ ।

पिताम्वर अधिकारी , प्रदेश प्रहरी प्रमुख, ५ नम्बर प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?