ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तिहारमा बजेट बिनाका प्रहरीको सुरक्षा !!

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

नेपाल प्रहरीको पहिलो काम सुरक्षा हो । तर रूपन्देहीका प्रहरी कार्यालयका सवारी साधन विना बजेट चल्दै आएका छन् । प्रहरी जस्तो संबेदनशील कार्यालयमा बजेट अभावको कारण ईन्धन मागेर चलाउनु परेको प्रहरीकै भनाइ छ ।
रूपन्देही जिल्ला त्यसमा पनि ठूलो र भारतीय क्षेत्रसँग सिमा जोडीएको कारण अलि बढि संवेदनशिलताको रूपमा हेर्ने गरिन्छ । यसरी दिनरात सुरक्षामा खटिने कतिपय नेपाल प्रहरीका युनिट बजेट बिहीन अवस्थमा रहेका छन् ।
हात थापेर आएको बजेटबाट नै कार्यालय सञ्चालन देखि सवारी साधनको ईन्धन, मर्मत लगायतका कार्यहरू गर्दै आएका छन् । जसको कारण प्रहरीमा झनै सुरक्षाको चुनौति थपिएको छ ।
रूपन्देहीमा देवदह सहित ३ वटा प्रहरी कार्यालय रहेका छन् । जसमा प्रहरीको लागि कुनै पनि बजेट नै आउँदैन ।
सिङ्गो नगरपालिकाको सुरक्षा हेर्ने गरी प्रहरी चौकी खैरेनी स्थापना भएको छ । जस्मा प्रहरी नायब निरीक्षक सहित करिब १८ जनाको दरबन्दी रहेको छ । सुरक्षामा सहज होस भनेर एउटा जीप समेत रहेको कार्यालयमा सरकारको बजेट बिना सञ्चालन भैरहेको छ । ‘दैनिक सुरक्षा दिन खटीने प्रहरीले सरकारको तलब बाहेक कुनै खर्च पाउने गरेका छैनन तर कार्यालय चलेकै छ’– प्रहरी चौकी खैरेनीका प्रमुख प्रहरी नायब निरीक्षक टोप बहादुर रानाले भने ।
सरकारको बजेट बिनै सन्चालन भैरहेको बताउँछन् गाडी छ तेल छैन कार्यालय छ कागजपत्र किन्ने बजेट छैन सबै कुरा मागेर सञ्चालन गर्दा केही कठीनाइ हुने गरेको बताउँछन् ।
गाडी बेला बेला बिग्रने कारण ठुलो समस्या हुने गरेको भन्दै केही इन्धन इप्रका बुटबलले केही देबदह नगरपालीकाले दिने डिजलबाट गाडी चलिरहेको छ भने केही आम नागरिकले समेत सहयोग गर्ने गरेका छन् ।
दैनिक १५ देखि २० किलोमिटर गाडी गस्ती गुड्ने गरेको भन्दै महिनामा ४ सय लिटर सम्म डिजल खर्च हुने बताउँछन् । तर प्रहरीले समस्याका बिच सुरक्षा ब्यबस्थापन चुस्तदुरुस्त रहेको दाबी गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय मंगलापुरको पनि समस्या उस्तै छ । कार्यालय छ, प्रहरी छन् तर खर्च गर्ने बजेट छैन । २३ जना प्रहरी कार्यरत रहेको कार्यालयमा गाडी पुरानो छ । समय समयमा बिर्गदा झनै समस्या रहेको छ । गाडीमा तेल हाल्ने समेत बजेट नभएको बताइएको छ ।
प्रहरीप्रति नजीक भएकाहरूलाई मागेर गाडी सञ्चालन गर्नु प्रहरीको बाध्यता रहेको बताइएको छ । महिनामा २ सय ५० लिटर सम्म तेल खर्च हुने भन्दै साधनको अभावका बिच जनताको सुरक्षामा लागीरहने प्रहरीको भनाइ छ । जसका कारण प्रहरीको उपस्थिती र कार्वाहीमा केही समस्या हुने गरेको प्रहरीहरू बताउँछन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय बेथरीमा पनि तेल वा कार्याल खर्च भनेर सरकार बाट बजेट सुन्य रहेको प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण बिक बताउँछन् । केही गाउँपालीकाबाट सहयोग हुने भन्दै स्थानिय उद्योगीहरूसँग समेत मागेर गाडी चलाउन परेको बताउँछन् ।
बजेत नहुँदा गाडी गुडाउन हार गुहार गर्नु प्रहरीको दैनिकी जस्तै हो । प्रहरी चौबिसै घन्टा सुरक्षामा खटीनु पर्ने तर साधन स्रोत नहँुदा ब्यबस्थापनमा समस्या हुने गरेको प्रहरीको भनाइ छ । गाडी तथा तेलको समस्या हुने गरेको भन्दै मासिक ३ सय लिटरको हारहारीमा तेलको खर्च हुने गरेको छ । भन्दै प्रहरीले मागेर चलाउँदा केही समस्या हुने त्यसैमा प्रहरीका पुराना गाडी बिग्रेको सामान्य गाडी बनाउँदा पनि सहयोग माग्नु पर्ने प्रहरीको बाध्यता रहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय धकधइ पनी सरकारको बजेट बिहीन सन्चालनमा छ गाडी छ ।
तेल हाल्ने बजेट छैन सबैलाई सहयोग मागेर सन्चालन गरीरहेको प्रहरीहरू बताउँछन् । यता जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले प्रहरीलाई आवश्यक पर्ने तेल प्रहरी मातहतको माथिल्लो निकायबाट दिने गरी व्यवस्था गरेको बताउँछन् ।
उनले भने– ‘हामीलाई दिने बजेट नै अपुग अपुग हुने हँुदा यसपाली सबै खर्चको हेरेर बजेट माग गर्ने गरेका छौं । प्रहरीसँग खर्च गर्ने बजेट नहँुदा र मागेर कार्यालय सन्चालन गर्दा केही सुरक्षामा दखल पुग्ने जानकारहरू बताउँछन् । जसको कारण प्रहरीले एक पक्षिय निर्णय ग¥यो भन्दै बेला बेलामा बिबादमा समेत आउने गरेको छ । महिनाको एउटा कार्यालयमा ३ सय लि बढी तेल खर्च हुने र पुराना गाडी भएकाले गाडी मर्मत गर्दा बढी खर्च हुने प्रहरीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?