© २०२३
प्यूठान नगरपालिका–७ विजुवार टिकुरीकी डिलादेवी भट्ट ६६ वर्षकी भइन् । हालसम्म उनले वर्षौपटक तिहारमा दाजुभाइलाई टिका लगाइदिइन् । तर, उनले अहिले भाइटिकामा माइतीघर जाँदा बजारको आयातित माला लैजादिनन् ।
बुढेसकालले छोएपनि उनले जागिर गरेर घरकै बगैंचामा फूल रोपेकी छिन् । ‘सयपत्री फूल रोपेकी छु’, उनले भनिन्, ‘घरमा र दाजुभाइलाई माला लगाइदिन प्रसस्त पुग्छ ।’
तहारलाई लक्षित गरेर डेढ÷दुई महिना अघि नै फूल रोप्ने गरेको उनले बताइन् । उनका माइतीघरमा एकजना मात्र भाइ छन् । भदैहरूलाई पनि टिका लगाइदिने उनले सुनाइन् । उनले लगाएको फूल देखेर छिमेकीहरू समेत दंग पर्ने गरेका छन् । भट्टले तिहारमा बजारको प्लाष्टिकको माला भन्दा घरमै रोपेको फूलको माला उत्तम हुने अनुभव सुनाउँछिन् । ‘अलिकती मेहनत गर्दाबित्तिकै प्रशस्त माला हुने फूल फलाउन सकिन्छ’,उनले भनिन्,‘धेरै मान्छेहरूले मेहनत गर्न छाडिसके ।’ आगामी वर्षदेखि यसलाई व्यवसायिक तरिकाले गर्ने सोँच बनाएको उनको योजना छ ।
तिहारमा हिजोआज बजारभरी आयातित बजारका मालाले पसलहरू ढपक्क छन् । रंगीचंगी माला व्यवसायीहरूले प्रष्ट ग्राहकले देख्नेगरी पसल अगाडी सजाएर राखेका छन् । जिल्लामा व्यवसायिक रूपमा पुष्पखेती गर्ने किसानहरूको अभाव हुँदा करिव ९० प्रतिशत व्यक्तिहरूले तिहारमा बजारकै माला प्रयोग गर्ने गरेको तथ्यांक छ । लाखौँ मूल्य बरावरको प्लाष्टिकका माला तिहारको बेला विक्री हुने गरेको व्यवसायीहरू बताउछन् । स्वर्गद्धारी मन्दिरलाई लक्षित गरी स्वर्गद्धारीकै खालमा केही वर्षअघि व्यवसायिक पुष्पखेतीको थालनी गरेपनि त्यसले निरन्तरता पाउन सकेको छैन् ।
गाउँघरमा फाट्टफुट्ट घरायसी प्रयोजनका लागि पुष्पखेती गरेपनि किसानहरू व्यवसायिक सोँचतिर आकर्षित भएका छैनन् । सडक सञ्जालको गाउँमै सहज पहुँच हुनथालेपछि प्लाष्टिकका मालाले गाउँघरलाई समेत प्रभावित गराएको छ । यसले गर्दा किसानहरूले फूलखेती गर्नतर्फ आकर्षित नभएको पाइन्छ । स्थानीय तहले पुष्पखेती गर्ने किसानहरूलाई सहयोग गर्नसके यसले व्यवसायिकता पाउनसकक्ने संभावना देखिन्छ । à