© २०२३
पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेद सेवा बिस्तारको काम सरकारबाट अघि बढेको बताएका छन । आयुर्वेदमा आम नागरिकको विश्वास र मागलाई ध्यानमा राखेर पाँच नम्बर प्रदेश सरकारले कच्चा पदार्थ उत्पादन, संकलन र प्रशोधन गर्ने गरि प्रदेशमा नै ब्यवस्था हुने गरि काम अघि बढाएको उनले बताएका हुन । आयुर्वेदका प्रर्वतक धन्वन्तरीको जयन्ती तथा आरोग्य दिवसको अवसरमा लुम्बिनी अञ्चल आयुर्वेद औषधालय देविनगरले आयोजना गरेको कार्यक्रममा बोल्नै मन्त्री बरालले समयसापेक्ष आयुर्वेदलाई लैजाने लक्ष्य सरकारको रहेको बताए । संस्कृतिमा लोकगितको महत्व जती नै उपचार विधीमा आयुर्वेदको महत्व रहेको भन्दै उनले अनुसन्धान र बैज्ञानिकताको प्रमाणिकरण गर्दै अघि लैजानुपर्ने बताए । धर्मशास्त्रको पाटोका रूपमा ब्याख्या गरिदा यसको सिमा साँघुरिएको भन्दै उनले यो उपचारको मौलिक विज्ञान विधीलाई हाम्रो पुर्खाले उत्पादन गरेको भन्ने प्रचार गर्न जरुरी रहेको बताए । आयुर्वेद अध्ययनको विषयलाई गर्वको रूपमा लिने वातावरण सृजना गर्न समेत उनले सुझाव दिए । यो उपचार विधीलाई समयसापेक्ष विकासका लागि खोज अनुसन्धान गर्नुपर्ने उनले बताए । प्रदेशमा आयुर्वेदलाई उच्च महत्व दिएर काम अघि बढाएको उनले बताए । यसवर्षदेखि प्रदेशमा आवश्यक पर्ने औषधी उत्पादन गर्ने समेत उनले बताए । ‘प्रशोधन केन्द्र स्थापना गर्दै छौ ।’– उनले भने । नुनको मुल्यमा नेपाली जडीबुटी बिक्री भैरहेको भन्दै उनले स्वदेशमा नै प्रशोधन केन्द्रबाट तयारी बनाएर मुल्य पाउने गरि काम अघि बढाएको उनले बताए । ‘अस्पताल र औषधालयको समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने रूपमा काम अघि बढेको छ,’–उनले भने ।
आयुर्वेदको प्रचारप्रसारमा लागेको धन्वन्तरीले कार्तिक कृष्ण त्रयोदशीको दिनबाट शुरु गरेको ईतिहास छ । सोही दिनलाई नै धन्वन्तरी दिवसको रूपमा मनाउने प्रचलन शुरु भएको हो ।
औषधालयका कविराज तथा प्रमुख गणेश सापकोटाले पूर्वाधार र जनशक्ति अभावमा सेवा दिन कठिनाई भएको बताए । हिँड्न नसक्ने २० जना विरामीलाई सेवा मार्फत निको पारेको उनले दाबी गर्दे उपचारमा आर्कषण बढ्दै गएको बताए । औषधालयलाई स्तरोन्नती गरेर १५ वेडमा बिस्तार गर्न जरुरी रहेको समेत उनले बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले आधुनिक उपचार विधीको रूपमा चार हजार वर्षअघि धन्वन्तरी, चरकले शुरु गरेको भएपनि अहिले फेरी आम नागरिकको आर्कषण बढेको भन्दै यसलाई सरकारी तवरबाट सम्बोधन हुने गरि काम गर्ने बताए । डा उमाशंकर चौधरी, बुटवल उमपहानगरपालिकाका उपमेयर गुमादेबि आचार्य, बुटवल उपहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले आहार, विहार र विचारलाई ध्यान दिने गरि हुने आयुर्वेदीक विधीबाट ब्यक्तिहुदै समाज र राष्ट्रलाई सबल बनाउने अभियान भएको बताए । औषधालयका बैद्य विष्णु आचार्यले औषधालयबाट नसर्ने रोगको ब्यवस्थापनका लागि विभिन्न जनचेतनाका कार्यक्रमहरू र सेवा दिँदै आएको बताए ।
अञ्चल औषधालय ३ जना कर्मचारीको भरमा
देविनगरस्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा कर्मचारी अभाव खड्किएको छ । आधुनिक समयमा आयुर्वेदको धेरै आकर्षण देखिएको भएपनि यसमा सरकारी लगानी र चासो नहुँदा आयुर्वेद सेवा प्रभावित हँुदै आएको छ ।
विहान योग पञ्चकर्म सेवासहित दैनिक स्वस्थ्य जिवन कार्यक्रम, ओपिडी सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायी आमा सेवा तथा निशुल्क औषध वितरण समेत गर्दै आएको अस्पतालमा केवल ३ जना कर्मचारीमात्र छन । औषधालयमा दैनिक बिरामीको चाप बढि भएपनि दक्ष जनशक्तिको भने अभाव रहेको छ । हाल औषधालयमा २ जना प्राविधिक र एक जना ल्याब टेक्नोसियन कार्यरत रहेको छन । देविनगरमा आठ कठ्ठा जग्गा क्षेत्रफलमा भौतिक पूर्वाधारमा औषधालय रहेको छ । à